प्रधानमन्त्रीका लागि आज दोस्रो चरणको निर्वाचन


काठमाडौँ, साउन ६ गते । प्रधानमन्त्री पदका लागि शुक्रबार हुने दोस्रो चरणको निर्वाचनमा आआˆनो पक्षमा समर्थन जुटाउन व्यवस्थापिका संसद्का दुई ठूला दलको पहल तीव्र भएको छ । नेताहरूले राष्ट्रहितका लागि साझा सवालमा एकढिक्का हुनुपर्ने धारणा राख्दै आउनुभए पनि सहमतिको सम्भावना भने अझै बनिसकेको छैन । बुधबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त नभएकाले शुक्रबार पुनः निर्वाचन हुन लागेको हो । व्यवस्थापिका संसद्मा शुक्रबार दिनको १ बजे निर्वाचन हुने कार्यक्रम तय भएको छ ।

एकीकृत नेकपा -माओवादी) का अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काङ्ग्रेसका उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै दलका शीर्ष नेताहरू आˆनो पक्षमा बहुमत पुर्‍याउने कसरतमा लाग्नुभएको छ । राष्ट्रिय सहमतिको सरकार गठनको नारा लिएर संसद्देखि सडकसम्म चरणबद्ध आन्दोलन गर्दै आएको एमाओवादीका लागि यो निर्वाचन प्रतिष्ठाको विषय भएको छ ।

एकीकृत माओवादीका नेताहरूले शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासँग वार्ता गर्नुभएको छ भने नेपाली काङ्ग्रेसका नेताहरूले पनि आन्तरिक र वाहृय छलफल कायमै राख्नुभयो । कसरी अगाडि बढ्ने भन्ने रणनीति तय गर्न नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बिहीबार साँझ बस्यो । राति अबेरसम्म बसेको बैठकले सरकार निर्माणमा सहयोग गर्न सबै दलसँग आग्रह गर्दै औपचारिक पत्र पठाउने निर्णय गरेको जानकारी प्रवक्ता अर्जुननरसिंह केसीले दिनुभयो ।

बीपी स्मृतिका सन्दर्भमा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले प्रधानमन्त्रीका आˆना प्रत्यासी रामचन्द्र पौडेलका पक्षमा राजनीतिक सहमति जुटाउन घनीभूत प्रयास हुन्छ भन्नुभयो ।

उहाँले काङ्ग्रेसका प्रधानमन्त्रीका उम्मेदवार पौडेलका पक्षमा राजनीतिक सहमति जुटाउन एकीकृत नेकपा -माओवादी), नेकपा -एमाले), मधेसवादी दललगायत संसद्मा उपस्थित सबै राजनीतिक दलसँग मतदानको अन्तिम घडीसम्म

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.