आलु चिउरा र कुवेतको बिर्खे टोपी !


बालकृष्ण घिमिरे टुकुचा ७ काभ्रे,हाल:-कुवेत
 हिजो अर्थात असार ३२ गते असार महिनाकै अन्तिम दिन,आमाले खेत रोपाइमा आएका खेतालाहरुलाई खुवाउन बनाएर राखेको आलुको अचार चोरेर खादा साह्रै मज्जा आउथ्यो र त्यही आमाले बनाएको आलुको अचारको तिर्सना मेटाउने उदेस्यले म सिधै मालियामा रहेको नेपाली (एभरेष्ट) होटलमा पुग्याँ | असार महिनाको अन्तिम दिन भएर हो वा किन मलाई साह्रै आलु र चिउरा खान मन लाग्यो,होटलका साउजी अर्थात मित्र दाई पनि शुक्रबार भएरै होला कार्यालय नगएर आँफै ग्राकहरुको माग र चाहना अनुसारको नेपाली परीकार तयार पारी टेबुल टेबुलमा पुर्याउदै हुनुहुदो रहेछ | म र मसगै गहेका मेरा साथी आलु चिउरा खाँदै थियौ,मध्यानको बाह्र कै हाराहारिको समय भएकाले होला त्यती ठुलो भिड थिएन | यस्तैमा अती सुन्दरी १४,१५ बर्ष नकाटेकी अर्ध नग्न अवस्तामा रहेकी लगभग ४५,५० बर्षका हाप कट्टुमा सजिएका र सिरमा बिर्खे टोपी लगाएका एक नेपालीको पाखुरिमा समातेर होटल भित्र छिरिन | म ढोका पट्टी फर्किएर बसेकाले सिधै मेरो नजर ति बच्चिको पाउ देखी सिर सम्म दौडिन पुग्यो | उनको लवाई हिडाई  र स्टायल हेर्न लाएकको देखिन्थ्यो  ,एकछिन त म अलमल्लमा परे यिनी नेपाली हुनकी बिदेशी भनेर ! यतिकैमा ति दाजुले बस नानु भने,म ढुक्क भए यि नानी पनि नेपाली नै रहिछिन र यहाँ कुवेतमा पनि धेरै नेपालीहरु आफ्नो परिवार सहित बसेकाले बाबु छोरी आएका होलान भन्ने ठाने | बिर्ख दाइले आफ्नो पारा देखाइ हाले उनको हातको पन्जामा आफ्नो पन्जा घुसार्दै तिमी के खाने भन भन्दै मुसारिएको देख्ने त्यहा रहेका हामी सबैलाई ह………..लाई भन्दा देख्नेलाइ लाज भन्ने नेपाली उखान चरितार्थ भएको थियो | अब भने म पनि ढुक्क भयाँ  बाबु छोरी नभएर टायम पास पो लिएर बिर्खे दाजु आएका रहेछन | जे गर्नु गर्यो विश्वकै महगो यो कुवेती डिनारले भन्ने मन मनमा सोच्दै आफ्नो मन अन्तै मोड्न खोजे र मित्र सिङ्जाली दाइलाई आलु सिउराको गास संगै एउटा प्रश्न सोधे,दाइ के छ नि हाम्रो दूतावास को खवर ? के हुनुर भाई यि यस्तै त हो नि १२,१४ बर्ष मै २०,२२ बर्षको उमेर राखी अर्का कै नामको पास्पोटमा आफ्नो फोटो टासी आफ्नो गा. बि .स .समेत थाहा नभएकाहरु यहाँ आउनाले अहिले दुतावासको काम नै उनिहरुलाई उध्दार गर्ने मात्रै भएको छ | फेरी गरेको पनि देख्दैनन,के गर्नु भाई कुवेतको कानुन भन्दा बाहिर गहेर केही गर्न पनि नसकिने,अहीले एकसय पचास जना भन्दा बडी नेपाली चेलीहरु दुतावासको शरणमा छन | प्राय जसो कुवेतीको घर बाट भागेर र भगाएर आएका छन | सबै भन्दा ठुलो समस्या भनेकै यहाँ नेपाली चेलीको भएको छ | नेपाली चेली कुवेत भित्राउने पनि नेपालीनै भएकाले साह्रै समस्या परेको छ | यतिकैमा बिर्खे दाई बोले,हो भन्या कुवेतीको घर बाट भगाउनेहरुले बिचार गरेर पो निकाल्नु पर्छ त,त्यतिकै केटीहरु भगाएर बिजोक बनाउने ? जिम्मेवारी  लिन नसक्नेले किन निकाल्लु ! उनको त्यो भनाइ बाट प्रस्ट  हुन्थ्यो ति कलिली अर्ध नग्न फुच्चिलाई ढाडस र सान्तोना दिन नै ति बिर्खे टोपी वाला दाजु त्यो बोली,बोलीरहेका थिए  | मेरो बुझाईमा उनको त्यहाको हाउ भाउ र बोलिचाली बाटै प्रस्ट भएको थियो,ति कलिली नानिलाई भगाई सकिएको वा भगाउने तयारीमा ति बिर्खे दाई नहोलान भन्न सकिने अवस्था थिएन | मन मनै धन्य बिर्खे दाजु र यस पालिको आलु चिउरा भन्दै होटलबाट बाहिर आउँदै गर्दा होटलको बाहिरी ढोकामा एक जोडी नेपाली युवा युवतिको अर्को रोचक सिन आँखा अगाडि प-र्यो | बुर्कामा आफ्नो पुरै शरीर ढाकेर हिंड्नु पर्ने कानुनी मान्यता रहेको मुलुकमा हाम्रा नेपाली चेलीहरुले देखाएको त्यो उदारता र महानता भित्रको त्यो दिर्ष्य  हेर्ने लायक थियो |

 

6 responses to “आलु चिउरा र कुवेतको बिर्खे टोपी !

  1. na macchaa na kachhuwa kasto ho….gaukahne katha jasto…k hola ta dubai hoina bhanepachhi..mero bicharma chai pakkai ni bahyaguto hola..hai..

  2. Naya muluk ma jasle je garda ni paunu parne ho ni, haina ra?
    Ma ta ti nani lai ke bhanna chahanchu bhane “LOOK, YASTO BELA FERI AAUCHA YA AAUDAINA” so have one everything whatever you desire……
    Ani tyo BIRKHE topi laune lai ta ma SYABASHI po dinchu kin ki 45,000 bhanda dherai bhai sake nepali haru kuwait ma BIRKHE topi laune matrai bahadur rahechan ni hau…..
    PEACE……..:-)

  3. what the hell…..?
    Just two hours before, i commented here as normal language but now noview……why?
    Is there something special requered for my comment to publish…..
    O sampadak jiu……
    Yasari ta bhayen ni……mero comment lai 200% moderation garnu parne yadi bhagwan le ni matra 50% moderation gareko bhaye yo online patrika ni BHITTE PATRIKA hun pugtyo.
    Hey BHAGWAAN budhdhi deu yo manche haru lai……
    PEACE and JOLLY….

  4. थासी मगर जी,

    बेलुकीको ८.४५ मा कमेन्ट गर्नु भएको रहेछ जसको लागि धन्यवाद । खासगरी हामी कुनै श्रमजिवी पत्रकार नभई कुवेतमा अन्य साधारण नेपाली जस्तै मजदुरी गर्ने नेपाली हौं, जसले गर्दा हामीलाई २४सै घण्टा नेट सर्फिङ्ग गरेर बस्ने फुर्सद नमिल्नु शायद स्वाभाविक हो । फेरिपनी ड्युटीबाट बचेँको सानो समयमा अनलाईन मार्फत नै भएपनी आफुले भेटेजती र आफ्नो विवेक र क्षमताले भ्याएजती सत्यतथ्य घट्नाक्रमहरु संकलन गरी यथाशिघ्र विश्वभरका नेपाली समाज र पीडित नेपाली वर्गहरु माझ पस्केर जसको माध्यामले केही मात्रमा भएपनी समाधानका बिकल्पहरु निक्लने बातावरणको तर्जुमा होस् भन्ने मात्र हाम्रो धारणा हो ।

    अब यो भित्ते पत्रीका बन्नु नबन्नु या अनलाईन पनि बन्द भएर जानु भन्ने त भगवानले ५० % मोडेरेशन गर्नु भन्दा पनि तपाईंहरु जस्तो प्रिय पाठकहरुको ईच्छा चाहना र सुझाव सल्लाहमा भर पर्ने कुरा हुन । हामी पनि तपाईहरुकै सम्पादकिय टोली हौं, पाठकहरुको सुझाव र सल्लाह बेगर एक कदम पनि हामी अगाडि बढ्न नसक्ने हामीले बुझेका छौं, खासगरी बिदेशी भूमिमा । त्यसैले आगामी दिनहरुमा हामीलाई हेल र सेल भनेर भावनात्मक चोट पुर्‍याउनु भन्दा पनि कसरी हामी अगाडि बढ्दा पीडित नेपाली नागरिकहरुलाई अझ राम्रो टेवा पुग्ला भन्ने सत्यतालाई आत्मसात गर्दै हामीलाई एउटा नेपाली भाइचाराको नाताले सुझाव सल्लाह दिई सहयोग गर्नु हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।

    धन्यवाद ।

  5. यस्तै हो सर आफ्नो र्स्वर्गतुल्य देश, आमा,बाबु आफन्त सबै त्यागेर अर्काको भुमिमा पुग्न पाए मात्र पनि पुग्ने हाम्रा नेपाली चेलिको पनि त गल्ती छ नि यसमा हैन र ?

  6. Ab chahi malai pura 99% bishwas bho ki online ma hamra SAMPADAK jiu haru, dherai muskil le time milai hamra lagi yasta samachar prakasit garda rahechann… Je hos, Badhai ani syabashi bahek aru kehi ni chaina NEPALKUWAIT pariwar lai. 🙂
    PEACE.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.