सरकारले आगामी आर्थिक वर्षमा कैलालीस्थित चिसापानी र रोल्पाको बार्गे तथा किमासेपोझर्वान गाउँमा सुन उत्खनन् गर्ने भएको छ । खानी तथा भूगर्भ विभागले दुई दशकभन्दा बढी समय अध्ययन गरी ती स्थानमा सुन भएको पत्ता लगाएको हो । विभागले ती स्थानबाट अन्तर्राष्ट्रिय गुणस्तरको सुन पत्ता लागेको बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 21/07/2010
मधेसी मोर्चा तटस्थ बस्ने/खनाल अप्ठ्यारोमा
काठमाडौ, श्रावण ५ – मधेसी लोकतान्त्रिक मोर्चाले प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । यसअघि मधेसी जनअधिकार फोरमकाले एमालेलाई सघाउने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले बताएपनि चार मधेसवादी दलको बैठकले तटस्थ बस्ने निर्णय गरेको हो । त्यसमा फोरम, लोकतान्त्रिक फोरम, तालोपा र सद्भावना छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
एमाले नेताहरु मधेसी मोर्चासंग छलफल गर्दै
काठमाडौ, श्रावण ५ – तटस्थ बस्ने मधेसी लोकतान्त्रिक मोर्चाको निर्णय लगतै एमाले नेताहरु मोर्चाका नेताहरुसंग छलफल गर्न तर्राई मधेस लोकतान्त्रिक पार्टीको संसदीय दल कार्यालय पुगेका छन् । अध्यक्ष तथा प्रधानमन्त्रीमा उम्मेदवार झलनाथ खनाल, एमाले महासचिव इश्वर पोखरेल, सचिव विष्णु पौडेल र नेता भरतमोहन अधिकारी छलफलका लागि पुगेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
खनाललाई ३ सय ७९ मत:
प्रधानमन्त्रीका प्रत्यासी एमाले अध्यक्ष झलनाथ खनालको स्थिति बालियो देखिएको छ । दुई तिहाइ बहुमत प्राप्त हुने अबस्थामा मात्र उम्मेदवारी यथावत रहने र्सतमा आएका खनाललाई साँढे १२ बजेसम्ममा माओवादी, मधेसी जनअधिकार फोरम र मालेले समर्थन जनाइसकेको छ । उनको पक्षमा एमालेको १ सय ८ (सभामुख बाहेक), माओवादीले २ सय ३७ (तमलोपबाट आएकासहित) फोरमको २५ र नेकपा मालेको ९ सभासद् गरी कुल ३ सय ७९ पुगेको छ । काँग्रेसबाहेक अन्य दलहरुको भने निर्णय आइसकेको छैन । दिउसो दुई बजेदेखि निर्वाचन प्रकृया सुरु हुनेछ ।
Posted in समाचार
तेन्दुलकरको आत्मकथा रगतले लेखिने

२०११ फेब्रुअरीमा बजारमा आउने ‘तेन्दुलकर ओपस’ का दस प्रति उनकै रगतले छापिन लागेको हो । प्रकाशक क्राकेनले यस्तो गर्नुको कारण’bout प्रस्ट्याएको छ, महान् खेलकुद व्यक्तित्वप्रति वास्तविक सम्मान र उनको खेल र व्यक्तिगत जीवन झल्काउने अवसर ।’
हस्ताक्षर प्रयोग हुने पाना रातो देखाउन तेन्दुलकरको वास्तविक रगत प्रयोग हुनेछ, क्राकेनका प्रमुख कार्यकारी कार्ल फ्लावरले बेलायती पत्रिका गार्जियनलाई भनेका छन्, यो सुन्दा पनि रोमाञ्चित तुल्याउँछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद