मिलनमा हाँसेउ तिमी
बिछोडमा रोएउ पनि
बिदेश तिर बढेका यि पाइला मेरा
नजाउ भनी छोएउ पनि
मन मैले कठोर बनाइ
अघी बढें आँशु पुछ्दै
झरी पर्या दिन थियो
पछी लागिन उनी रुँदै
भन्दै थिइन नजाउ बिदेश
तिमी बिना मर्छु यहाँ
दुई छाक टार्न गाह्रो भए
म पनि काम गर्छु यहाँ
अझै उनी रुँदै थिइन
रोक्दै मलाई गाडी तिर
तर उनलाई सम्झाई बुझाई
लागे म त खाडी तिर
यो खाडीको दु:ख कष्ठ
भनी साध्य छैन
बाध्यताले आएको हुँ
रहर ले होइन
काम गरे यहाँ मैले
तातो हावा खाई खाई
घरमा सुख पाउँछन भनें
मैले दु:ख पाइ
बस्नु पर्थ्यो कहिले काही
खबुसको भरमा
त्यही खाँदानि चिन्ता लाग्थ्यो
भोकै छन कि घरमा
भनेको थिएं निशालाई मैले
दुई बर्षमा आउछु भनी
त्यसैले त बसिछिन रे
म फर्कने दिन गनी
छैन मेरो कहिले पनि
उनको विश्वाश तोड्ने बानी
त्यसैले त निर्णय गरें
अब घर फर्कन्छु भनी, घर फर्कन्छु भनी !!
होमनाथ गिरी
अल-अमाना सेक्युरिटी कम्पनी
कुवैत (२७ जुलाई २०१०)
Thnx HOMNATH GIRI ji,
Tapai ko sabda haru le ti din ka yaad dilayo jun din yo bidesh ko lagi sa’iit fureko thiyo. Anyway, that’s good one…..
PEACE & JOLLY
o my god how sweet and salty yar.keep it regular and make your word sweetable then before.hope to see you soon in kuwait.
खबुसको भरमा
त्यही खाँदानि चिन्ता लाग्थ्यो
भोकै छन कि घरमा
भनेको थिएं निशालाई मैले
ohhh..very good and actuality..thanks a lot and keep on …
thank you verymuch to you all for your coments
Very nice Homnath ji. really heart touching, hats up for your thought. Wishing you all the best for your coming days.
very nice of few words touch my heart.
when i came in 2004 i used to think same like your poetry it feels that you are writing my life story…….thanks very much for reming me my past days
namaste!
hom sir thanks for nice words, wawoo mero ta sabda harule le man nai chhoyo! good !!!
Dear Bhai Hom
Ek dam marmik kabita paskanu bhayacha la thik cha. aauda din haruma pani yestai Kabita haru paskadai janu hola.
Chandra
HYUNDAI