Daily Archives: 20/07/2010

गर्भवती महिलामा देखिने सुरुवाती १३ परिवर्तन


imageमहिलाले आमा बन्ने वेलामा आफ्नो शरीरमा धेरै परिवर्तनको अनुभूति गरेका हुन्छन् । गर्भवती अवस्थामा महिलाको शारीरिक तथा मानसिक दुवै कुरामा परिवर्तन आउने गर्छ । यो अवस्थामा हुने परिवर्तन’bout महिलालाई राम्रोसित ज्ञान हुन आवश्यक छ ।

विशेषगरी, गर्भवती भएका वेलामा हुने सुरुवाती परिवर्तनका ’boutमा महिलामा राम्रो ज्ञान भयो भने यसले महिलालाई विभिन्न समस्या तथा गुनासोबाट टाढा राख्न मद्दत गर्छ । महिलाको गर्भवती अवस्थामा आउने सुरुवातका केही परिवर्तन यहाँ प्रस्तुत गरिएको छ : पढ्नेक्रम जारी राख्नुहोस्

आकर्षक महिलासँग बस्नु हानिकारक


imageके तपाईं आकर्षक महिलासित लामो समयसम्म बस्न चाहनुहुन्छ ? त्यसो हो भने ख्याल गर्नुहोस् । ‘एउटा तातो ड्रमभित्र ५ मिनेट समय बिताउनुभयो भने तपाईंलाई एक घन्टाजस्तो लाग्न सक्छ, तर एउटा आकर्षक महिलासँग बसेको एक घन्टा पनि ५ मिनेट मात्रै लाग्न सक्छ, वैज्ञानिक आइन्स्टाइनले सापेक्षतावादको सिद्धान्त बुझाउन यस्तो उदाहरण दिएका थिए । तर, अहिले एउटा अनुसन्धानले आकर्षक महिलासँग रहँदा समय बितेको पत्तै नभए पनि स्वास्थ्यमा असर पर्ने तथ्य सार्वजनिक गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

भेटिइन् रोनाल्डोकी छोराकी आमा


imageलन्डन/ क्रिस्टियानो रोनाल्डोकी नवजात छोराकी आमा अमेरिकाको एक होटलमा काम गर्ने गरिब महिला भएको खुलासा भएको छ । विश्वप्रसिद्ध फुटबलरसँग मात्र एक रात बिताउँदा उनी गर्भवती बनेकी थिइन् । रोनाल्डोका एक मित्रका अनुसार, गएको गर्मी याममा लसएन्जलसको एक रेस्टुरेन्टमा जाँदा उनले त्यहीँबाट ती महिलालाई आफूसँग लगेका थिए । त्यो केटीलाई हेर त, उसको आँखाले एउटै कुरा बोलिरहेको छ- के तिमी मसँग सुत्न चाहन्छौ, ती मित्रलाई उद्धृत गर्दै सन्डे मिररले लेखेको छ ।

रोनाल्डोले तिनीलाई आफूनजिक बोलाएर भने- के छ त ? पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली राजदूतावास कुवेतको “प्रेस बिज्ञप्ति”


दूतावासमा शरण लिन पुगेका केही नेपाली महिला कामदारहरुलाई जबर्जस्ती यौन व्यावसायमा समेत संलग्न गराईएको सन्दर्भलाई लिएर नेपाली राजदूतावास कुवेतले आजको मिति श्रावण ४, २०६६ मा जारी गरेको प्रेस बिज्ञप्ती पुरा हेर्नको निम्ती तलको लिंकमा क्लिक गर्नुहोस् ।

Press Release_Embassy of Nepal, State of Kuwait_dated 20.07.10

नेपाली राष्ट्रिय गौरवशाली खेलाडी दिपक बिष्ट अमेरिकामा सम्मानित


पुरु जोशी
न्यू योर्क- दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा लगातार ४ वटा स्वर्ण पदक जितेर दक्षिण एसियामै किर्तिमानी कायम गर्न सफल तेक्वान्डो खेलाडी दीपक बिष्टलाई न्यूयोर्कका नेपालीहरुले सम्मान गरेका छन्। नेपालको राष्ट्रिय खेल प्रतियोगितामा कहिल्यै हार नभोगेका नेपालका अपराजित खेलाडी दीपक बिष्टको सम्मानमा शनिबार दिउँसो न्यू योर्कको कुइन्सस्थित साँग्रिला रेस्टुरेन्टमा आयोजना गरिएको उक्त सम्मान समारोहमा खेलाडी बिष्टलाई संयुक्त राष्ट्र संघका लागि नेपाली स्थाई नियोग प्रमुख महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले न्यू योर्कबासी नेपालीहरुको तर्फबाट दोसल्ला ओढाइ सम्मान गर्नु भएको थियो।

पढ्नेक्रम जारी राख्नुहोस्

को-को जाने भए इटालीमा विश्व क्रिकेट लिग खेल्न?


   
 काठमाडौं, साउन ४ – मन्जित श्रेष्ठको पुनरागमनसँगै नेपालले इटालीमा हुने पेप्सी विश्व क्रिकेट लिग डिभिजन-४ क्रिकेट प्रतियोगिताका लागि सोमबार १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ।

  विराटनगर (क्षेत्र नं.१) का अलराउन्डर मन्जित सन् २००५ पछि पहिलो पटक नेपाली राष्ट्रिय टोलीमा फिर्ता बोलाइएका हुन्। २००५ मा उनी हङकङमा एसिसी तीनदिवसीय लिग क्रिकेटमा खेलेयता टोली बाहिर थिए। मलेसियामा २००६ मा भएको एसिसी ट्रफीमा उनी टोलीमा रहे पनि औंलाको चोटका कारण भ्रमणबाट बाहिरिएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

कलेजले गर्‍यो कलाकारिताको कदर


काठमाडौं/ टेक्सास इन्टरनेसनल कलेज, मित्रपार्कले सोमबार नायक राजेश हमाल र हास्यकलाकार जितु नेपाललाई अभिनन्दन गरेको छ । कलेजद्वारा आयोजित टेक्सास सांस्कृतिक कार्यक्रममा कलेजका प्रबन्ध-निर्देशक ज्योतिप्रसाद ढकाल तथा पि्रन्सिपल भेषराज पोखरेलले उनीहरूलाई खादा ओढाई ताम्रपत्रबाट अभिनन्दन गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

महावीर अटोमोबाइल्स पि्रमियम मोटरको बिक्रेता


विराटनगर/ महावीर अटो मोबाइल्स विराटनगर भारतीय पि्रमियम मोटर कम्पनीको नेपालका लागि अधिकृत बिक्रेता नियुक्त भएको छ । अटो मोबाइल्सले २५औँ वर्ष पूरा गरेको अवसरमा भारतीय पि्रमियर लिमिटेडका भाइस प्रेसिडेन्ट राकेश मेहताले आइतबार बिक्रेताको प्रमाणपत्र प्रदान गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्