दैनिक तीस लाख रुपैयाँभन्दा बढीको खानेपानी विक्री


उपत्यकामा दैनिक ३० लाख रुपैयाँभन्दा बढीको खानेपानी किनबेच हुने गरेको छ । घरका धारामा पानी नआएपछि धेरैले टयाँकर तथा जारको पानी किनेर काम चलाइरहेका छन् । मुलुकको प्रशासनीक केन्द्र सिँहदरवारदेखि साधारण मजदुरसम्म खानेपानी किनेर प्रयोग गर्न बाध्य छन् । नेपाल बोटल वाटर उद्योग संघको अनुमान अनुसार काठमाडौ उपत्यकामा हाल दैनिक करिब ३२ लाख रुपैयाँबरावरको खानेपानीको व्यापार हुने गरेको छ ।

पानी उत्पादन गर्ने ओके कम्पनीका आत्माराम गडतौलाले उपत्यकामा दैनिक ३० लाख रुपैयाँभन्दा बढी खानेपानी बिक्रीवितरण भइरहेको बताए । ‘पानी उत्पादन गरी बिक्रिवितरण गर्ने चार सय निजी कम्पनी भएको अनुमान छ’ गडतौलाले भने । २० लिटर पानी भएको एउटा जारको मूल्य औसत ४० रुपैयाँ छ । विभिन्न अध्यनका अनुसार दैनिक उपत्यकामा १६ लाख लिटर पानी बिक्री हुने गरेको छ । जारबाहेक एकएक लिटरको बोटल तथा टयाँकरमा पनि निजी कम्पनीले पानी बिक्री गर्दै आएका छन् ।
‘उपत्यकाभर जताततै खानेपानीको व्यापार भइरहेको छ’ संघका सल्लाहकार विजेश अवालले अन्नपूर्ण पोष्टसँग भने । नेपाल बोटल वाटर उद्योग संघका तेजु दाहालले इजाजत लिएर चलाएका कम्पनीभन्दा इजाजत नलिएका कम्पनीले धेरै पानी बेचिरहेको रहस्य खोले । उनले भने ‘यस्तो अवस्थामा कति पानी विक्री हुन्छ, ठयाक्कै भन्न सक्ने अवस्था छैन । ‘ललितपुर क्वन्तीकी नानीमैयाँ महर्जनले ढुङ्गेधारा सुकेपछि बाध्य भएर खानेपानी खरिद गर्नु परेको बताइन् । केयूकेएलका प्रवक्ता सुरेश आचार्यले काठमडौ उपत्यकामा दैनिक ३२ लाख लिटर खानेपानीको माग भए पनि लिमिटेडले हाल आठ लाख लिटर मात्रै आपूर्ति गर्न सकेको बताए । लिमिटेडले हाल तीन दीन बिराएर पानी दिइरहेको छ । केयूकेएल टयाँकर महाशाखा प्रमुख सुरेन्द्र हिमालयले लिमिटेडले दैनिक २ दर्जन टयाँकरबाट खानेपानी ठाउँ ठाउँमा पुर्याइरहेको जानकारी दिए । पानीको माग बढेका कारण चाँडै टयाँकरको संख्या बढाउने तयारी भइरहेको पनि उनले बताए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.