जापानमा नेपाली कामदार माग


विज्ञान अधिकारी, काठमाडौं, असार २९ – पाथिभरा ओभरसिजले जापानको ग्योसेइहोमु क्योदो कुमाइ कम्पनीमा काम गर्न २८ जना कृषि कामदारको माग ल्याएको छ।

निजी म्यानपावर कम्पनीले ल्याएको यो अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो। कम्पनीले ल्याएको मागलाई वैदेशिक रोजगार विभागले सोमबार स्वीकृति दिएको छ। कम्पनीका प्रबन्ध निर्देशक हंशराज वाग्लेले तीन महिनाभित्र कामदार जापान जाने जानकारी दिए।

‘हामीले अहिलेसम्मकै ठूलो माग ल्याएका छौं,’ उनले नागरिकसँग भने, ‘पन्ध्र दिनपछि कामदार छनौट सुरु हुनेछ।’

प्रशिक्षार्थी कामदार सम्बन्धी निर्देशिकामा विभागबाट स्वीकृति लिएको पन्ध्र दिनपछि कामदार छनौट प्रक्रिया थाल्नुपर्ने र तीन महिनाभित्र कामदार पठाउनुपर्ने उल्लेख थियो। कम्पनीका अनुसार ६ जना महिला र २२ जना पुरुषको लागि माग आएको हो। कम्पनीका अनुसार कामदारले मासिक एक लाख १ हजार भत्ता पाउनेछन्। योबाहेक खान बस्न, यातायात खर्च सबै कम्पनीले नै ब्योहोर्छ।

‘पहिलो दुई महिना कम भत्ता हुन्छ। त्यसपछि कामदारले १ लाख १ हजार तलब पाउँछन्,’ वाग्लेले भने, ‘नेपालीका लागि यो राम्रो क्षेत्र हो।’ तीनवर्षको प्रशिक्षार्थी कामदारको लागि यो माग आएको हो। उनका अनुसार दैनिक पाँच घन्टा काम गर्नुपर्छ। उनले कृषि क्षेत्रको लागि कुनै विशेषज्ञता हासिल गरेको आवश्यक नभए पनि खेतीपाती गरेर परिश्रम गर्ने आवश्यक हुने जानकारी दिए।

‘खेतीबालीमा काम गरेको व्यक्ति जान पाउनेछन्,’ वाग्लेले भने, ‘खेतीपातीमा संलग्न नभएका व्यक्तिले गएर काम गर्नसक्ने अवस्था हुँदैन।’ उनले विगतमा अन्य राम्रा मुलुकमा धेरै पढेका व्यक्ति गएर समस्या सिर्जना भएकाले परिश्रम गर्नसक्ने र जस्तोसुकै काम गर्नसक्ने जनशक्ति पठाइने बताए। विगतमा इजरायलमा कृषि क्षेत्रको कामदारमा स्नाकोत्तर गरेकासम्म गएका थिए। यसरी गएका नेपालीले सम्बन्धित मुलुकमा काम नगरेर भाग्ने गरेकोले नेपालीको प्रतिष्ठा राम्रो छैन।

‘इजरायलको जस्तो अवस्था नआओस् भनेर हामी सबै सचेत हुनुपर्ने अवस्था छ,’ उनले भने, ‘हामी सबै म्यानपावर कम्पनीले इमान्दार, परिश्रमी र प्रशिक्षण लिएर नेपाल फर्किने जनशक्ति पठाउनुपर्छ।

उनका अनुसार जापानमा कृषि क्षेत्रको व्यापक सम्भावना रहेकाले यसमा केन्द्रित गरेर अगाडि बढ्नुपर्ने देखिन्छ। पछिल्लो समयमा म्यानपावरले ल्याएको माग बढी कृषि क्षेत्रमै केन्द्रित छ।

म्यानपावरबाट पहिलोपटक प्रशिक्षार्थी कामदार पठाउने सिद्धार्थबुद्ध ओभरसिजले कृषिकै कामदारको माग ल्याएको थियो। त्यसपछि अरु म्यानपावर कम्पनीले ल्याएको माग पनि कृषि क्षेत्रकै बढी रहेको छ। फ्युजन इन्टरनेसनले ल्याएको २६ जना कामदारमा समेत अधिकांश कृषिको कामदारको माग छ। उसले डेढ महिनाभित्रै कामदार पठाउँदैछ। ‘जापानमा कृषि क्षेत्रमा कामदार अभाव छ,’ वाग्लेले भने, ‘चिनियाँ कामदारलाई विस्तारै विस्थापित गर्ने योजनामा जापान रहेको छ। यस्तो अवस्थामा हामीले बजार प्रवर्द्धनमा जोड दिनुपर्छ।’

जापानमा वृद्धहरुको संख्या बढिरहेको र जमिनको स्वामित्वको मोह बढी रहेकाले कृषिमा बढी माग आएको व्यवसायीको भनाइ छ। विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले जापानमा बढी कृषि क्षेत्रको माग आएको जानकारी दिए।
 

आचारसंहिता बनाइने
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले प्रशिक्षार्थी कामदार पठाउने म्यानपावर व्यवसायी बीच अस्वस्थ प्रतिस्पर्धा रोक्न आचारसंहिता बनाउने भएको छ। अन्य राम्रो गन्तब्य जस्तै जापानको रोजगारी नगुमोस भनेर आचारसंहिता बनाउन लागेको हो।

‘जापान कामदार पठाउन समेत अस्वस्थ प्रतिस्पर्धा देखिन्छ भन्ने चिन्तामा हामी छौ,’ संघका प्रथम उपाध्यक्ष हंशराज वाग्लेले भने, ‘यसलाई बेलैमा नियन्त्रण गर्न आचारसंहिता बनाउने तयारीमा छौ।’

उनका अनुसार केहीदिन भित्रै जापान कामदार पठाउने म्यानपावरको भेला डाकेर आचारसंहिता निर्माण गर्नेछौ।’
उनले इजरायल कामदार पठाउदाँ देखिएको अस्वस्थ प्रतिस्पर्धाले कामदार लैजाननै रोक लगाएको उदाहरण दिदै जापानमा समेत यस्तो परिस्थिती आउनसक्नेतर्फ सचेत हुनुपर्ने औल्याए।
Source:nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.