Daily Archives: 19/07/2010
अन्तराष्ट्रिय कलाकार मंच अमेरिका र अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा नेपाली सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न
Posted in समाचार
नग्न शरीरले जन्मायो विवाद
नग्न ढाड । त्यसमा सेल भनेर लेखिएको अनि टाटु खोपिएको । नवोदित नायिका जेनिसा केसीले आफूले खेल्न लागेको एउटा फिल्मको शुभ मुहर्त समारोहमा टाँसिएको आफनै अनुहार भएको यस्तो पोस्टर जब देखिन्, उनको सातो उड्यो । खुब ग्ल्यामर फोटो खिचाउनु भएछ ।
नेपालमा यस्तो फोटो र पोस्टरको बेला आइसक्यो र, सञ्चारकर्मीहरूले घेरेर यस्तो सोधेपछि उनले आक्रोशित तर यही मौकाको खोजीमा बसिरहेको भावमा जवाफ फर्काइन्- पोस्टरमा भएको त्यो फोटोको अनुहार मेरो हो तर ढाड होइन ।’ उनको जवाफ आर्श्चर्यजनक मात्र थिएन, सेन्सेसनल पनि थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
४० हजार भुटानी शरणार्थी स्वदेश फर्किने
झापा, ४० हजार भुटानी शरणार्थीले स्वदेश फर्किने इच्छा जाहेर गरेका छन्।
भुटानी शरणार्थी ज्येष्ठ नागरिक समूहले शरणार्थी शिविरबाट संकलन गरेको हस्ताक्षरसहितको विवरणमा त्यस्तो इच्छा प्रकट भएको जानकारी आएको हो। त्यस्तो इच्छा जाहेर भएको फारम संकलन भएपछि समूहका अध्यक्ष हर्कजंग सुब्बाले पुनर्बास कार्यक्रमझैं कार्यक्रम ल्याएर घर फिर्न चाहने ४० हजार शरणार्थीलाई भुटान फर्काइनुपर्ने माग सम्बन्धित निकायमा पेश गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
भारतीय रेल दुर्घटनामा ६० को मृत्यु
दिल्ली, साउन ३ (एजेन्सी)- भारतको पश्चिम बङ्गालमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ। द्रुत गतिमा दौडिरहेको रेलले अर्को रेललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परी अरु ९० जना घाइते भएका छन्। मृत्यु तथा घाइते हुनेको सङ्ख्या बढ्न सक्ने एजेन्सीले बताएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
विरोधी शिक्षक हटाउँदै माओवादी
समुन्द्र पौडेल, तनहुँ, साउन ३- राजनीतिक आस्थाकै कारण गोरखा सदरमुकामस्थित महेन्द्र ज्योती उच्च माध्यमिक विद्यालयका ६ शिक्षक निकालिएका छन्। विद्यालय व्यवस्थापन समितिले तीन महिनाको अवधिमा उनीहरुलाई जागिरबाट हटाइएको हो।
माओवादी सम्बद्ध विद्यालय व्यवस्थापन समितिले उच्च माध्यमिक तहमा अध्यापन गराउने यदु अधिकारी, सरोज अर्याल, विजुली देवकोटा सहित माध्यमिक तहका बुद्धिराज गुरुङ, सुकलाल तमाङ र नारायण लामिछानेलाई हटाइको हो। लामिछाने बाहेकका अन्य शिक्षक कांग्रेस सम्बद्ध हुन् भने उमाविबाट हटाइउका तिनै जना शिक्षक महेन्द्र ज्योती उमाविका संस्थापक शिक्षक हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
एकैदिनमा नौवटा गीत गाउने राई इज किङ
राजेशपायल राई, गायक
मैले सांगीतिक करिअर १४ वर्षको उमेरदेखि सुरु गरेको हु । १४ वर्षको उमेरमै मैले रेडियो नेपालमा ‘सम्झनाको कुरा नगर’ बोलको गीत गाएको थिएँ । अहिलेसम्म मेरा १९ सयभन्दा बढी गीत रेकर्ड भएका छन् । मलाई मैले गाएका सबै गीत उत्तिकै राम्रा लाग्छन् । एउटी आमालाई आफ्ना सबै सन्तान राम्रा लागेझैँ एउटा गायकलाई पनि आफ्ना सबै गीत राम्रा लाग्छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन