– समीर रेग्मी
विश्वकप फुटबल एक सामान्य खेल प्रतियोगिता मात्र नभई बहुआयामिक महत्व बोकेको विश्व जमघट हो । जसले सिर्जना गर्ने अवसरको विश्वव्यापी अर्थतन्त्रमा औचित्यपूर्ण प्रभाव पर्दै आएको छ । प्रत्येक चार वर्षको अवधिमा आयोजन हुने विश्वकप प्रतियोगिता सुरु भएपछि संसारभरिका फुटबलप्रेमीलाई यसले पूर्ण मनोरञ्जन गराउने गरेको पाइएको त छ नै, यसैले सिर्जना गरेका तमाम अवसरहरूले विश्व अर्थतन्त्रलाई गतिशील बनाएको पाइएको छ । यसै परिप्रेक्ष्यमा विश्वकप प्रतियोगिता आज स्वयं एक ठूलो व्यवसायका रूपमा स्थापित हुँदै गएको छ भने यसका व्यापक आर्थिक प्रभावहरूसमेत देखिन थालेका छन् । २ सय ४ देश सदस्य रहेको फिफा विश्व फुटबलको सञ्चालक निकायले यस यथार्थलाई पटक–पटक भएका विश्वकप खेल आयोजनले प्रमाणित गर्दै आएको छ । विभिन्न समाचार स्रोतहरूबाट प्रकाशित–प्रसारित तथ्यांकहरू समेटी तयार पारिएको यस विश्लेषणले पाठकहरूलाई विश्वकप प्रतियोगिताको आयाम र यसको आर्थिक प्रभाव’bout जान्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 15/07/2010
विश्वकपको आयाम र यसको आर्थिक प्रभाव
Posted in खेलकूद
स्तनपानका तीन दर्जन फाइदा

शाहरुखले गरे सकिरालाई ‘ट्विट’

Posted in समाचार
परदेश बाट परदेशमै रहेको साथीलाई खुल्ला चिट्ठी !
बालकृष्ण घिमिरे
टुकुचा ७ काभ्रे हाल:-कुवेत
मेरो अतिनै नजिकको साथी धने,
हार्दिक अभिवादन !
धने,आराम रही आराम र सफलताको कामना गर्दै, त पनि खाडी मुलुक कतारमा आएको खबर पायाँ र यो पत्र लेख्ने जमर्को गर्दै छु | समग्रमा भन्नु पर्दा यो पत्रमा तेरो र मेरो राजनितिक यात्रा देखी यहाँ (कुवेत) मा भएका तिता मिठा मेरा अनुभवहरुलाई समेट्न खोज्दा पत्र निकै लामो बन्न पुग्यो तेस्को लागि त सँग माफि माग्दै यो पत्र अल्छि नगरि पढेर यस्को जवाफ सकेसम्म चाडो फर्काउछस भन्ने आशा गर्दछु | पढ्नेक्रम जारी राख्नुहोस्
अष्ट्रेलियन सरकारले विदेशी विद्यार्थीलाई मारमा पार्यो
मेलवर्न (अष्ट्रेलिया), अष्ट्रेलियन सरकारले अप्रवासी नीतिमा कडाई गरेपछि यहाँका विभिन्न सहरमा अध्ययनका लागि आएका दश हजारभन्दा बढि विद्यार्थीहरु समस्यामा परेका छन्।
अघिल्लो महिना हुने निर्वाचनका लागि सत्तारुढ लेवर पार्टीले केविन रुढलाई फिर्ता बोलाइर पार्टीभित्र प्रभावशाली नेतृका रुपमा परिचित जुलिया गिलाडलाई प्रधानमन्त्री बनाएपछि उनले अप्रवासी नीतिमा कडाई गरेकी हुन्। पहिलो महिला प्रधामन्त्रीको रुपमा चर्चामा आएकी गिलाडले प्रधानमन्त्री नियुत्त भएको दोस्रो दिन असार १३ गते नयाँ नीति सार्वजनिक गरी अष्ट्रेलियामा अप्रवाशन नीतिमा कडाई गर्ने घोषणा गरेकी हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
रेफ्री वेब सन्तुष्ट
लन्डन/ विश्वकप फुटबलको फाइनलका रेफ्री होवार्ड वेबले मंगलबार इंग्ल्यान्डस्थित आफ्नो घरमा फर्किएपछि कठिन जिम्मेवारी पाए पनि आफूले क्षमताले भ्याएसम्म कार्य गरेको बताएका छन् । विश्वकपको इतिहासमा कालो फाइनलमध्ये एक बनेको आइतबार नेदरल्यान्डका खेलाडीप्रति पूर्वाग्रही व्यवहार अपनाएको आरोपमा वेबको कडा आलोचनासमेत गरिएको थियो । स्पेनले १-० ले जित हात पारेको सो खेलमा वेबले कीर्तिमानी १४ पहेँलो कार्ड प्रदर्शन गर्नुका साथै एभर्टनबाट खेल्ने नेदरल्यान्डका डिफेन्डर जोन हेटिंगालाई मैदानबाहिर पठाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद