मकर श्रेष्ठ,
काठमाडौं, श्रावण १० – तराईका धार्मिक कार्यक्रममा सहभागी हुँदै आएका पूर्व राजा ज्ञानेन्द्र शाह सोमबार भने भक्तपुरको चित्तपोलमा आए । यहाँ उनले पूजाआज गरे ।
मन्दिर निर्माण र स्थानीय महेन्द्र माविलाई उच्चमावि बनाउने उद्देश्यले गत साउन ३ गतेदेखि आयोजित महायज्ञमा पूजा गरी निस्कनेक्रममा पत्रकारले पूर्वराजासँग प्रतिक्रिया लिन खोजे । पूर्व राजा प्रतिक्रिया दिन खोज्दै थिए, त्यसैबेला सुरक्षाकर्मी र आयोजक समितिका पदाधिकारीले पत्रकारहरुलाई हातपात गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्