आकर्षक महिलासँग बस्नु हानिकारक


imageके तपाईं आकर्षक महिलासित लामो समयसम्म बस्न चाहनुहुन्छ ? त्यसो हो भने ख्याल गर्नुहोस् । ‘एउटा तातो ड्रमभित्र ५ मिनेट समय बिताउनुभयो भने तपाईंलाई एक घन्टाजस्तो लाग्न सक्छ, तर एउटा आकर्षक महिलासँग बसेको एक घन्टा पनि ५ मिनेट मात्रै लाग्न सक्छ, वैज्ञानिक आइन्स्टाइनले सापेक्षतावादको सिद्धान्त बुझाउन यस्तो उदाहरण दिएका थिए । तर, अहिले एउटा अनुसन्धानले आकर्षक महिलासँग रहँदा समय बितेको पत्तै नभए पनि स्वास्थ्यमा असर पर्ने तथ्य सार्वजनिक गरेको छ ।

भ्यालेन्सिया विश्वविद्यालयले हालै गरेको अध्ययनले आकर्षक महिलासँग एक्लै पाँच मिनेट बस्यो भने मात्रै पनि पुरुषमा कोलस्ट्रोलको स्तर बढ्ने र शरीरको हार्मोनमा दबाब पर्ने देखाएको छ । अनुसन्धानअनुसार, आफूसँग निकट भएको महिला भए, त्यसको प्रभाव अझै बढी हुने गरेको छ । कोलस्ट्रोल शरीरमा हुने भौतिक वा मनोवैज्ञानिक दबाबका कारण उत्पन्न हुने गर्छ । यसको सम्बन्घ हृदयरोगसँग हुन्छ । त्यसकारण लामो समयसम्म आकर्षक युवतीसँग बस्ने पुरुषमा हृदयरोग लाग्न सक्ने अध्ययनले देखाएको छ ।

अनुसन्धानकर्ताले ८४ जना पुरुष विद्यार्थीलाई कोठामा एक्लै बसेर ‘सुडुको’ समाधान गर्न दिएका थिए । त्यो कोठामा एकजना पुरुष तथा अर्की महिलासमेत राखिएको थियो । ती महिला कोठाबाट बाहिर निस्केपछि अनुसन्धानमा संलग्न भएका पुरुषमा कुनै प्रकारको तनाब बढेको देखिएन । तर विद्यार्थीलाई अपरिचित महिलासँग छाड्दा भने उनीहरूमा कोलस्ट्रोलको स्तर बढेको थियो ।

त्यसपछि अनुसन्धानकर्ताको निष्कर्ष थियो, आकर्षक महिलाको उपस्थिति हुँदा सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा धेरै पुरुषले लिने गरेको भेट्यौँ । केहिले मात्रै आकर्षक महिलालाई ‘उससँग सम्बद्ध होइन’ भनेर तिरस्कार गर्ने गरेको अध्ययनले देखाएको छ । अनुसन्धानको निष्कर्षमा भनिएको छ, पुरुषको शरीरमा कोलस्ट्रोलको मात्र पाँच मिनेट मात्रै आकर्षक युवतीसँग बस्दा पनि बढ्ने गरेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.