सुदिनले रश्मीलाई खुसुक्क उडाएपछि


‘तुरुन्तै सुन्धाराको बेकरी क्याफेमा आऊ, सुदिनको बिहेको पार्टी छ ।’ म्युजिक भिडियो निर्देशक तथा विज्ञापन  निर्माता आसिफ शाह सोमबार साँझ ७ बजे नजिकका साथीहरूलाई फोन गर्न थाले । सुरुमा साथीहरूले पत्याएनन्, तर  फेसबुकमा योपेस प्रधानले राखेको तस्बिर हेरेपछि सबै अचम्भित भए । हतार-हतारमा गरिएको सानो बिहे भोजमा  निम्त्याइएका नजिकका मित्रहरू आएपछि डिजेले बजाएको गीतमा सुदिन आफैं पनि नाच्न थाले । यी सुदिन हुन्, र्‍याप गायक  तथा कान्तिपुर टेलिभिजनका समाचारवाचक सुदिन पोखरेल । उनी अनायसै वैवाहिक बन्धनमा बाँधिएका छन् ।

कुनै चलचित्रको कथा झै लाग्ने उनको विवाह मागी नभएर भागी विवाह भयो, त्यो पनि सुटुक्क । विराटनगरबाट हवाइर् जहाजमा उडाएर उनले आफ्नी प्रेयसी रश्मी रिजाललाई काठमाडौं ल्याइ विधिवत् विवाह गरेका छन् । रश्मी र सुदिन दुवै  विराटनगरका हुन् । एक वर्षअघि सुदिन र रश्मीबीच मागी विवाह हुने पारिवारिक सल्लाह भएको थियो । यद्यपि विवाहको  कुरा सकारात्मक ढंगबाट अघि बढेन । पारिवारिक अवरोध आए पनि मागी विवाहका लागि चिनजान भएको यो जोडी विस्तारै  प्रेममा पर्न थाल्यो । खेलकुद पत्रकारितामा कहलिएका एवं र्‍याप समूह ‘द युनिटी’ का ‘डिए ६९’ उपनाम भएका यी र्‍याप  गायक सुदिनको रश्मीसँगको प्रेम झाँगिदै गयो । अन्त्यमा उनीहरू एक अर्काबिना बस्नै नसक्ने अवस्थामा पुगे । दुवैबीच प्रेम  भैसकेको थाहा पाए पनि परिवारले चासो नदिएपछि रश्मीलाई भगाउने निर्णय गर्नुपरेको सुदिन बताउँछन् ।

साथी आसिफ शाहको सहयोग लिएर सोमबारको अन्तिम फ्लाइटमा सुदिन विराटनगर पुगे । सुदिनसँग जीवन बिताउने निधो  गरेकी रश्मी पनि सुदिनको निर्णयमा सहमत भइन् र मंगलबार दिउँसोको फ्लाइटमा उनीहरू काठमाडौं आए । हवाइर् जहाजबाट झर्ने बित्तिकै उनीहरू बालाजुस्थित पुरानो गुह्येश्वरीको मन्दिर पुगे । जहाँ सुदिनका अर्का मित्र योपेश प्रधान र  साथीहरूले विवाहका लागि आवश्यक जोरजाम गरिसकेका थिए । सुदिन सुटमा सजिए भने रश्मीलाई पनि दुलहीको पहिरनमा  सजाइयो । गुह्येश्वरी भगवतीलाई साक्षी मानेर उनीहरूको विधिवत् विवाह सम्पन्न भयो । अब उनीहरू बाहिरै बसेर  अभिभावकहरूलाई मनाउने र त्यसपछि विधिवत् वैवाहिक जीवन बिताउने योजनामा छन्  ।

Source: Sapthahik

2 responses to “सुदिनले रश्मीलाई खुसुक्क उडाएपछि

  1. congratulations Sudin and rashmi. wish u a very happy wish you happy married life.

  2. CONGRATULATION
    CONGRATULATION
    CONGRATULATION
    CONGRATULATIONS
    BRO SUDIN
    OH OH I AM ONE OF THE FAN OFYOUR
    SONG

    WISH YOU HAVE HAPPY MARRIED LIFE AND GOD B
    BLESS YOU

    HOPE YOUR BOTH PARENTS WILL CONVIENCE SOON
    GOD BLESS YOU
    ONCEAGAING
    CONGRATULATIONS

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.