Daily Archives: 18/07/2010

रङ्गीन चुरा र मेहन्दीको फेसन


काठमाडौँ । हातभरि हरियो पहेँलो चुरापोते, अनि हरियो रङ्गको पोशाकमा सजिएर हिन्दू धर्मावलम्बी महिलाहरू साउन महिनाभर भगवान शिवको पूजा आराधना गर्छन् । साउन महिना सुरु भएको हुनाले महिलाहरू आफ्नो श्रीमानको दीर्घायु र मनोकामना पूरा होस् भन्ने कामना गर्दै व्रत, तीर्थ गरी शिवको पूजा गर्ने चलन रहिआएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सुनको मूल्य घट्यो


काठमाडौँ, साउन २। साताको पहिलो दिन आइतबार सुन प्रतितोला २५५ रुपैयाँले कमी भई कारोबार भएको छ । अघिल्लो साता प्रतितोला रु ३५ हजार ३५० कायम भएको सुनको मूल्य आज घटेर रु ३५ हजार ९५ मा कारोबार रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका महासचिव माणिरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको स्थिति मजबुत हुँदै गएकाले अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य घट्ने क्रममा रहेकाले यहाँ पनि सुनको मूल्य केही घटेको बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

फिनम्याप रियादमा NRNA को इकाइ समिति गठन


रियाद, जुलाइ १६, साउदी अरवको रियाद स्थित फिनम्याप इन्टरनेशनलमा कार्यरत नेपालीहरुका बीचमा गैर आवासीय नेपाली संघ साउदी अरवको रियाद क्षेत्रीय समन्वय समिति अन्तरगत उक्त कम्पनीमा कार्यरत ओम शाक्यको अध्यक्षतामा स्थानीय समन्वय समिति गठन गरिएको छ ।

गैरआवासीय नेपाली संघ साउदी अरव क्षेत्रीय समन्वय समिति रियादका अध्यक्ष श्री रामकृष्ण श्रेष्ठ ज्यूको अध्यक्षतामा सन्चालित उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ साउदी अरव अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य श्री रामबहादुर बेलवासे प्रमुख अतिथि तथा राष्ट्रिय समन्वय परिषद साउदी अरवका सल्लाहकार रुद्र कार्की उपाध्यक्ष भीम थापा महासचिव विश्वनाथ भण्डारी सदस्य श्री मीनराज आचार्य अतिथिका रुपमा उपस्थित रहनु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

आलु चिउरा र कुवेतको बिर्खे टोपी !


बालकृष्ण घिमिरे टुकुचा ७ काभ्रे,हाल:-कुवेत
 हिजो अर्थात असार ३२ गते असार महिनाकै अन्तिम दिन,आमाले खेत रोपाइमा आएका खेतालाहरुलाई खुवाउन बनाएर राखेको आलुको अचार चोरेर खादा साह्रै मज्जा आउथ्यो र त्यही आमाले बनाएको आलुको अचारको तिर्सना मेटाउने उदेस्यले म सिधै मालियामा रहेको नेपाली (एभरेष्ट) होटलमा पुग्याँ | असार महिनाको अन्तिम दिन भएर हो वा किन मलाई साह्रै आलु र चिउरा खान मन लाग्यो,होटलका साउजी अर्थात मित्र दाई पनि शुक्रबार भएरै होला कार्यालय नगएर आँफै ग्राकहरुको माग र चाहना अनुसारको नेपाली परीकार तयार पारी टेबुल टेबुलमा पुर्याउदै हुनुहुदो रहेछ | पढ्नेक्रम जारी राख्नुहोस्

न माछो न कछुवा, के हो यो ?


चीनका एक माझीले माछा मार्न जाँदा उदेकको माछा मारेर आएका छन् । तर यो न माछो हो न त कछुवा । धेरैले यसलाई कछुवा र डाइनासोरको मिश्रति कुनै जनावर मानिरहेका छन् । आनहरुइ प्रान्तमा रहेको वेइसान तालमा माछा मार्न जाँदा माझी सुन योङचेनले पक्डिएका थिए । पछि यो कछुवाकै एक प्रजाति भएको पत्ता लागेको थियो । तर यो प्रजातिको कछुवा चीनमा नपाइने समाचारपत्रहरुले उल्लेख गरेका छन् । यो जातिको सरिसृप उत्तरी अमेरिकामा मात्र पाइन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

७७ वर्षिया हजुरआमाले जितिन् ब्ल्याक बेल्ट


बेलायतको नरफोल्क निवासी एउटी ७७ वर्षिया हजुरआमाले अन्तरराष्ट्रिय स्तरको प्रतियोगितामा सातौँ डान ब्ल्याक बेल्ट जितेकी छिन् । स्पिरिट कम्ब्याट इन्टरनेशनल जु-तित्सु नामक उक्त प्रतियोगितामा ५ फिट ४ इन्चकी एना म्यालेट नामक यी बूढी हजुरआमाले उक्त प्रतियोगिता सातौँ ब्ल्याक बेल्ट हात पारेकी हुन् ।

सन् १९७९ तिर आफूलाई स्वस्थ राख्नका लागि कराते सिकेकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्

कलैयामा बम विस्फोट, ९ घाइते


बारा । बाराको कलैयास्थित तरकारी बजारमा जनतान्त्रिक मधेस मुक्ति टाइगर्स तराईले शनिबार साँझ ६ बजे सकेट बम विस्फोट गराउँदा नौ जना घाइते भएका छन् । घाइतेमध्ये मानिक ठाकुरको अवस्था चिन्ताजनक भएकाले वीरगन्ज अस्पताल लगिएको छ ।  अन्य घाइतेमा कलैया-१३ का जगदीश साह, कलैया-५ का रामपाल गोसाई, कलैया-६ की अनामिका कुमारी, पढ्नेक्रम जारी राख्नुहोस्

दशगजामा भारतीयद्वारा खेतीपाती


सप्तरीको सीमावर्ती क्षेत्रस्थित दशगजा मिचेर भारतीयले घर बनाउनुका साथै लालापट्टी र छिन्नमस्ताको एक हजार बिघाभन्दा बढी जग्गा अतिक्रमण गरी खेतीपाती गरिरहेका छन् । सप्तरीको छिन्नमस्ता र लालापट्टी गाविस तथा भारतको बिहार राज्यको राजपुर गाउँको बीचमा रहेको दशगजा क्षेत्रमा एकसयभन्दा बढी परिवारले घर बनाएका छन् । दशगजामा राजपुरका श्याम यादव, बासुदेव यादव, मनोजकुमार पण्डित, पढ्नेक्रम जारी राख्नुहोस्