Daily Archives: 10/07/2010

नेपालको ५० बर्ष अगाडिको मुल्य सुचीलाई फर्केर हेर्दा !!!


नयाँ शक्ति उदय


राजु घिसिङ
अषाढ २६ –  कीर्तिमान सधैं गर्विलो हुन्छ । यसपल्टको विश्वकप फुटबलमा पनि नहुने कुरै भएन । उत्कृष्ट खेल, तीव्र प्रतिस्पर्धा अनि अविश्वसनीय नतिजाले झन्डै ७२ करोड दर्शक एक महिनायता विश्वकपको माहौलमा झुम्मिरहेका छन् । यो रोमाञ्चकताको उत्कर्ष स्वरूप आइतबार हुने फाइनलले नयाँ विश्वकप विजेताको छिनोफानो गर्नेछ, नेदरल्यान्ड्स अथवा स्पेन ।

यी दुवै युरोपेली विश्व फुटबलमा शक्तिशाली छन् । यद्यपि विगतका विश्वकपमा दुवै ‘अभागी टोली’ को रूपमा परिचित थिए । बलियो टिम हुँदाहुँदै पनि सफलता चाख्न नसकेकाले उनीहरूको पहिचान नै ‘अभागी’ बनेको थियो । धेरैले नपत्याएको नतिजा निकाल्दै जोहानेसवर्गको सकर सिटी रंगशालामा हुने फाइनल पुगेर नेदरल्यान्ड्स र स्पेनले पुरानो छवि सुधारेका छन् । लोभलाग्दो खेल र विश्वकप फाइनल यात्राले अब उनीहरूलाई कसैले अभागी भन्ने हिम्मत गर्ने छैनन् । विश्वकप फाइनल खेल्नु पनि ठूलो उपलब्धि हो । असी वर्ष लामो विश्वकप फुटबलको इतिहासमा अहिलेसम्म सात देशले मात्र उपाधि चुमेका छन् । सर्वाधिक पाँचपल्ट ब्राजिल, चारपल्ट इटाली र तीनपल्ट जर्मनी विश्वविजेता भइसकेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

सुदिनले रश्मीलाई खुसुक्क उडाएपछि


‘तुरुन्तै सुन्धाराको बेकरी क्याफेमा आऊ, सुदिनको बिहेको पार्टी छ ।’ म्युजिक भिडियो निर्देशक तथा विज्ञापन  निर्माता आसिफ शाह सोमबार साँझ ७ बजे नजिकका साथीहरूलाई फोन गर्न थाले । सुरुमा साथीहरूले पत्याएनन्, तर  फेसबुकमा योपेस प्रधानले राखेको तस्बिर हेरेपछि सबै अचम्भित भए । पढ्नेक्रम जारी राख्नुहोस्

स्नाइडर अनौठो कीर्तिमानको नजिक


हल्यान्डका प्लेमेकर वेस्ले स्नाइडरले विश्वकपको उपाधि भिडन्त जितेर यस सत्रमा अनौठौ कीर्तिमान बनाउने कोसिस गर्नेछन् । यस सत्रमा अहिलेसम्म उनले खेलेका सबै प्रतियोगिता जितेका छन् । स्नाइडरको टिम इन्टर मिलानले यस सत्रमा इटालियन लिग र इटालियन कपको उपाधि जित्नुका साथै विश्वकै सबभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिग पनि जित्न सफल भएको थियो । अहिले स्नाइडर विश्वकप जितबाट पनि एक पाइला मात्र टाढा छन् । यसैगरी, विश्वकपको समापनसम्ममा स्नाइडरको खुट्टामा गोल्डेन बुट भएमा पनि अचम्म मान्नुपर्ने छैन । स्पेनका डेभिड भिल्लासँगै स्नाइडर पाँच/पाँच गोल गरेर सर्वाधिक गोलकर्ताको सूचीमा सबभन्दा अगाडि रहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

यस्तोमा बस्छन् अर्बपतिहरु


चिटिक्क परेको घर बनाउने सपना धेरैमा हुन्छ । यही सपनाकै कारण घर बनाउन धेरैले वर्षौंको कमाइ खर्च गर्छन् । पैसा जोगाउँछन् अनि गच्छेले सकेको सानदार घर बनाउँछन् । यस्तो राम्रो बासस्थान बनाउने मोह नेपालीमा मात्र भएको भने पक्कै होइन । विश्वका अर्बपतिले पनि लाखौं डलर घर बनाउन खर्चेका छन् । अर्बपतिको सूचीमा ’boutन बफेट यस्ता धनाढ्यमा पर्छन्, जो साधारण घरमा बस्न चाहन्छन् ।

बर्सेनि विश्वका अर्बपतिहरूको सूची प्रकाशित गर्ने फोब्र्स म्यागजिनले धनीको सूचीमा अघिल्लो क्रममा आउने व्यक्तिका केही घर’bout सूचना प्रकाशित गरेको छ । कस्ता छन् त धनीका ठूला महल ? फोब्र्सले अर्बपतिका महलको सूचीमा अघिल्लो स्थानमा राखेको ५ बासस्थान । पढ्नेक्रम जारी राख्नुहोस्