यस्तोमा बस्छन् अर्बपतिहरु


चिटिक्क परेको घर बनाउने सपना धेरैमा हुन्छ । यही सपनाकै कारण घर बनाउन धेरैले वर्षौंको कमाइ खर्च गर्छन् । पैसा जोगाउँछन् अनि गच्छेले सकेको सानदार घर बनाउँछन् । यस्तो राम्रो बासस्थान बनाउने मोह नेपालीमा मात्र भएको भने पक्कै होइन । विश्वका अर्बपतिले पनि लाखौं डलर घर बनाउन खर्चेका छन् । अर्बपतिको सूचीमा ’boutन बफेट यस्ता धनाढ्यमा पर्छन्, जो साधारण घरमा बस्न चाहन्छन् ।

बर्सेनि विश्वका अर्बपतिहरूको सूची प्रकाशित गर्ने फोब्र्स म्यागजिनले धनीको सूचीमा अघिल्लो क्रममा आउने व्यक्तिका केही घर’bout सूचना प्रकाशित गरेको छ । कस्ता छन् त धनीका ठूला महल ? फोब्र्सले अर्बपतिका महलको सूचीमा अघिल्लो स्थानमा राखेको ५ बासस्थान ।

बफेटको घर

वारेन बफेट विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा तेस्रो स्थानमा पर्छन् । उनको सम्पत्ति ४७ अर्ब अमेरिकी डलर छ तर उनको घर ६ हजार वर्ग फिटमा मात्र फैलिएको छ । जुन एक रोपनीभन्दा कम क्षेत्रफल हो । उनको यो घर अमेरिकाको ओमाहामा पर्ने नेबरास्कामा छ ।

बाहिरबाट कुनै रङ नलाएको पुरानोजस्तो देखिने उनको घरमा ५ वटा मात्र सुत्ने कोठा छन् । यो घर उनले सन् १९५८ मा ३१ हजार ५ सय डलरमा किनेका हुन् ।

तर उनको घरमा ७९ वर्षे बूढा बफेटलाई आवश्यक सबै पूर्वाधार छन् । यही घरमा उनले पहिलेबाट खेल्ने गरेको ह्यान्डबलको कोर्ट छ । जुन उनी सधैं राम्रो अवस्था राख्न चाहन्छन् ।

उनले सुरुमा किनेको घरलाई सन् २००७ मा मर्मत गरेका थिए । त्यसबेला उनले घरको सुरक्षा हुने खालको मर्मत गरे । घर पछाडि रूखहरू छन् । तर घरको शंृगार र बाहिरी दृश्य विश्वको तेस्रो धनी व्यक्तिको जस्तो छैन । सामान्य जीवन बिताउन चाहने बफेटको मुख्य घर दुईतले छ ।

गेट्सको पहाडी निवास

लामो समयसम्म विश्वका धनी व्यक्तिको सूचीमा पहिलो स्थान कब्जा गरेका बिलगेट्स अहिले दोस्रो स्थानमा छन् । ५३ अर्ब डलर सम्पत्ति भएका उनका घरको कम्पाउन्ड ६६ हजार वर्ग फुटमा फैलिएको छ । उनका घर वासिङटनको मिडिनामा छ ।

जंगलको बीचमा रहेको कुनै रिसोर्टजस्तो देखिने उनको घर रहेको स्थानमा लाके वासिङटनको पहाडी क्षेत्रमा बनाइएको हो ।

गेट्सको घरमा ६० फुटको स्विमिङ पुल छ । यसमा पानीभित्र डुबेर पनि गीत सुन्न सकिने -अन्डर बाटर म्युजिक सिस्टम) छ । उनको घरको अझ आकर्षणको कुरा भनेको जिमशाला हो, जुन २ हजार ५ सय वर्ग फुटमा फैलिएको छ ।

खाना खाने कोठाको क्षेत्रफल मात्र १ हजार वर्ग फुटको छ । त्यसमा २४ जनाले आरामसँग खाना खान मिल्छ । हेर्दा नेपालको जस्तो देखिने उनको घर अगाडि बगैंचा छ । तर बाहिरबाट हेर्दा कम्पाउन्डको धेरै क्षेत्र रूखले ढाकेको देखिन्छ । 

भारतीय मूलका धनीको लन्डनमा सानदार घर

सबैभन्दा बढी पैसा भएका व्यक्तिको सूचीमा विश्वमै पाँचौं स्थानमा आउने भारतीय मूलका लक्ष्मी मित्तलको सम्पत्ति २८ अर्ब ७० करोड डलर छ । यी धनी व्यक्तिको सम्पत्ति र घर लन्डनमा छ ।

मित्तलले सन् २००४ मा अहिले बसिरहेको घर किनेका थिए । त्यतिबेला उनले घरका लागि १ करोड २८ लाख डलर तिरेका थिए । १२ वटा  सुत्ने कोठा भएको उनको घर लन्डनको किन्सटन जिल्लामा छ । उनको घरभित्रको किन्सटन प्यालेस र सुल्तान आफ बुर्नीको बीचमा एउटा स्विमिङ पुल छ । त्यसलाई टर्किस बाथ भनिन्छ ।

उनको घरभित्र २० वटा कार राख्न मिल्ने ग्यारेज छ । बाहिरबाट हेर्दा लन्डनका सामान्य घरजस्तो देखिने उनको घरमा भारतको ताजमहलमा प्रयोग गरिएको मार्बल बिच्छ्याइएको छ ।

ल्यारीको जापानी शैलीको बंगला

विश्वको छैटौं अर्बपति ल्यारी इलिसनको घर क्यालिककफोर्नियाको वुडसाइड भन्ने ठाउँमा छ । २८ अर्ब अमेरिकी डलरका मागिक ल्यारीको घर धेरै ठूूलो क्षेत्रमा फैलिएको छ ।

ओराकल कम्पनीका सस्थापन ल्यारीको घर २३ एकड जग्गामा फैलिएको छ । ६५ वर्षे उनको घरको बीचमा ठूलो ताल छ । साना घर, जंगल र ताल मात्र नभई उनको घरभित्र लामो गाडी गुड्ने बाटो पनि छ ।

१६ औं शताब्दीको जापानी दरबारबाट प्रेरित भएका उनले यो महलका लागि २ करोड अमेरिकी डलरभन्दा बढी खर्चेका छन् । उनका श्रीमती र दुई छोराछोरी छन् ।

डेलका मालिकको घर

विश्वको दोस्रो ठूलो कम्प्युटर तथा ल्यापटप निर्माण गर्ने कम्पनीका संस्थापक माइकल डेल टेक्ससको अस्टिनमा बस्छन् । ११ अर्ब ५० करोड रुपैयाँ सम्पत्तिका मालिक उनले विश्वका धनी व्यक्तिको सूूचीमा ३७ औं स्थान ओगट्छन् ।

उनको पछिल्लो नामबाट नभई ल्यापटप र कम्प्युटरको नामबाट डेलको खुबै चर्चा गर्ने विश्वका धेरै मानिसका बीच उनको बासस्थान पनि चर्चा गर्नलायक छ । उनले सन् १९९७ मा ३३ हजार वर्ग फुट क्षेत्रमा फैलिएको घर बनाएका थिए । जसमा उनले सुरुमा आफ्नो कम्प्युटर कम्पनी स्थापना गरेका थिए । उनका घरमा आठ वटा सुत्ने कोठा छन् । यति मात्र होइन सभा/सम्मेलन गर्ने ठूलो हल पनि छ । घरभित्र र बाहिर स्विमिङ पुल छन् । ४५ वर्षे डेलको घरको कम्पाउन्डको पर्खाल ठूलो लगाइएको छ र सुरक्षा व्यवस्था कडा गरिएको छ ।

source: kantipur

One response to “यस्तोमा बस्छन् अर्बपतिहरु

  1. dherai ramro news lagyo,, malai pani aataa kura harumaa dherai interest lag6. thanks kuwaitnepal.com family

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.