नासाको विजय यात्रा कायमै


काठमाडौं- नेपालमा पछिल्लो समय बास्केटबल खेल लोकपि्रय बन्दै गएको छ । हिजोआज बास्केटबलकै माध्यमबाट उपत्यकाका कलेजले आफ्नो परिचय दिन थालेका छन् । नासा इन्टरनेसनल कलेज त्यसैको पछिल्लो उदाहरण हो ।  नासाले ‘मोर्गन कप आठौं महिला तथा नवौं पुरुष राष्ट्रिय बास्केटबलमा बिहीबार लगातार दोस्रो जित दर्ता गर्‍यो । उसले अघिल्लो दिन पि्रमियरलाई हराएको थियो । राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा नासाले प्राइमको चुनौती ८९-५२ ले समाप्त पार्‍यो । नासाले पहिलो क्वाटरमा पाएको २८-१८ को अग्रतालाई खेलको अन्तिमसम्म कायमै राख्यो । उसले दोस्रोमा २६-१६, तेस्रोमा १२-७ र चौथोमा  २३-११ ले प्राइमलाई पछाडि पार्‍यो । नासाको जितमा रोविन खत्रीको २६ स्कोर योगदान रह्यो । नेपाल बास्केटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा पुरुषतर्फका अन्य खेलमा साविक विजेता गोल्डेनगेट, जेभियर इन्टरनेसनल र नेपाल आर्मी जित हात पार्न सफल भए । गोल्डेनगेटले साइपाललाई ७६-३८ ले हरायो । साइपालमाथि पूरै खेलमा हावी रहेको गोल्डेनगेटले सबै क्वाटरमा अग्रता लिन सफल भयो । उसले क्रमशः २५-८, १८-११, १६-११ र १७-८ स्कोर जोड्यो । गोल्डेनगेटका सुशील गुरुङले २० स्कोर गरे । जेभियर इन्टरनेसनलले नयाँबजारलाई ७२-४३ स्कोले पराजित गर्‍यो । उसले पहिलो क्वाटरमा २४-१४ को अग्रता लिए पनि दोस्रो क्वाटर १०-११ ले गुमाउन पुगेको थियो ।

तेस्रो क्वाटरमा पुनरागमन गर्दै १५-५ को अग्रता लियो । अन्तिम क्वाटरमा जेभियरले २१-१३ स्कोर गर्‍यो । उसका शंकर महर्जनले सर्वार्धिक १८ स्कोर योगदान गरे । आर्मीले पनि जित हात पार्‍यो । उसले पि्रमियरलाई ५५-२८ ले हरायो । पि्रमियरको यो लगातार दोस्रो हार हो । पहिलो क्वाटरमा १२-१० को अग्रता लिएको आर्मीले त्यसपछि दोस्रोमा १०-४, तेस्रोमा १७-१० र चौथोमा १६-४ स्कोर गर्‍यो । विजयी टिमका निमेश पन्थीले २१ स्कोर गरे ।

 Source:Kantipurnews

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.