लेखाले एमआरपीसँग सम्बन्धित केही कागजात अध्ययन गर्ने
काठमाडौं, अषाढ ३० – संसद्को सार्वजनिक लेखा समितिले अध्ययनका लागि केही कागजात मगाएपछि मेसिन रिडेवल पासपोर्ट (एमआरपी) मुद्रणको प्रक्रिया लम्बिने भएको छ । लेखाले एमआरपीका सम्बन्धमा परराष्ट्रबाट हुने नियमित काम रोक्न नखोजेको जनाएको छ । समितिका केही सदस्यले फ्रान्सको ओबर्थर टेक्नोलोजिजलाई एमआरपी मुद्रण गर्न दिने परराष्ट्रको निर्णय रोक्नुपर्ने धारणा राखेपछि मंगलबार लेखाले त्यससँग सम्बन्धित केही कागजात पाँच दिनभित्र उपलब्ध गराउन परराष्ट्रलाई निर्देशन दिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्