ब्राजिलियन खेलाडीले हत्या गरे प्रेमिकाको


imageरियो दि जेनेरियो/ ब्राजिलको प्रतिष्ठित क्लब फलेमिङगोका कप्तान तथा गोलरक्षक ब्रुनो सुजाले आफ्नै प्रेमिकाको हत्या गरी कुकुरलाई खुवाएका छन् । २५ वर्षिय बु्रनोले निलो चलचित्रकी नायिका तथा प्रेमिका एलिजाको केही दिनअघि हत्या गरेका हुन् । हत्याको कसैले सुइँको नपाऊन् भनेर ब्रुनोले एलिजाको लास सयौँको संख्यामा टुक्रा पारे । त्यसपछि उनले ती स-साना मासुका टुक्रा कुकुरसमक्ष राखिदिए । तर, ब्रुनोको कुकर्त लामो समयसम्म टिक्न पाएन । चलाखीपूर्ण अनुसन्धानपश्चात् ब्राजिलियन प्रहरीले ब्रुनोलाई एजिलाको हत्या अभियोगमा गिरफ्तार गर्न सफल रहयो । ब्राजिलियन प्रहरीले हत्याको अभियोगमा पाँच व्यक्ति हिरासतमा लिएका छन् । यसैगरी प्रहरीले ब्रुनोकी श्रीमतीलाई समेत आफ्नो कब्जा लिएको छ ।

पछिल्लो वर्ष एलिजाको प्रेमप्रसंग विश्वकै महँगा खेलाडी क्रिस्टिएनो रोनाल्डोसँग चलेको थियो । रोनाल्डो र एजिलाबीचको सम्बन्ध छिट्टै सेलाएको थियो । रोनाल्डोसँग प्रेम असफल भएपछि निलो चलचित्रकी नायिका एलिजा ब्राजिलतिर लागेकी थिइन् । रियो दि जेनेरियोमा एलिजाको भेट ब्रुनोसँग एउटा पार्टीमा भएको थियो । ब्राजिलियन प्रहरीको प्रारम्भिक छानबिन अनुसार शारीरिक सम्बन्धका कारण ब्रुनोले एलिजाको हत्या गरेको उल्लेख छ । प्रहरीले एलिजा र ब्रुनोबीच लामो समयदेखि यौन सम्बन्ध रहेको बताएको छ । एलिजा गर्भवती भएपछि ब्रुनो सो मान्न तयार भएनन् । ब्रुनोले आफ्नो वैवाहिक जीवन संकटमा पर्ने जनाउँदै एजिलालाई गर्भ तुहाउने दबाब दिएका थिए ।

यता एलिजाले प्रेमको चिनो मान्दै पहिलो सन्तानको भ्रुण हत्या नगर्ने चेतावनी दिइन् । सोही विषय लिएर दुवैबीच वादविवाद भएको प्रहरीले बतायो । यसैबीच चार महिनाअघि एलिजाले आफ्नो पहिलो सन्तानका रूपमा छोरालाई जन्माएकी थिईन । उनले सो बच्चाको पिताको नाम सीधै ब्रुनो हुन् भनेर सार्वजनिक गरिन् । व्यावसायिक फुटबल जीवनमा एलिजाको दाबीले निकै प्रभाव भएपछि ब्रुनोले उनको हत्या योजना बुनेको प्रहरीको भनाइ छ । त्यसपछि अराजक समूहसँग मिलेर बु्रनोले एलिजाको अपहरण गरेका थिए । उनीहरूले समुद्रीकिनारमा लगेर एलिजालाई टर्चर गरेको थियो । त्यसपछि ब्रुनोले निर्मतापूर्वक एलिजको हत्या गरे । यसअघि गत अक्टोबरमा एलिजाले प्रहरीसमक्ष आफ्नो ज्यानको सुरक्षा नभएको रिट दर्ता गरेकी थिइन् ।

One response to “ब्राजिलियन खेलाडीले हत्या गरे प्रेमिकाको

  1. sunda pani aachma lagchha, manche lai kahele kahi ke hunchha kuni…..ramro naramro sabai kaam garna aagadi tamsinchan….

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.