त्रिशुलीमा ट्रक खसेर वेपत्ता , एकको मृत्यु


चाँदनी हमाल , चितवन असार २७ – चितवनको चण्डिभञ्याङ्ग ५ खहरे खोलावाट ट्रक त्रिशुली नदीमा खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। आइतबार विहान पहिरो गएको स्थल नजिकैवाट ट्रक खसेको हो।

अर्का एकजना गम्भिर घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुनेमा पर्सा जिल्ला गमगडीया वस्ने रजत मियाका छोरा जमिर हुसेन रहेको प्रहरीले जनाएको छ। अर्का घाइतेको भरतपुरमा उपचार भैरहेको छ। ट्रक भने त्रिशुली नदीमा खसेर वेपत्ता भएको मुग्लीनका प्रहरी सहायक निरीक्षक निरञ्जन ज्ञवालीले नागरिकलाई बताए।

नारायणगढ मुग्लीन सडकखण्ड अन्तरगत पर्ने दुर्घटना स्थल क्षेत्र आईतबार विहान पहिरो खसेको स्थान भन्दा एक किलोमिटर नारायणगढतर्फ पर्दछ। ट्रकको नम्वर प्लेट मात्र फेला परेको मुग्लीन प्रहरीले जनाएको छ।

काठमाडौवाट नारायणगढतर्फ आउँदै गरेको ना ३ ख ४९७२ नम्वरको ट्रक विहान साँढे ११ बजे त्रिशुली नदीमा खसेको मुग्लिन प्रहरीले जनाएको छ।

नदीमा खसेर ट्रक वेपत्ता भएको र खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय मुग्लीनका प्रहरी सहायक निरिक्षक ज्ञवालीले जानकारी दिए।

उनको नेतृत्वमा अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ। ट्रकमा कतिजना सवार थिए भन्ने एकिन भएको छैन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.