कलाकार दीपकराज गिरी अचेल दुःखी छन् । ‘तीतो सत्य’ मार्फत दर्शक हँसाइरहेका सानो पर्दाका यी नायकलाई के कुराले दुःखी बनाएछ त ? साप्ताहिकको जिज्ञासामा उनले अल्छी मान्दै भने — ‘फेसबुकले ।’ विश्वभर सञ्जाल फैलिएको सोसियल नेटवर्किङ साइटले दीपकलाई कसरी दुःखी बनाउन सक्छ ? दीपक भन्छन्— ‘मलाई दुःखी मात्र होइन, धरधरी रुवाएको छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 16/07/2010
फेसबुकले रुवायो !!!
Posted in मनोरन्जन
विश्व कीर्तिमानी दीपक
शिव मुखिया,
मानिसहरू ज्यानलाई दाउमा थापेर नामको पछाडि दगुर्छन् । आखिर नाममा के छ ? ललितपुर तिख्खिदेवलका दीपक शर्मा बजगाईं संक्षिप्तमा भन्छन्- ‘आत्मसन्तुष्टि ।’ हो, यही आत्मसन्तुष्टिका लागि उनले पटक-पटक ज्यानको बाजी लगाएका छन् । यसबाट उनलाई सफलता नमिलेको होइन, तर उनी अझै अघाएका छैनन् । २५ वषर्ीय यी तन्नेरीले तीनवटा विधामा विश्व कीर्तिमान बनाएका छन् । गिनिज वुक अफ वल्र्ड रेकर्डबाट विश्व कीर्तिमानको प्रमाणपत्र समाएपछि उनको हौसला थप बढेको छ । दीपक भन्छन्- ‘सन् २०११ सम्ममा विश्वकै टप टेन कीर्तिमानीका रूपमा नाम राख्न चाहन्छु ।’ नेपालमा भने सर्वाधिक विधामा विश्व कीर्तिमान राख्ने आफू एक्लो भएको उनी दाबी गर्छन् ।
सबै भन्दा लामो समय आवाज निकालेर पढ्ने, टेबुलटेनिस बललाई ब्याटले खेलाउादै हावामा लामो समय नियन्त्रणमा लिने र छोटो अवधिमा बढी लसुनको पोटी खाने काममा उनले विश्व कीर्तिमान बनाएका हुन् । बेलायतका एडि्रन हिल्टनले २४ वर्षअघि १ सय १० घण्टा निरन्तर आवाज निकालेर पढेका थिए । हिल्टनको यही कीर्तिमान तोड्न दीपकले ५ रात ५ दिन राजधानीको टुँडिखेलमा बिताए । फलतः १ सय १२ घण्टाको कीर्तिमान बनाउादै उनले हिल्टनलाई उछिने । यतिका समय आँखा झिमिक्क नगरी आवाज निकालेर पाठ गर्नु चानचुने कुरा हो र ? ‘अवश्य होइन,’ उनले भने- ‘तर मेरो आत्मविश्वासले काम सम्भव भयो ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
क्षेत्रीय रङ्गशाला इटहरीमा
एक वर्षदेखिको तानातान र विवादपछि आर्थिक वर्षको अन्त्य हुनै लाग्दा पूर्वााचल क्षेत्रीय रङ्गशाला सुनसरीको इटहरीमा बन्ने निश्चित प्रायः भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव हरिबाबु चौधरीले क्षेत्रीय रङ्गशाला इटहरीमा बन्ने निर्णय भएको बताएका हुन् । उनले इटहरीको सङ्घर्ष समिति अध्यक्ष जगदीश वलीलगायत पत्रकारलाई फोनबाट जानकारी िदंदै बधाईसमेत दिएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
२० पचाउन गाह्रो हुने नेपाली फिल्मका सीनहरु
दीपेन्द्र लामाले एउटा धेरै राम्रो लेख लेख्नु भएको छ नागरिकमा – नेपाली फिल्मका पचाउन नसकिने दृश्यहरु जुन प्राय सबै जस्तो फिल्म मा राखिन्छन।
अब लामाको सुझाब मान्ने हो भने तेस्तो फिल्म हेर्न जादा पाचक लिएर जानु पर्छ ।
जे आउँछ मज्जाले पचाउँछ। यो एउटा पाचकको व्यापारिक नारा हो, जुन नेपाली फिल्मलाई पनि लागु हुन्छ। अझ, त्यो पाचकले भन्दा नेपाली फिल्मले नै बढी पचाउँछ होला। हिन्दी फिल्मले पचाउन नसकेर परित्याग गरेका बासी ‘खुराक’हरू नेपाली फिल्मले अझै पचाइरहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन