फर्पिङ विद्युतगृहलाई संग्रहालय बनाइने


फर्पिङ , अषाढ २९ – सरकारले नेपालको पहिलो जलविद्युत् आयोजनालाई संग्रहालय बनाउने भएको छ । गतमहिना शतवाषिर्की पूरा गरेको विद्यत्गृहलाई सरकारले संग्रहालय बनाउने र पर्यटकीय गन्तव्य बनाउने तयारी गरेको हो । संग्रहालय र अन्य भौतिक पूर्वाधार निर्माणका लागि १६ करोड रुपैयाँ निकासाको निर्णय भइसकेको स्थानीय समन्वय समितिका रामकुमार बस्नेतले बताए । ‘पाँचवर्षे योजना सुरु भइसकेको छ’ उनले कान्तिपुरसित भने, ‘चन्द्रज्योतिको नामबाट स्थापित विद्युतगृहलाई जीवित संग्रहालय बनाउने र फर्पिङमा पर्यटन प्रबर्द्धनका कार्यक्रम चलाउने हाम्रो लक्ष्य हो ।

फर्पिङ गाउँको फेंदमा रहेको विद्युत् गृहको मर्मत र रंगरोगन भइसकेको छ । खानेपानी लिमिटेडले ललितपुरवासीका लागि फर्पिङ विद्युत्गृहकै ड््यामको पानी आपूर्ति गर्न थालेपछि विद्युत् उत्पादन रोकिएको छ । तर, मेसिन बिगि्रन नदिन प्राविधिकहरूले दैनिक आधा घन्टा मेसिन सञ्चालन गर्ने गरेको विद्युत्गृहका कर्मचारी प्रेमबहादुर श्रेष्ठले भने । १९६८ साल जेठ ९ मा फर्पिङको चन्द्रज्योति विद्युत्गृहको टुडिखेलमा स्थापना भएको थियो । गत जेठ ९ मा साप्ताहिक कार्यक्रम गरी विद्युत्गृहको शतवाषिर्की मनाइएको थियो ।

समितिका अनुसार करिव ३ सय २४ रोपनी क्षेत्रफलमा फैलिएको ड्याम र विद्युत्गृहलाई संग्रहालय बनाउने योजना छ । विद्युत्गृह नजिकै नेपालका सबै विद्युत्गृहको जानकारीसहित प्रदर्शनीस्थल समेत निर्माण गरिने स्थानीय योजनामा छ । ‘देशभरका जलविद्युत् आयोजनाको नमुना र तीसँगै सम्बन्धित जानकारी यहींबाट पाउने व्यवस्था हुने छ,’ सेतीदेवी युवा क्लबका सदस्य सनतकुमार बस्नेतले भने, ‘एसियामै पहिलोपटक बिजुली उत्पादन भएको ठाँउ अध्ययन र भ्रमणको केन्द्र बनोस् भन्ने चाहना हो ।’

समितिका अनुसार विद्युत्गृहमा प्रयोग भएका उपकरण, इन्जिनियरहरूको विवरण, निर्माणका क्रममा प्रयोग भएका सामानहरूसमेत संग्रहालयमा राखिने छ । पहिलो र ऐतिहासिक विद्युत्गृह बन्द हुने खतरामा रहेको भन्दै स्थानीय बासिन्दाले केही पुराना सामान फेरेर भए पनि विद्युत्गृह सञ्चालन गर्न माग गरेका छन् । राष्ट्रिय गि्रडमा समेत जोडिएकाले विद्युत्गृह सञ्चालन गर्न सके पर्यटक पनि आकषिर्त गर्न सकिने र लोडसेडिङ घटाउन पनि सहयोग पुग्ने उनीहरूको भनाइ छ । ‘सरकारले ’roundका पानीका श्रोत खोजेर भए पनि पावरहाउस चलाउन सहयोग गर्नुपर्छ’, स्थानीय शिक्षक नारायणकृष्ण श्रेष्ठ भन्छन् । फर्पिङ विद्युत्गृहको क्षमता पाँच सय किलोवाट थियो ।

विद्युत्गृह सञ्चालन गरेपछि उत्पादित विद्युत्बाट नै पानी तानेर पाटन पठाउन सकिने भए पनि पानीको गुणस्तर र केही उपकरणको समस्याले विद्युत् उत्पादन रोकिएको प्राविधिकहरूको भनाइ छ । बिगि्रएका मेसिनका कारण गि्रज र खिया पानीमा मिसिने भएकाले विद्युत्गृह सञ्चालनको अवस्था नरहेको उनीहरू बताउँछन् । सर्भेक्षणका क्रममा प्राविधिकहरूले ६० लाख रुपैयाँ खर्च गरी नयाँ मेसिन जडान गरे विद्युत् उत्पादन गरी खानेपानीसमेत आपूर्ति गर्न सकिने निष्कर्ष निकाले पनि बजेट अभावका कारण यो योजना अलपत्र परेको स्थानीय समन्वय समितिका संयोजक बस्नेतले बताए ।

चन्द्रज्योतिको नामबाट स्थापित विद्युत्गृहनिर स्तम्भ निर्माण कार्य सुरु भइसकेको छ । सरकारबाट उपलब्ध ८५ लाख रुपैयाँ बजेटमध्ये ५७ लाखमा स्तम्भ निर्माण गरिने र बाँकी २७ लाखको प्रवेशद्वार बनाउने योजना रहेको पनि संयोजक बस्नेतले बताए । पोखरीदेखि पावरहाउस पुग्ने पुरानो गोरेटो बाटोलाई मर्मत गरी सिंढी बनाउने योजना रहेको पनि उनले बताए । संग्रहालय निर्माणको तयारीसँगै स्थानीय बासिन्दा पर्यटकीय पूर्वाधार विकासमा जुटेका छन् । संग्रहालय निर्माणमा सहयोग गर्न गठित स्थानीय समितिले दीर्घकालीन पर्यटन विकासका लागि पदमार्ग निर्माण, स्थानीय तहमा रेष्टुरेन्ट, लज निर्माण र प्रचारप्रसार थालेको स्थानीय समन्वय समितिका रामकुमार बस्नेतले बताए । चाल्नाखेलस्थित ड्याम ’round पर्यटकका लागि विभिन्न रेष्टुरेन्ट र लज निर्माण सुरु भइसकेको छ । 

चोभार-दक्षिणकाली मूल सडकदेखि ड्याम र ड्याम हुँदै पावरहाउससम्म पुग्ने मोटरबाटो निर्माण गरी पिचसमेत गर्ने तयारीमा छ । यस अवधिमा निकासा हुने १६ करोड रुपैयाँबाटै चाल्नाखेल र पावरहाउस नजिकै रहेका राणाकालीन भवनसमेत मर्मत गर्ने योजना छ । स्थानीय बासिन्दाका अनुसार विद्युत्गृह बनपछि राणा प्रधानमन्त्री चन्द्रशमशेरले विश्रामका लागि बनाएका भवनहरू अहिले जीर्ण अवस्थामा छन् ।

काठमाडौं र ललितपुरका मनोरम फाँट र बाग्मती नदीको दृश्यावकोलक गर्न सकिने गरी पोखरी छेवैमा ३ वटा भ्यू टावर निर्माणको योजना रहेको पनि समितिले जनाएको छ । ड्याम ’round ६ वटा पिकनिक स्पट र पावरहाउसनिरै स्विमिङ पुलसमेत निर्माण हुनेछ । स्थानीयले पर्यटन बोर्डको सहयोगमा कीर्तिपुर- चम्पादेव-फर्पिङ हुँदै फुल्चोकीसम्म जाने पदमार्ग निर्माण थालनी गरेका छन् ।

Source: ekantipur (कृष्ण ज्ञवाली)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.