Daily Archives: 27/07/2010

सहयोगी नभएकोले आफै कुट्न बाध्य भएँ


image

१७ जना गाउँलेलाई बन्दी बनाएर कुटेको आरोप लागेका ‘तपस्वी’ रामबहादुर बम्जनले पत्रकार सम्मेलन गरेर भनेम ध्यान गरिरहेको समयमा गाउँले आएर डिस्टर्ब गरे,  

मलाई हात हाल्न खोजे, त्यसैले कुट्न बाध्य भएँ, मोटो छानेको त होइन, एउटा गाउँको नेता जस्तो थियो, त्यसलाई चाहिँ अलि बढी नै पिटेको हुँ, धर्मको पनि एउटा कानुन हुन्छ, धर्म बिगार्न खोजेकोले पिटेको हुँ, संसारलाई किन ढाँट्ने ? तर तपाईंहरूले पनि बुझ्नुपर्‍यो, म के का लागि तपस्या गर्दै छु भन्ने, पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल देखी कुवेतसम्म


मिलनमा हाँसेउ तिमी
बिछोडमा रोएउ पनि
बिदेश तिर बढेका यि पाइला मेरा
नजाउ भनी छोएउ पनि
मन मैले कठोर बनाइ
अघी बढें आँशु पुछ्दै
झरी पर्‍या दिन थियो
पछी लागिन उनी रुँदै
भन्दै थिइन नजाउ बिदेश
तिमी बिना मर्छु यहाँ
दुई छाक टार्न गाह्रो भए
म पनि काम गर्छु यहाँ
अझै उनी रुँदै थिइन
रोक्दै मलाई गाडी तिर
तर उनलाई सम्झाई बुझाई 
लागे म त खाडी तिर
यो खाडीको दु:ख कष्ठ
भनी साध्य छैन
बाध्यताले आएको हुँ
रहर ले होइन पढ्नेक्रम जारी राख्नुहोस्

Nepalese woman committed suicide by hanging herself


July-25, Kuwait
 
A 23-year-old Nepalese woman committed suicide by hanging herself in his sponsor’s house in Oyoun, Jahra Saturday.  Securitymen and paramedics rushed to the scene after the Operations Room received information on the incident.  When they arrived at the location, the paramedics checked the woman’s body but she was already dead.  Her remains were referred to Forensics. A case was registered and investigations are underway to determine the actual circumstances which prompted the woman to end her own life. 

Source: Arabtimesonline.com

श्रीलङ्कामा भारतको कमजोर प्रदर्शन जारी


कोलम्बो, थारङ्गा पारवितना र कुमार सङ्गकाराले लगातार दोस्रो टेस्टमा शतकीय पाली खेलेपछि श्रीलङ्काले सोमबार दोस्रो टेस्टको पहिलो दिन भारतलाई दबाबमा राखेको छ ।

पहिलो टेस्टमा शतक बनाउने यी बायाँहाते ब्याट्सम्यानद्वयले आज पनि भारतीय बलिङ आक्रमणलाई निरीह तुल्याउँदै दोस्रो विकेटका लागि १७४ रनको साझेदारी गरे । यी दुईको शानदार ब्याटिङको मद्दतले श्रीलङ्काले पहिलो दिनसम्ममा दुई विकेटको क्षतिमा ३१२ रन बनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

क्याम्पस प्रमुखबाट अलकायदाको नाममा चन्दा


सिराजुद्दिन खान  
 
नेपालगन्ज,  कोहलपुर नर्सिङ क्याम्पसलाई पाँच लाख रुपियाँ चन्दा माग गरिएको पत्र सोही क्याम्पसका प्रमुख कुन्ती तिवारीले अलकायदाको नामबाट लेखेको रहस्य खुलेको छ । कोहलपुरस्थित नागरिक समाजले अलकायदा बनेर नर्सिङ क्याम्पसमा चिठी पठाउने क्याम्पसप्रमुख तिवारी नै भएको ठहर गरेका छन् । नागरिक समाजको उक्त ठहरपछि अलकायदाको नामबाट चन्दाको पत्र लेख्ने क्याम्पसप्रमुख तिवारी नै रहेको आशङ्कामा इलाका प्रहरी कार्यालय कोहलपुरले आइतबार बेलुका तिवारीको कोठामा छापा मारेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

परराष्ट्रमा पासपोर्ट लिनेको भीड उस्तै


काठमाडौं, मेसिन रिडेबल पासपोर्ट एमआरपी अनिश्चित बनेपछि परराष्ट्र मन्त्रालयबाट अल्पकालीन म्यानुवल पासपोर्ट लिनेको संख्या दिनानुदिन बढ्न थालेको हो। बढ्दो संख्याले पासपोर्टका लागि फर्म बुझाउन र पासपोर्ट लिन समेत घन्टौं लाग्ने गरेको छ।

अपि्रल १ अर्थात् चैत्र १९ देखि गत असारसम्ममा करिब २४ हजार ४ सयको संख्यामा पासपोर्ट वितरण भएकोमा साउन महिनाको शुरुआतसँगै दैनिक १२/१३ सयको संख्यामा वितरण हुन थालेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि दैनिक रुपमा औसत ८/९ सयको संख्यामा पासपोर्ट वितरण हुन्थ्यो। पढ्नेक्रम जारी राख्नुहोस्

मधेसी मोर्चालाई मनाउने पहल


आफ्नो पक्षमा समर्थन जुट्ने माओवादी र कांग्रेसको दाबी
                 
 काठमाडौ,  प्रधानमन्त्री निर्वाचनमा निर्णायक मानिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मुद्दामा सकारात्मक भएको भन्दै आफ्नो पक्षमा पार्ने कठिन कसरतमा माओवादी र कांग्रेस लागेका छन् । कांग्रेसले मोर्चाको समर्थन पाए पनि एमालेको सहयोगबिना सरकार बनाउन नसक्ने भएकाले उसलाई थप चुनौती छ ।  पढ्नेक्रम जारी राख्नुहोस्

तिमी मेरो, म तिम्रो


उदय सोताङ र मनिला सोताङ नेपाली गायन क्षेत्रमा चर्चित जोडी हो । दुई दशकदेखि यो जोडी सँगसँगै यात्रारत छ । यत्तिका वर्षपछि पनि एक-अर्कालाई गर्ने मायामा रत्तिभर कमी नआएको बताउँछन् उनीहरू । भन्छन्, ‘माया जति गर्‍यो त्यति बढ्दै जान्छ ।’

नेपाली गायन क्षेत्रका चर्चित अनुहार हुन्- उदय सोताङ र मनिला सोताङ । साढे दुई दशकदेखि यस विधामा यात्रारत उनीहरू हिजोआज आफ्ना यौवनका कलकलाउँदा दिनहरू सम्भिmइरहेका छन् । उनीहरूका यौवनका ती दिनहरू कम्ती रोचक थिएनन् । पढ्नेक्रम जारी राख्नुहोस्