Daily Archives: 23/07/2010

प्रधानमन्त्रीका लागि आज दोस्रो चरणको निर्वाचन


काठमाडौँ, साउन ६ गते । प्रधानमन्त्री पदका लागि शुक्रबार हुने दोस्रो चरणको निर्वाचनमा आआˆनो पक्षमा समर्थन जुटाउन व्यवस्थापिका संसद्का दुई ठूला दलको पहल तीव्र भएको छ । नेताहरूले राष्ट्रहितका लागि साझा सवालमा एकढिक्का हुनुपर्ने धारणा राख्दै आउनुभए पनि सहमतिको सम्भावना भने अझै बनिसकेको छैन । बुधबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त नभएकाले शुक्रबार पुनः निर्वाचन हुन लागेको हो । व्यवस्थापिका संसद्मा शुक्रबार दिनको १ बजे निर्वाचन हुने कार्यक्रम तय भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कस्ता पुरुषमा युवती मोहित हुन्छन् ?


रोमान्टिक पुरुष

यिनीहरू पारम्परिक प्रेममा विश्वास गर्छन् । यिनीहरू डिनरको समयमा मैनबत्ती बाल्न रुचाउँछन् । फूल र चक्लेट उपहार ल्याउँछन् । उनीहरू प्रायः आफ्नो आँखामा प्रेमिका भएको बताउँछन् र पे्रमिकालाई हेर्न लगाउँछन् ।

सम्मानित प्रेमको अपेक्षा गर्ने युवती यस्ता पुरुषप्रति आकषिर्त हुन्छन् । यस्ता पुरुषले देखाउने हाउभाउ र व्यवहारले युवतीलाई लाग्छ- पढ्नेक्रम जारी राख्नुहोस्

नासाको विजय यात्रा कायमै


काठमाडौं- नेपालमा पछिल्लो समय बास्केटबल खेल लोकपि्रय बन्दै गएको छ । हिजोआज बास्केटबलकै माध्यमबाट उपत्यकाका कलेजले आफ्नो परिचय दिन थालेका छन् । नासा इन्टरनेसनल कलेज त्यसैको पछिल्लो उदाहरण हो ।  नासाले ‘मोर्गन कप आठौं महिला तथा नवौं पुरुष राष्ट्रिय बास्केटबलमा बिहीबार लगातार दोस्रो जित दर्ता गर्‍यो । उसले अघिल्लो दिन पि्रमियरलाई हराएको थियो । राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा नासाले प्राइमको चुनौती ८९-५२ ले समाप्त पार्‍यो । नासाले पहिलो क्वाटरमा पाएको २८-१८ को अग्रतालाई खेलको अन्तिमसम्म कायमै राख्यो । उसले दोस्रोमा २६-१६, तेस्रोमा १२-७ र चौथोमा  २३-११ ले प्राइमलाई पछाडि पार्‍यो । पढ्नेक्रम जारी राख्नुहोस्

अर्का सञ्चार उद्यमीको हत्या


imageदाङ, ६ साउन, अज्ञात समूहले दाङका सञ्चार उद्यमी देवीप्रसाद धिताल हेमराजको बिहीबार साँझ हत्या गरेको छ । उनी राप्ती सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो तुलसीपुरका अध्यक्ष हुन् । उरहरी गाविस-८ बाट मोटरसाइकलमा तुलसीपुर र्फकंदै गर्दा उरहरीकै जसपुरमा हेमराजको हत्या भएको हो ।

उनीमाथि पाँचजनाको समूहले साँझ आठ बजे गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली लागेर घाइते हेमराजको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

बेग्लाबेग्लै दुर्घटनामा दुईजनाको मृत्यु


विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  उर्लावारी-६ स्थित मङ्गलवारेचोकमा रोकिराखेको को१ख ४५५ नम्बरको ट्रकमा को३प २६३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा डाँगीहाट-९ का कृष्ण राईको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी डाँगीहाट-९ का १९ वर्षीय विकास धिमाल गम्भीर घाइते भएका तथा उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

घर भत्कँदा चारको मृत्यु


लगातार परेको वर्षाका कारण गएराति सल्यानको सिनबाङ्गको छापनेटामा एकै परिवारका चार जनाको ज्यान गएको छ । बिहीबार राती ० बजेतिर घर भत्किदा सुतिरहेका ६० वर्षीय केशवबहादुर साहु, श्रीमती चन्द्रकली साहु, उनका छोरा कमल साहु, ८ वर्षीय छोरा केशबहादुर साहु रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय लुमहीबाट बिहानै पुगेको प्रहरी टोलीले अहिले उद्धार कार्य जारी राखेको छ । भत्किएको घरमा अरु पनि परेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।