अब भविष्यवाणी गर्नेछैन अक्टोपसले


बर्लिन, असार २९ (एजेन्सी)- दक्षिण अफ्रिकामा सम्पन्न विश्वकप फुटबलका स्टारमध्येका एक ‘पाउल’ अक्टोपसले सन्यास लिएको घोषणा भएको छ । अब उनले कुनै पनि भविषयवाणी गर्ने छैनन् । उनलाई राखिएको जर्मनी एक्वारियमका प्रवक्ताले पाउलले संन्यास लिने र प्रशिक्षकसँग खेल्नुका साथै आफूलाई हेर्न आउने केटाकेटीसँग रमाएर इच्छा अनुसारको समय बिताउने बताए ।

विश्वकपमा जर्मनीको सहभागिता रहेको हरेक खेलको परिणामको सटिक भविष्यवाणी गरेपछि यस समुद्री जीवप्रति विश्वको ध्यान आकर्षित भएको थियो । उनले फाइनलमा नेदरल्यान्डसविरुद्ध स्पेनको जितसहित गरेका आठ भविष्यवाणी सबै ठीक भएका थिए । आफ्नो चमत्कारपूर्ण भविष्यवाणीका कारण पाउल विश्वकपको वास्तविक स्टार सावित भएका छन् । विश्वकपले आफ्नो यात्रा फाइनलसम्म तय गर्दा फुटबलका ठूला नामहरूलाई उछिनेर पाउलले व्यापक चर्चा पाइसकेको थियो ।

महिना दिनअघि दक्षिण अफ्रिकामा १९औं विश्वकप सुरु हुँदा वाइन रुनी, क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र काकाजस्ता दिग्गज खेलाडी ‘महानायक’ बनेर उदाउने अपेक्षा थियो । अन्तिम दिन आइपुग्दा नपुग्दै यीमध्ये कोही खेलाडी नभई सुदूर जर्मनीको ओबेनहासेन सहरस्थित ठूलो जारलाई बासस्थान बनाएको ८ वटा गोडाको अक्टोपस आफ्नो प्रर्दशनसहित चर्चाको शिखरमा पुगे ।

पाउलको जन्म इङ्ल्यान्डको वेमाउथमा सन् २००८ मा भएको थियो र उसलाई यो नाम केटाकेटीका लागि कविता लेख्ने गरेका व्याव लार्नसेनको कविता ‘डर टिनटेनफिस पाउल अक्टोपस’ का आधारमा दिइएको हो । पाउलले युरो २००८ बाट भविष्यवाणी गर्न सुरु गरेका थिए । त्यतिबेला उसले गरेका ६ मध्ये चार भविष्यवाणी ठीक भयो । यस विश्वकपमा त चमत्कार नै गरिदिए ।

लिग चरणबाटै उनले जर्मनीसम्मिलित खेलमा विजेताका ’boutमा बताउन सुरु गरेका थिए । चर्चा भने नकआउट चरणमा बढी हुन पुग्यो। सेमिफाइनलमा उनले गरेको जर्मनीमाथि स्पेनको जितको भविष्यवाणी ठीक सावित भएपछि त पाउलले लोकप्रियताले शिखर नाघेको हो । पाउलले फाइनलको भविष्यवाणी गर्न तयार हुँदा विश्वभरीका लगभग १ सय २५ भन्दा बढी पत्रकार त्यसको समाचार सम्प्रेषण गर्न त्यहाँ उपस्थित भए ।

यिनीहरूमा स्पेन, नेदरल्यान्डस, जर्मनी मात्र नभई युरोपका धेरै राष्ट्रसहित ब्राजिल, अमेरिका र जापानका पत्रकार पनि थिए । त्यसबाहेक एन टिभी जर्मनीको सौजन्यमा यसको प्रत्यक्ष प्रसारण विश्वभरी गरिएको थियो । उसको भविष्यवाणीलाई ‘ब्रेकिङ न्युज’ का रूपमा सम्प्रेषण गरियो । पछिल्लो एक सातामा विभिन्न ‘सर्च इन्जिन’ मा अक्टोपस’boutमा सर्वाधिक मानिसले जानकारी हासिल गर्न चाहे। विश्वभरीका समाचारपत्रमा अक्टोपस पहिलो पृष्ठको समाचार बन्यो । विश्वभरीका च्यानलमा त्यस’bout लामो चर्चा चलिरह्यो ।

पाउल र उसको भविष्यवाणीबाट सेयर बजार पनि प्रभावित भएको छ । बुकमेकर विलियम हिलका अनुसार पाउलको भविष्यवाणीका कारण विश्वकप फाइनलमा लगभग ५ अर्ब ६० करोड रुपैयाँबराबरको जुवा थापिएको छ । जसबाट प्रतियोगिताभरी लगाइएको रकमको राशिले १ अर्ब पाउन्ड नाघेको छ । 

फुटबलका नायकहरू बाहिँरिदासम्म पाउलको चमत्कार सुरु भइसकेको थियो। पाउलले जर्मनीको टिम अस्ट्रेलिया र घानाविरुद्ध विजयी हुने तर सर्बियासँग पराजित हुने भविष्यवाणी सही भयो। यी अक्टोपस भविष्यवक्ताले जर्मनीले इङ्ल्यान्ड र अर्जेन्टिनामाथि जित पाउने भविष्यवाणी पनि ठीक सावित भयो। सेमिफाइनलमा पाउलले जर्मनीमाथि स्पेनको भविष्यवाणी गरे, जुन ठीक पनि भयो र त्यसपछि पराजित देशका नागरिक उसको दुश्मन हुन पुगे। अर्जेन्टिनी सेफ निकोलस वेदुरीले त पहिले नै फेसबुकमा अक्टोपसको ‘रेसिपी’ राखिदिएका थिए। पाउललाई धम्कीयुक्त सन्देश आउन सुरु भयो, जसमा लेखिएको हुन्थ्यो, ‘हामीलाई तावामा पकाउनका लागि पाउल चाहियो।’ अर्जेन्टिनी टेलिभिजन कार्यक्रम सञ्चालक रबर्टो पेट्टीनाटोले त अन एअरमा अक्टोपसलाई काटेर ग्राइन्डरमा पिसेको दृश्य टिभीमा देखाए। 

पाउलले जर्मनीमाथि स्पेनको जित र फाइनलमा पनि त्यही टिमको जितको भविष्यवाणी गरे। त्यसैले त्यहाँका मानिसले भने उसलाई माया गर्न थालेका छन्। यहाँसम्म स्पेनका प्रधानमन्त्री लुई रोड्रिग्ज जपाटेरोले पाउलको सुरक्षाका लागि अंगरक्षक तैनाथ गर्ने प्रस्ताव पनि राखेका थिए। 

स्पेनको ग्यालिसियामा मानिसले स्थानीय फिस्टा डेल पुल्पो महोत्सवमा पाउललाई मुख्य आकर्षण बनाउने योजना बनाएका छन् । यसका लागि स्थानीय मानिसले ३० हजार युरो ट्रान्सफर शुल्कका रूपमा जुटाइसकेका छन् । जनावरहरूको अधिकारसँग जोडिएको संस्था पेटाले यसबीच पाउललाई खुला समुन्द्रमा छाड्नुपर्ने अभियान पनि चलायो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.