Daily Archives: 12/07/2010

स्वयम्भु यातायातको ठक्करबाट फेरि एकजनाको मृत्यु


काठमाडौं , असार २८ । स्वयम्भु यातायातको ठक्करबाट आइतबार बालाजुमा एक पैदल यात्रीको मृत्यु भएको छ । कलंकीबाट चावहिल जादै गरेको बा २ ख ४३०७ नम्वरको स्वयम्भु यातायातको ठक्करपछि घाइते भएका स्याङजाका लिलाबल्लभ पाण्डेको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

संसारभरमा पाँच अर्ब मोबाइल कनेक्सन


phone_close_up एजेन्सी, संसारभरमा गत डेढ वर्षमा एक अर्ब नयाँ मोबाइल कनेक्सनका साथ विश्वभरमा अब मोबाइल कनेक्सनको संख्या पाँच अर्ब पुगेको छ ।

संसारभरका मोबाइल कनेक्सनसम्बन्धी जानकारी दिने संस्था वायरलेस इन्टेलिजेन्सका अनुसार एसिया प्रशान्त क्षेत्रमा भारत र चीतमा मोबाइल कनेक्सन तिब्रताका साथ बढेका कारण जुन २०१० सम्म एसिया प्रशान्त क्षेत्रमा संसारको ४७ प्रतिशत कनेक्सन छ ।

पढ्नेक्रम जारी राख्नुहोस्

फाइनल खेलमा कार्डको वर्षा/स्टारलाई पनि कार्ड/एक रातो र १३ पहेलो कार्ड


Yello-cardनेदरल्याण्ड्स र स्पेनबीचको खेलमा कार्डको वर्षा नै भयो भन्दा पनि हुन्छ । खेल अवधिभरि  नेदरल्याण्ड्सले एक रातो र ८ पहेलोसहित ९ र स्पेनले ५ वटा पहेलो कार्ड गरी जम्मा १४ कार्ड पाएका थिए ।

पहिलो हाल्फमा नेदरल्याण्ड्सका स्टार रोबिन भान पर्सीले १५ औं मिनेटमा, २२ औं मिनेटमा मार्क भान बोमेल, २८ औं मिनेटमा निगेल डे जोङले पहेलो कार्ड पाएका थिए । दोस्रो हाल्फमा ५४ औं मिनेटमा जिओभानी भान ब्रोंखस्र्ट, ५७ औं मिनेटमा  जोन हेटिंगाले पहेलो कार्ड पाए । पढ्नेक्रम जारी राख्नुहोस्

गोल्डेन बल फोर्लानलाई/गोल्डेन बुट र बेस्ट योङ्ग प्लेअर मुलरलाई/ कासिलसलाई गोल्डेन ग्लोभ


एडिडास गोल्डेन बल डिएगो फोर्लानलाई
विश्वकप फुटबल २०१० का  बेस्ट प्लेअर उरुग्वेका स्टार डिएगो फोर्लान भएका छन् । उत्कृष्ट खेलका कारण डिएगो फोर्लान बेस्ट प्लेअर बन्दै ‘एडिडास गोल्डेन बल’ पाउन सफल भएका हुन् । जर्सी नं.१० का खेलाडीहरु फ्लप भइरहँदा उरुग्वेका डिएगो फोर्लान भने यो विश्वकपमा हिरो नै भए । उनको उत्कृष्ट प्रदर्शनका कारण उरुग्वे सेमीफाइनलसम्म पुग्न सजिलो भएको थियो । उनले उरुग्वेका लागि ५ गोल गरेका छन्। ३१ वर्षीय फोर्लान उरुग्वेका मुटु मानिन्छन् । आक्रमक खेल खेल्ने उनकै कारण उरुग्वे सेमी फाइनलसम्म पुग्न सफल भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

रोजगारीका लागि साउदी पुगेका १५ नेपाली अलपत्र


२८ असार, काठमाडौं । बैदेशिक रोजगारका लागि साउदी अरब पुगेका १५ नेपाली विचल्लीमा परेका छन् । काठमाडौंस्थित शिखर इन्टरनेशनल मेनपावर सर्भिसबाट गतहप्ता साउदी पुगेका नेपालीहरु कम्पनीले भनेको सेवा र सुविधा नपाएपछि विचल्लीमा परेका हुन् । समस्यामा पर्नेहरुमा शिवबहादुर कार्की, ईश्वर भण्डारी, मुक्तबहादुर महत, बालकृष्ण पौडेल, लाक्पा सिंह घिसिङ, टंकप्रसाद पौडेल, टेकबहादुर भुजेल लगायत छन् । पढ्नेक्रम जारी राख्नुहोस्

ग्ल्यामर्स गर्छु भल्गर गर्दिन


नम्रता सापकोटा, मोडल

namrata

स्नातकमा अध्ययनरत नम्रता सापकोटालाई क्यारियरभन्दा पढाइकै बढी चिन्ता छ । गायक रामकृष्ण ढकालको ‘जन्मेपछि…’ गीतको म्युजिक भिडियोमार्फत दुई वर्षअघि रंगीन दुनियाँमा प्रवेश गरेकी उनले यसबीच आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन । निर्माता, निर्देशक बुवा मेघनाथ सापकोटाकी यी छोरीको लक्ष्य भनेको चलचित्रमा अभिनय गर्नु हो । पढ्नेक्रम जारी राख्नुहोस्

स्पेनलाई विश्वकप उपाधि, अक्टोपसको सबै भविष्यवाणी मिल्यो


नेदरल्यान्डसलाई १-० ले हराउँदै स्पेनले विश्वकप जितेको छ। स्पेनले पहिलो पटक विश्वकप जितेर धेरै नयाँ कीर्तिमान बनायो। युरोपबाहिर आयोजित विश्वकपमा युरोपेली टिम जितेको यो पहिलो अवसर हो। अनि सुरुको खेल हारेर पनि विश्वकप उपाधि जित्‍ने एक मात्र टिम पनि स्पेन नै बन्न पुग्यो। इनेस्टाले दस खेलाडीमा सीमित नेदरल्यान्ड्सविरुद्ध नजिकको दूरीबाट सेस फाब्रेगासको पासमा गोल गरे । दुई युरोपेली टिमबीचको फाइनलमा इनेस्टाले दायाँ खुट्टाको शक्तिशाली प्रहार मदतले निर्णायक गोल गरेका हुन् । युरोपेली देशले विश्वकप जितेको यो दसौं अवसर हो । बाँकी नौ संस्करण दक्षिण अमेरिकी टिमले जितेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्