Daily Archives: 17/07/2010

चर्चित नायिका करिश्मा मानन्धरको स्तनमा ट्याटु


कुनै समयकी चर्चित नायिका करिश्मा मानन्धरले आफ्नो बायाँ पट्टीको स्तनमा ट्याटु खोपेकी छिन् । आजभोलि हरेक कार्यक्रममा सहभागी हुँदा उनले स्तनमा खोपेको ट्याटु देखाउने गरेकी छिन् ।

दिपक रायमाझीद्धारा निर्देशित चलचित्र लभ स्टोरी २०६६को अडियो विमोचन समारोमा प्रमुख अतिथिका रूपमा मंगलबार उपस्थित भएकी नायिका करिश्माको स्तनमा खोपिएको ट्याटुले सवैको नजर तानेको थियो ।

ट्याटु खोपेको करिब ६ महिना जति भएको नायिका मानन्धरले जानकारी गराईन् । पढ्नेक्रम जारी राख्नुहोस्

मलेसिया जेलमा ५ जना नेपाली कामदार अलपत्र


योगेन्द्र जोगी, क्वालालम्पुर
बैदेशिक रोजगारीको सिलसिलामा आजभन्दा दुइ महिना अगाडी मलेसिया आइपुगेका ५ जना नेपाली कामदारहरुले जेल जिबन बिदाई रहेका छन्  । आएको एक महिनासम्म कम्पनीमा कम गरौ त्यसपछि हामीलाई अर्कै कम्पनीमा सारिदियो रंजितले रुदै भने त्यति बेलासम्म कम गरको पनि रुपिया दिएन । अहिले हामी जेलमा छौ सधै हामीलाई करेन्ट लगाएर कुटछ छ । खाना पनि भेनेको बेला खान पाइदैन रन्जितले भने, पढ्नेक्रम जारी राख्नुहोस्

ब्राजिलियन खेलाडीले हत्या गरे प्रेमिकाको


imageरियो दि जेनेरियो/ ब्राजिलको प्रतिष्ठित क्लब फलेमिङगोका कप्तान तथा गोलरक्षक ब्रुनो सुजाले आफ्नै प्रेमिकाको हत्या गरी कुकुरलाई खुवाएका छन् । २५ वर्षिय बु्रनोले निलो चलचित्रकी नायिका तथा प्रेमिका एलिजाको केही दिनअघि हत्या गरेका हुन् । हत्याको कसैले सुइँको नपाऊन् भनेर ब्रुनोले एलिजाको लास सयौँको संख्यामा टुक्रा पारे । त्यसपछि उनले ती स-साना मासुका टुक्रा कुकुरसमक्ष राखिदिए । तर, ब्रुनोको कुकर्त लामो समयसम्म टिक्न पाएन । पढ्नेक्रम जारी राख्नुहोस्

दैनिक तीस लाख रुपैयाँभन्दा बढीको खानेपानी विक्री


उपत्यकामा दैनिक ३० लाख रुपैयाँभन्दा बढीको खानेपानी किनबेच हुने गरेको छ । घरका धारामा पानी नआएपछि धेरैले टयाँकर तथा जारको पानी किनेर काम चलाइरहेका छन् । मुलुकको प्रशासनीक केन्द्र सिँहदरवारदेखि साधारण मजदुरसम्म खानेपानी किनेर प्रयोग गर्न बाध्य छन् । नेपाल बोटल वाटर उद्योग संघको अनुमान अनुसार काठमाडौ उपत्यकामा हाल दैनिक करिब ३२ लाख रुपैयाँबरावरको खानेपानीको व्यापार हुने गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

स्व. गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्मारक बनाइने


काठमाडौ, असार ३२ । नेपाल सरकारले पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको सम्झनामा ‘गिरिजाप्रसाद कोइराला स्मारक’ बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्री परिषद्को बैठकले स्व. कोइरालाको स्मारक नुवाकोटमा बनाउने निर्णय गरेको हो । स्मारकस्थलमा उनको प्रतिमा र बगैचा रहने छ ।
कोइरालाले लोकतन्त्र स्थापना र शान्ति प्रकृयामा पुर्‍याएको योगदानको स्मरणको लागि स्मारक बनाउन लागेको बताइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

वैदेशिक रोजगारमा जानेको सँख्या ३१ प्रतिशतले वृद्धि


श्रम तथा यातायत व्यवस्था मन्त्री मोहम्मद आफताब आलमले आफ्नो एक वर्षे कार्यकालमा रोजगारका लागि विदेश जानेको सङ्ख्या ३१ प्रतिशतले वृद्धि भएको बताएका छन् । चालु आर्थिक वर्षको कार्यप्रगतिलाई आज सार्वजनिक गर्दै उनले वैदेशिक रोजगारका क्षेत्रमा नीतिगत सुधारका साथै सेवाग्राहीको अधिकतम् सन्तुष्टि दिनेतर्फ विशेष ध्यान दिइएको उल्लेख गरे ।

मन्त्री आलमका अनुसार हाल वैदेशिक रोजगारका लागि खुला गरिएका मुलुकहरूको सङ्ख्या १ सय ८ पुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियामा नेपालीद्वारा आत्महत्या


रामचन्द्र नेपाल

मलेसिया, अषाढ ३२ – जोहोरवारुको देशाचेम्वरलाङमा रहेको ज्यायीवीन कम्पनीमा कार्यरत आमचोक-७ इलामका २९ वषिर्य इन्द्र वहादुर खड्काले बुधबार आत्महत्या गरेका छन् ।

छ वर्षअगाडि फस्ट ग्रोथ मेनपावर शान्तिनगरवाट रोजगारीको शिलशिलामा मलेसिया आएका खड्काले काम गर्ने कम्पनीमै झुण्डिएर  आत्महत्या गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्