सकिराले विश्वकप समापनमा धमाल मच्चाउने


shakira

एजेन्सी, जतिजति फिफा विश्वकप २०१० समापनतर्फ अग्रसर भइरहेको छ, त्यसरी नै आयोजक राष्ट्र दक्षिण अफ्रीका समापन समारोहको तयारीमा जुटिरहेको छ । समापन समारोहलाई उद्घाटन समारोहभन्दा बढी स्मरणीय बनाउने तयारी जोडतोडका साथ जारी छ । कुन कुन राष्ट्रध्यक्ष समारोहमा सहभागी हुनेछन् भन्ने सूची पनि तयार गरिदैछ । अहिलेसम्म १४ राष्ट्राध्यक्षले समापन समारोहमा भाग लिने संकेत दिइसकेका छन् । तर अन्य देशका बरिष्ठ नेताहरु पनि सहभागी हुने अपेक्षा गरिएको छ ।

उद्घाटन समारोहजस्तै समापन समारोहमा पनि मुख्य आकर्षण हुनेछिन् कोलम्बियाकी चर्चिच गायिका शकिरा । शकिरामै यस पटकको विश्वकपको औपचारिक गीत …वाका…वाका… फिल्माइएको थियो । समापन समारोहमा पुनः एक पटक शकिराले आफ्नो जादु देखाउने छिन् र वाका वाकामा फुटबलप्रेमीहरुलाई नचाउने छिन् । आयोजकहरुको दावीअनुसार समापन समारोहलाई उत्कृष्ट बनाउनका लागि प्रविधिको सहयोग लिइनेछ ।

अभागी ब्लोजा
विश्वकपको सेमीफाइनलमा जर्मनीले बेहोरेको हारका कारण टीमका खेलाडी र समर्थकहरुको निराशा सम्झन सकिन्छ । तर सबैभन्दा बढी निराश छन् टीमका स्टार स्ट्राइकर रहेका मिरोस्लाव क्लोज । क्लोजा यतिबेला आफूलाई अभागी ठानिरहेका छन् । उनका अनुसार अब उनले आफ्नो देशका लागि कहिल्यै कप जित्न सक्ने छैनन् । क्लोजा सन् २००२ को विश्वकपमा पनि टीममा सामेल थिए । त्यतिबेला जर्मनी फाइनलमा ब्राजिलसँग पराजित भएको थियो ।
सन् २००६ को विश्वकपको सेमी फाइनलमा जर्मनीलाई इटालीले हरायो । र, यस पटक स्पेनले पराजित गरेको छ । यो विश्व कप ३२ वर्षिय क्लोजाको अन्तिम विश्व कप हो । यद्यपि यो निर्णय आधिकारिक रुपमा हुन बाँकी छ। टीमलाई उपाधि दिलाउनुका साथै क्लोजाले दुई अन्य रेकर्ड पनि बनाउन सक्थे । उनले विश्वकपमा १५ गोलको बंाजिलको रोनाल्डोको रेकर्ड तोड्न सक्थे र लगातार विश्वकपमा गोल्डन सुट प्राप्त गर्ने खेलाडी पनि बन्न सक्थे । तर क्लोजालाई हरेक मोर्चामा निराशामै हात लाग्यो ।

भाग्यको खेल
नेदरल्याण्ड्सले सायदै सोचेको थियो कि उ फाइनलमा आफ्नो स्थान बनाउन सफल हुनेछ। त्यसैले त उसले दक्षिण अफ्रीकामा बस्न ५ जुलाईसम्मका लागि मात्र होटल बुक गरेको थियो । अब समस्या यो छ कि जोहानेसबर्गको सैटन हिल्टन होटलमा बसेको नेदरल्याडको टीमलाई ५ जुलाईपछि बासस्थानको समस्या परेको छ । ’cause फाइनलका कारण उक्त होटलका सबै कोठा पहिल्यै बुक भइसकेको छ ।
फिफाले प्रतियोगी टीमका लागि खेलअघि एक रात र खेलपछिको एक रातको मात्र बासस्थानको व्यवस्था गर्ने गरेको छ। बाँकीको व्यवस्था टीमले स्वयम गर्नुपर्ने व्यवस्था छ। डच टीमले सोचेको आफू फाइनलमा पुग्ने मौका प्राप्त हुने सोचेकै थिएन त्यसले उसले ५ जुलाईसम्मका लागि मात्र होटल बुकिङ्ग गराएको थियो । अब टीम अहिले भने नेदरल्याण्डको टीमले सनीसाइड पार्क होटलमा कोठा पाएको छ तर उसले हिल्टन होटल छोड्नु परेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.