महिलाले आमा बन्ने वेलामा आफ्नो शरीरमा धेरै परिवर्तनको अनुभूति गरेका हुन्छन् । गर्भवती अवस्थामा महिलाको शारीरिक तथा मानसिक दुवै कुरामा परिवर्तन आउने गर्छ । यो अवस्थामा हुने परिवर्तन’bout महिलालाई राम्रोसित ज्ञान हुन आवश्यक छ ।
विशेषगरी, गर्भवती भएका वेलामा हुने सुरुवाती परिवर्तनका ’boutमा महिलामा राम्रो ज्ञान भयो भने यसले महिलालाई विभिन्न समस्या तथा गुनासोबाट टाढा राख्न मद्दत गर्छ । महिलाको गर्भवती अवस्थामा आउने सुरुवातका केही परिवर्तन यहाँ प्रस्तुत गरिएको छ :
१. महिनावारी रोकिन्छ । यो नै गर्भवती भएको सबैभन्दा पहिलो लक्षण हो ।
२. सम्पूर्ण महिलामा आफू गर्भवती भएको अनुभूति हुन्छ । यस्तो अनुभूति लगभग सबैको सत्य हुने गरेको छ ।
३. महिलाको स्तनमा परिवर्तन आउँछ । गर्भवती अवस्थामा महिलाको स्तन दुख्ने तथा संवेदनशील हुने गर्छ भने कहिलेकाहीँ स्तनको टुप्पामा कालो रंग देखा पर्छ ।
४. सहजै थकानको महसुस हुने गर्छ । यो अवस्थामा शरीरका हर्मोनमा वृद्धि भइरहेकाले महिला चाँडै थाक्ने तथा गाह्रो भएको महसुस गर्ने गर्छन् ।
५. बारम्बार पिसाब लाग्ने गर्छ । यो अवस्थामा महिलाको पिसाबनलीमा पाठेघरले बढी चाप दिने भएकाले र मिर्गाैलाबाट पनि अतिरिक्त रसायन निस्कने भएकाले महिलालाई नौ महिनासम्म बारम्बार पिसाव लाग्ने गर्छ ।
६. बिहानीपख ज्वरो आउने तथा वाकवाक लाग्ने हुन्छ । गर्भवती अवस्थामा शरीरले नयाँ अवस्थाको सामना गर्नुपर्ने भएकाले यस्तो हुने गर्छ । बिहानीपख लाग्ने वाकवाकी विशेषगरी पहिलो महिना हुने गर्छ र विस्तारै घट्दै जान्छ ।
७. शरीर काम्ने तथा बेहोश हुने गर्छ । यो अवस्थामा आमाले आफ्नो शरीरमा भएका प्रोटिन बच्चालाई पनि प्रदान गर्ने भएकाले आमा कमजोर भएर काम्ने तथा बेहोश हुने गर्छिन् । यस्तो वेलामा आमाले धेरै प्रोटिन तथा भिटामिनयुक्त खाना खान आवश्यक हुन्छ ।
८. केही खानेकुरा खान मन पर्दैन । यो अवस्थामा बढी भिटामिनयुक्त र प्रोटिनयुक्त खानेकुरा खाइरहने हँुदा त्यस्तो अनुभूति हुने गर्छ । तर, त्यासो भयो भन्दैमा खान छाड्नु हुदैन ।
९. केही वासना तथा गन्धदेखि एलर्जी हुन सक्छ । महिलाको शरीरमा भएको एस्ट्रोजन हर्मोनको साइडइफेक्टका कारण यस्तो हुने गर्छ ।
१०. कब्जियत हुन सक्छ । यस्तो भएमा तुरुन्त डाक्टरकहाँ जानुपर्छ ।
११. गर्भवती अवस्थामा महिलाको मन छिनछिनमा परिवर्तन हुन्छ । कहिलेकाहीँ उनीहरू ज्यादै सन्काहा हुन्छन् भने कहिले भावुक ।
१२. शरीरको तापक्रम एकदम बढ्ने गर्छ ।
१३. ढाड दुख्ने गर्छ । पेटमा भएको बच्चाको तौलका कारण ढाडमा दुख्ने समस्या आउने गर्छ ।