लियोनेल मेसी, काका, वायने रुनी र क्रिस्टियानो रोनाल्डोले आ-आफ्नो फुटबल बुट घरमा थन्क्याइसकेका छन् । तर डेभिड भिल्ला भने र आफ्नो फुटबल बुटबाट कीर्तिमान कायम गर्न आतुर छन् । स्पेनका भिल्ला पाँच खेलमा पाँच गोल गरेर गोल्डेन बुट होडमा सबभन्दा अगाडि रहेका छन् । यसैगरी पछिल्लो संस्करणमा गोल्डेन बुट जित्ने क्लोज यसपटक गोल्डेन बुटमा मात्र होइन विश्वकपकै सर्वकालीक सर्वाधिक गोलकर्ता बन्ने दाउमा थिए तर जर्मनीको पराजय साथै यो उन्को सपना पनि तुहिन पुगेको छ। चालू विश्वकपमा क्लोजले चार खेलमा चार गोल गरेका थिए । विश्वकपमा उनको १४ गोल भएको छ । यो गोलसँगै क्लोज विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा गर्ड मुलरसँगै संयुक्त रूपमा दोस्रो स्थानमा उभिएका छन् । गोलकर्ताको सूचीमा ब्राजिलका रोनाल्डो -१५ गोल) सबभन्दा अगाडि छन् ।
पढ्नेक्रम जारी राख्नुहोस् →
Like this:
Like Loading...