Daily Archives: 25/07/2010

राखेप उपाध्यक्षको मुद्दाको फैसला सर्‍यो


काठमाडौं, श्रावण ९ – राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनाले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको फैसला सरेको छ । न्यायाधीशहरु तेजप्रसाद शर्मा र रणबहादुर बमको संयुक्त इजलासले मुद्दाको फैसला साउन २५ गते सम्मका लागि सारेको हो । पक्ष-विपक्षबिच कुनै सुनुवाइ नहुँदै न्यायाधीशले मुद्दा सारेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

महबुल्ला स्थित सुल्तान क्याप मा भीषण आगलागी क्यै नेपाली घाइते


होमनाथ गिरी,लाल बहादुर तमाङ र बल बहादुर थापा, कुवेत

कुवेत, जुलाई २५ को ठीक मध्य रातको  १:३० बजे महबुल्ला नेपाली मात्र रहेको सुल्तान  भवनमा भीषण    आगलागी भएको छ ।   राती सबै जना सुतिरहेको अवस्थामा आगो लगेको हुनाले स्थिती निकै नै तनावपुर्ण र डरलाग्दो  बनेको थियो। भुईतलमा रहेको फर्निचर र सोफामा   चुरोट   खाएर   फालेको हुँदा  तेसबाट आगो सल्कीर फैइलेको  थियो । पढ्नेक्रम जारी राख्नुहोस्

‘नानो’ भन्दा पनि सस्तो कार


भारतीय बजारमा सस्तो कारको प्रतिस्पर्धा चलेको छ। टाटाको सस्तो कार नानोलाई पछ्याउँदै फ्रान्सेली कार निर्माता कम्पनी रेनाँ तथा उसको सहयोगी निशानले भारतीय कम्पनी बजाजसँग मिलेर संसारकै सबैभन्दा सस्तो कार निर्माणको घोषणा गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

बहुमतीय प्रणाली मृत्युकुण्डको यात्रा


काठमाडौँ,  नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष झलनाथ खनालले मुलुक अहिले सम्भावना तथा सङ्कटको दोबाटोमा उभिएकाले दलहरूले हदैसम्मको त्याग र समर्पण देखाई मुलुकलाई सहमतीय राजनीतिमा पुर्‍याउनुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

गुरूपूणिर्मा आज


काठमाडौँ, साउन ९ गते । हिन्दु धर्मावलम्बीहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरूषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई आज गुरुपूणिर्माका रूपमा मनाउँदैछन् । आजका दिन गुरुका रूपमा ज्ञानको पूजा गरिन्छ, गुरु अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी आˆना शिष्यलाई उज्यालोतर्फ लैजानुहुने भएकाले विद्यार्थीले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरूबाट आशीर्वाद थाप्ने चलन छ । द्वापरयुगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूणिर्मा अर्थात् आजकै दिन ऋषि परासर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

वैकल्पिक पर्यटकीय मार्ग खोज्न थाले व्यवसायी


म्याग्दी/  मुस्ताङ सदरमुकाम जोमसोम सडक यातायात सुविधा सहज हुने क्रमसँगै पदयात्री संख्या घटेपछि मुस्ताङ तथा म्याग्दीका पर्यटन व्यवसायी वैकल्पिक मार्गको खोजीमा लागेका छन् ।  बेनी-जोमसोम सडक निर्माणसँगै राउन्ड अन्नपूर्ण पदयात्रामार्ग यात्राअवधि आधा घटेपछि त्यसमा आश्रति व्यवसायी वैकल्पिक पर्यटक मार्गको खोजीमा लागेका हुन्  २१ दिन लाग्ने राउन्ड अन्नपूर्ण अहिले १० दिनमै पूरा हुन थालेको छ । पदमार्ग यात्राअवधि घटेपछि म्याग्दी र मुस्ताङमा वैकल्पिक पदमार्ग तथा नयाँ पर्यटकीय गन्तव्यको खोजी हुन थालेको हो ।
पढ्नेक्रम जारी राख्नुहोस्

डुबेर विभिन्न ठाउँमा १२ जनाको मृत्यु


काठमाडौ,  देशका विभिन्न भागमा आएको बाढीका कारण डुबेर १२ जनाको मृत्यु भएको छ । शनिबार सुनसरीमा पाँच जनाको मृत्यु भएको छ । नरसिंह गाविसस्थित खुनियाधारमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नरसिंह-७ की १० वर्षीया सलिना खातुन, ११ वर्षीया अबना खातुन र १३ वर्षीया मर्जिना खातुन रहेको जिल्ला प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियाले नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने


मलेसियाले नेपाली विद्यार्थीलाई छात्रवृत्तिसहित उच्च शिक्षा अध्ययनका लागि अवसर प्रदान गर्ने भएको छ । सन् २०१० मा विश्वभरबाट १ लाख विद्यार्थी भित्र्याउने योजनाअन्तर्गत अधिकतम छात्रवृत्ति उपलब्ध गराएर नेपाली विद्यार्थी भित्र्याउन चाहेको मलेसियाली दूतावासले जनाएको छ । “अहिलेसम्म नेपाली श्रमिकलाई रोजगारको अवसर प्रदान गर्दै आएको मलेसिया अब नेपाली विद्यार्थीलाई उच्च शिक्षाको अवसर पनि प्रदान गर्न उत्सुक छ,” नेपालस्थित दूतावासका द्वितीय सचिव मोहम्मद खैरी बिन सामसुद्दिनले भने । अहिलेसम्म करिब १ सय मुलुकबाट ६० हजारभन्दा धेरै विद्यार्थी मलेसिया भित्रिसकेको जानकारी उनले दिए । पढ्नेक्रम जारी राख्नुहोस्