फाइनल खेलमा कार्डको वर्षा/स्टारलाई पनि कार्ड/एक रातो र १३ पहेलो कार्ड


Yello-cardनेदरल्याण्ड्स र स्पेनबीचको खेलमा कार्डको वर्षा नै भयो भन्दा पनि हुन्छ । खेल अवधिभरि  नेदरल्याण्ड्सले एक रातो र ८ पहेलोसहित ९ र स्पेनले ५ वटा पहेलो कार्ड गरी जम्मा १४ कार्ड पाएका थिए ।

पहिलो हाल्फमा नेदरल्याण्ड्सका स्टार रोबिन भान पर्सीले १५ औं मिनेटमा, २२ औं मिनेटमा मार्क भान बोमेल, २८ औं मिनेटमा निगेल डे जोङले पहेलो कार्ड पाएका थिए । दोस्रो हाल्फमा ५४ औं मिनेटमा जिओभानी भान ब्रोंखस्र्ट, ५७ औं मिनेटमा  जोन हेटिंगाले पहेलो कार्ड पाए । उनले ३० मिनेटको एक्स्ट्रा टाइमको दोस्रो हाल्फको छैटौं मिनेट अर्थात १११ औं मिनेटमा पहेलो र रातो कार्ड पाएर मैदान छाडेका थिए । ८४ औं मिनेटमा नेदरल्याण्ड्सका मुटु मानिएका स्ट्राइकर आर्जेन रोबेनले पहेलो कार्ड पाएका थिए । एक्स्ट्रा टाइममै ग्रेगोरी भान डेर वेल र जोरिस महिसेनले पहेलो कार्ड पाएका थिए ।

यस्तै पहिलो हाल्फमा स्पेनका स्टार कार्लेस पुयोलले १६ औं मिनेटमा पहेलो कार्ड पाए । जर्मनीसँगको खेलमा उनले हेडमार्फत गरेको गोल कारण स्पेन फाइनलमा पुग्न सफल भएको थियो। अर्का स्टार सर्जियो रामोसले २२ औं मिनेटमा पहेलो कार्ड पाएका थिए । ६७ औं मिनेटमा स्पेनी डिफेन्डर जोन क्याप्डेभिलाले पहेलो कार्ड पाएका थिए । त्यस्तै ११८ औं मिनेटमा आन्द्रेस इनेस्टाले पहेलो कार्ड पाएका थिए । यसअघि जर्मनीसँगको खेलमा म्यान अफ दी म्याच भएका जाभी हर्नान्डेजले पनि १२० औं मिनेटमा पहेलो कार्ड पाएका थिए । फाइनल खेलका रेफ्री इंग्ल्याण्डका होवार्ड वेभ थिए । यो विश्वकपमा १४ कार्ड कुनै पनि खेलमा देखाइएको थिएन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.