Daily Archives: 24/07/2010

फस्र्ट लभको रिजल्ट कुर्दै ऋचा


दुई दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी धनगढीकी ऋचा शर्मा प्रदर्शोन्मुख फिल्म फस्र्ट लभबाट नायिकाका रूपमा पर्दामा आउँदै छिन् । युवापुस्तालाई लक्षित गरी निर्माण गरिएको यस फिल्मबाट आफू निकै आशावादी भएको बताउँछिन् उनी । भन्छिन्, ‘फस्र्ट लभबाट म निकै अप्टिमिस्टिक छु । रिजल्ट कस्तो आउला भन्ने कुतूहल छ ।’

यसअघि हाउसफुल, घरबेटी बा, कलेज क्याफेलगायतका टेलिशंखलामा समेत अभिनय गरेकी ऋचा अचेल फस्र्ट लभको प्रमोसनमा लागेको बताउँछिन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

नेपाली क्रिकेटको कठिन बाटो


काठमाडौ, श्रावण ८ –  अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउनुअघि पर्याप्त अभ्यासको मौका नपाउनु नेपाली टिमको परम्परा हो । समय छउन्जेल मतलब गरिन्न, प्रतियोगिता मुखैमा आएपछि हतारिने बानी नेपाली खेलकुद व्यवस्थापकमा अहिलेसम्म घटेको छैन । सफलताको आधार नै राम्रो अभ्यास हो । यस्तो सत्य नेपाली व्यवस्थापकको मस्तिष्कले अहिलेसम्म बुझ्न सकेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

एमआरपी प्रकरण/कोरम नपुगेपछि लेखा समिति बैठक स्थगित


काठमाडौ, श्रावण ८ – फ्रान्सेली कम्पनी ओबर्थरलाई मेसिन रिडेवल पासपोर्ट (एमआरपी ) छाप्न दिने परराष्ट्र मन्त्रालयको निर्णय’bout छलफल गर्न शनिबार बोलाइएको संसदको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको समितिका सचिव सोमबहादुर थापाले जानकारी दिए ।

बैठकमा गणपुरक संख्या पुर्‍याउन १६ सदस्य आवश्यक भएपनि १० जनामात्र बैठकमा उपस्थित थिए । पढ्नेक्रम जारी राख्नुहोस्

जमिनमा गाडिएका बिभिन्न प्रकारका हतियार बरामद


जितेन्द्र खडगा                    
राजबिराज, श्रावण ८ –  सप्तरीको भुतही गाबिसबाट प्रहरीले शनिबार बिहान जमिन मुनि गाडेर राखिएका विभिन्न प्रकारका हतियार बरामद गरेको छ । सशस्त्र र नेपाल प्रहरीको गस्ती टोलीले गोप्य सूचनाको आधारमा भुतही-४ स्थित छोटी भन्सार कार्यालय अघि माटो मुनी गाडी राखेको अवस्थामा हतियार बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक शरद ओलीले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

५१ वर्षपछि प्रमाणपत्र तह विस्थापन


अन्ततः त्रिभुवन विश्वविद्यालयबाट ५१ वर्षपछि प्रवीणता प्रमाणपत्र तह (पीसीएल) विस्थापन भएको छ । अबदेखि कक्षा १२ सम्मको पठनपाठन विद्यालय शिक्षा अन्तर्गत नै हुनेछ । शिक्षा मन्त्रालयका पदाधिकारी र १३ विद्यार्थी सङ्गठनबीच शुक्रबार आठबुँदे सहमति भएपछि त्रिविले सधैँका लागि पीसीएललाई विस्थापन गर्न सके पनि नर्सिङ, इन्जिनियरिङ र फरेस्ट्री विषयमा भने पीसीएल सञ्चालन हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

भारतीय दूतावासका कारण मधेसवादी दल ‘तटस्थ’


ललितपुर / प्रधानमन्त्रीको चुनावी प्रकि्रयामा एमाले अध्यक्ष झलनाथ खनाललाई सघाउने संकेत दिएका मधेसवादी दलहरुको मोर्चा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अकर्मात तटस्थ बस्ने घोषणा गरे । अन्तिम अवस्थासम्म  मोर्चाले खनाललाई सघाउने पक्षमा थियो । मधेसी जनअधिकार फोरम नेपालले त खनालसँग हात मिलाई टुंगोसमेत दिइसकेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

अपांगता भएका उद्यमी


तीन वर्षको उमेरमा दादुरा बिग्रेर आँखाको ज्योति गुमाएपछि यो संसारलाई अरू कसैले भनेका भरमा बुझ्नुपर्ने भयो, सलिना मगरलाई । २३ वर्षीया सलिनाले संसारलाई देख्न नपाउने त भइन् नै त्योभन्दा बढी आफूमा रहेका अन्नत क्षमतालाई आफैंले बुझ्न पाइनन् ।
परनिर्भर हुनुको पीडाले दिनदिनै पिरोल्न थालेपछि सलिनाले आफैंलाई खोतल्न थालिन् र जन्मठाउँ धादिङदेखि राजधानीसम्मको यात्रा तय गरिन् । अहिले उनी राजधानीको एउटा कुनामा ऊनका सामान बुनेर आफ्नो गुजारा चलाएकी छन् । उनलाई यो अवसर प्रदान गर्नेप्रति उनी कृतज्ञ छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

दक्षिण कोरियामा फेरि देखिए नेपाली माग्नेहरु


पुरु जोशी, दक्षिण कोरिया

“यसपाली चाहिं नेपाली चेलीहरु माग्दै हिंडेको फेला परे”

दक्षिण कोरियाको बिभिन्न सिटीहरुहरुमा, राजधानी सउलका ट्रेन स्टेशनहरुमा तथा पसल पसलहरुमा नेपालका हिमालियन बालबालिकाहरुको पढाईका लागि भन्दै माग्दै हिड्ने नेपाली माग्नेहरुको कृयाकलाप फेरि शुरु भएको छ । आज जुलाई २३ सउलको यङदम्फो स्टेशन नजीक २ जना नेपाली चेलीहरु माग्दै हिडिरहेको देखेपछि त्यहीं नजीक बसोवास गर्ने एस थापाले उनीहरुलाई रोक्न खोजे तर यो काम नराम्रो नभएको जिकीर गर्दै उल्टै थापालाई बोल्न समेत दिएनन् । त्यसपछि एस थापाको फोनले मलाई फोन गर्नुभयो । पढ्नेक्रम जारी राख्नुहोस्