Daily Archives: 11/07/2010

प्रथम महिला उपसभामुख लिला श्रेष्ठको निधन


प्रदीप मेन्याङ्बो, धरान

अषाढ २७, नेपालको पहिलो महिला उपसभामुख लिला श्रेष्ठ सुव्वाको ६३ बर्षको उमेरमा आइतबार विहान सात बजे धरान-७ स्थित आफ्नै घरमा निधन भएको छ । ताप्लेजुङ्को सिगैचा-९ साम्मागु पाँचपले मा विसं २००४ सालमा अमर बहादुर मेन्याङ्बो र सुकमति आङ्देम्बेको छोरीको रुपमा जन्मेकी सुव्वा लामो समयदेखि दमको रोगबाट पीडित थिइन । पढ्नेक्रम जारी राख्नुहोस्

त्रिशुलीमा ट्रक खसेर वेपत्ता , एकको मृत्यु


चाँदनी हमाल , चितवन असार २७ – चितवनको चण्डिभञ्याङ्ग ५ खहरे खोलावाट ट्रक त्रिशुली नदीमा खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। आइतबार विहान पहिरो गएको स्थल नजिकैवाट ट्रक खसेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

ब्राजिलको ‘बीच’मा मेस्सी प्रेमिकासँग मस्त


फिफाले यो वर्षको उत्कृष्ट खेलाडी घोषणा गरेका अर्जेन्टिनी स्ट्राइकर लायोनेल मेस्सीका लागि विश्वकप त्यति उल्लेखनीय रहेन। विपक्षी खेलाडीहरुले कडा रुपमा ‘मार्क’ गरेका कारण उनले खुलेर खेल्नै पाएनन अनि एउटै गोल गर्न सकेनन्।

जर्मनीसँग ४-० को पराजय भोगेर क्वार्टरफाइनलबाटै अर्जेन्टिना बाहिरिएपछि पढ्नेक्रम जारी राख्नुहोस्

पहिरोले घर बगाउँदा आमाछोराको मृत्यु


टेकनारायण भट्टराई,

पाल्पा, असार २७- अविरल वर्षाका कारण शनिबार राति स्याड्जामा पहिरोले घर बगाउँदा एकै घरका आमाछोराको ज्यान गएको छ। स्याङ्जा फेदिखोला गाविस जोगीस्थानका २७ बर्षीय गंगा महत र उनका ४ बर्षीय छोरा कुशलको मृत्यु भएको प्रहरीले जनाएको छ।घरमा सुतिरहेका बेला राति खसेको पहिरोले घरको आधाभाग बगाउँदा दुई आमाछोराको ज्यान गएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

सकिराले विश्वकप समापनमा धमाल मच्चाउने


shakira

एजेन्सी, जतिजति फिफा विश्वकप २०१० समापनतर्फ अग्रसर भइरहेको छ, त्यसरी नै आयोजक राष्ट्र दक्षिण अफ्रीका समापन समारोहको तयारीमा जुटिरहेको छ । समापन समारोहलाई उद्घाटन समारोहभन्दा बढी स्मरणीय बनाउने तयारी जोडतोडका साथ जारी छ । पढ्नेक्रम जारी राख्नुहोस्

मिडल ऐजका महिला सेक्स्युअल्ली बढी एक्टिभ


एजेन्सी लण्डन । महिला ४० वर्ष ’roundको उमेरमा बढी यौन आनन्द लिने गर्दछन् । यस्तो यस कारण हुन्छ कि उमेरको तीसौ दशकको अन्तिम वर्षमा उनीहरु सेक्स्युअल्ली बढी सक्रिय हुन्छन् । यस उमेरमा महिलाहरु बढीभन्दा बढी यौन आनन्द लिन चाहन्छन् ।

पर्सनलिटि एण्ड इन्डिभिज्युअल डिफरेन्सेस नामक जर्नलमा प्रकाशित रिपोर्टका अनुसार ४० वर्षको उमेर नजिक पुगेपछि पढ्नेक्रम जारी राख्नुहोस्

जर्मनी भयो तेस्रो, उरुग्वे चौथो


headingविश्वकपको प्रबल दाबेदार मानिएको जर्मनी विश्वकप फुटबल २०१० को तेस्रो स्थान कब्जा गर्न सफल भएको छ । स्पेनसँग हारेर फाइनल प्रवेशको ढोका बन्द गरेको जर्मनी दक्षिण अफ्रीकाको पोर्ट इलिजावेथ स्टेडियममा भएको खेलमा उरुग्वेलाई ३-२ ले हराउँदै तेस्रो स्थान कब्जामा लिएको हो । पराजय भएको उरुग्वेले चौथो स्थानमै चित्त बुझाउनु पर्‍यो । पढ्नेक्रम जारी राख्नुहोस्

विश्वकप स्पेनले जीत्ने ‘अक्टोपस’को भविष्यवाणी


एकपछि अर्को भविष्यवाणी गरी चर्चामा आएको जर्मनीको एक अक्टोपसले जारी बिश्वकपको उपाधि स्पेनले जीत्ने भविष्यवाणी गरेको छ । दक्षीण जर्मनीको एक चिडियाखानाको एक्वरीयममा राखीएको दुई बर्षे जलप्राणी अक्टोपसले आज आइतबार हुने नेदरल्याण्डबिरुद्धको उपाधि भिडन्तमा स्पेन बिजयी हुने भविष्यवाणी गरेको बीबीसीले जनाएको छ ।

अक्टोपसले दुबै देशको झन्डाले बेरीएर राखीएको छुट्टाछुट्टै खानाको भाँडा मध्ये स्पेनको झन्डाले बेरीएर राखीएको खाना खाएको बताइएको छ । यसैगरी तेश्रो स्थानका लागि हुने खेलमा उरुग्वेबिरुद्ध जर्मनीले बाजी मार्ने अक्टोपसको भविष्यवाणी गरेको थियो र नतिजा पनि त्यही आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्