अर्का सञ्चार उद्यमीको हत्या


imageदाङ, ६ साउन, अज्ञात समूहले दाङका सञ्चार उद्यमी देवीप्रसाद धिताल हेमराजको बिहीबार साँझ हत्या गरेको छ । उनी राप्ती सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो तुलसीपुरका अध्यक्ष हुन् । उरहरी गाविस-८ बाट मोटरसाइकलमा तुलसीपुर र्फकंदै गर्दा उरहरीकै जसपुरमा हेमराजको हत्या भएको हो ।

उनीमाथि पाँचजनाको समूहले साँझ आठ बजे गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली लागेर घाइते हेमराजको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । अञ्चल अस्पतालका अनुसार उनको शरीरमा तीनवटा गोली लागेको छ ।

दाङका प्रहरी प्रमुख एसपी ठाकुरप्रसाद ज्ञवालीले घटनास्थल र सम्भावित क्षेत्रमा प्रहरी परिचालन गरेर हत्याराको खोजी सुरु गरिएको जानकारी दिए । सञ्चार उद्यमी हेमराजको हत्याले हामी पनि स्तब्ध भएका छौँ, एसपी ठाकुरले भने, हामी हत्यारालाई जसरी पनि पक्राउ गर्ने रणनीतिमा लागेका छौँ । तुलसीपुर क्षेत्रमा गणतान्त्रिक टाइगर गु्रपका नाममा यसअघि विभिन्न घटना भएको भन्दै प्रहरीले सोही समूहले हेमराजको हत्या गरेको आशंका गरेको छ । तर, कुनै समूहले हत्याको जिम्मा लिएको छैन ।

नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघलगायतका सञ्चार संस्थाहरूले हत्याको भत्र्सना गर्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । हेमराजका दुई छोरी र श्रीमती छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.