स्वयम्भु यातायातको ठक्करबाट फेरि एकजनाको मृत्यु


काठमाडौं , असार २८ । स्वयम्भु यातायातको ठक्करबाट आइतबार बालाजुमा एक पैदल यात्रीको मृत्यु भएको छ । कलंकीबाट चावहिल जादै गरेको बा २ ख ४३०७ नम्वरको स्वयम्भु यातायातको ठक्करपछि घाइते भएका स्याङजाका लिलाबल्लभ पाण्डेको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

हाल गोंगवु बस्दै आएका ४५ बर्षिय लिलाबल्लभ बालाजु व्याट्री कारखाना नजिक पैदल हिडदै गरेको वेलामा पछाडीबाट आएको स्वयम्भु यातायातको बसले ठक्कर दिएको थियो । ठक्कर पछि घाइते पाण्डेलाई जनमैत्री अस्पताल लैजादै गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिएपछि बसका चालन फरार रहेका छन् । मृतकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ । स्वयम्भु यातायातको ठक्करबाट यसअघि पनि धेरै जनाको ज्यान गइसकेको भए तापनि सम्वन्धित निकायले कुनै कारबाही गर्न सकेको छैन । स्वयम्भु यातायातको ठक्करबाट धेरै मानिसको ज्यान गएको भनेर सर्वसाधारणहरुले गाडी तोडफोड गर्न थालेपछि यो यातायातले आफ्नो नाम परिवर्तन गरी विभिन्न नामहरु राखेको थियो । हाल उपत्यकामा २ सय ६० भन्दा बढी स्वयम्भु यातायात सन्चालनमा रहेका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.