Daily Archives: 07/07/2010

अल-अमाना सेक्युरिटी बिल्डिङ्ग महबुल्ला कुवेतमा भीषण आगलागि


लाल ब. तामाङ्ग, कुवेत 

०६ जुलाई २०१०, बिहानको ७.३५ बजे कुवेतको महबुल्लास्थित अल-अमाना सेक्युरिटी कम्पनीको बिल्डिङ्गमा भीषण आगलागि भएको छ । स्टोर कोठामा भएको AC मा अचानक आगो लागेपछि २ मिनट भित्र पुरा बिल्डिङ्ग नै धुँवाको मुस्लोले अस्तव्यस्त भएको थियो । बिल्डिङ्गमा सबै फायर सम्बधी ट्रेनिङ्ग प्राप्त सेक्युरिटीहरु मात्र भएको कारणले कुनै मानविय क्षति भनें हुन पाएन । सेक्युरिटीहरु मात्र बस्ने उक्त बिल्डिङ्गमा कोही बिहान ४ बजे डिउटी पुरा गरी कोठामा सुतिसकेका थिए भनें केही आउने क्रम जारी थियो । पढ्नेक्रम जारी राख्नुहोस्

भविष्यवक्ता अक्टोपस


जर्मनी, असार २३ (एजेन्सी)- ‘पाउल’ नामक अक्टोपसले बुधबार विश्वकप फुटबलको सेमिफाइनलमा स्पेन विजयी हुने भविष्यवाणी गरेको छ । सो समुद्री जीवले यसपटक विश्वकपमा गरेका सबै भविष्यवाणी मिलाउँदै आएको छ ।
अनौठो शक्ति मानिएको अक्टोपस जर्मनीको पश्चिमी सहर ओबरहाउजेनको समुद्री अक्वारियममा बस्दै आएको छ । अक्वारियममा दुई देशको झन्डाले बेरिएको जारमा राखिएको खानामध्ये अक्टोपसले स्पेनको बक्समा राखेको खाना खाएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

एमाले वार्ता टोलीबाट ओली बाहिर


असार २३, नेकपा एमालेले राष्ट्रिय सहमतिका लागि गठित वार्ता टोलीको संयोजकबाट केपी ओलीलाई हटाएको छ । वार्तामा आफ्नो उद्देश्यको प्रतिनिधित्व हुन नसक्ने डरले अध्यक्ष झलनाथ खनाल आफैं संयोजक बनेको आरोप ओलीले लगाएका छन् । अध्यक्षले आफैं संयोजक बन्ने प्रस्ताव गरेपछि मैले समर्थन दिएँ, पढ्नेक्रम जारी राख्नुहोस्

बिश्वकपको सेमिफाइनलमा उरुग्वेलाई ३-२ ले हराउँदै नेदरल्याण्ड्स फाइनलमा


अर्जुन उदासी, कुवेत 

दक्षिण अफ्रिकामा चलिरहेको बिश्वकप फूटवल खेल अन्तर्गत ०६ जुलाई २०१० को दिन कुवेती समय राती ९.३० बजे शुरु भएको अन्यन्तै प्रतिश्पर्धात्मक खेल नेदरल्याण्ड्स र उरुग्वेबीच सम्पन्न भएको छ । बिश्वबिजयीको लक्ष बोकी मैदानमा उत्रिएका दुवै टिमका खेलाडीहरु निकै आक्रमक र उत्साहित शैलिमा देखिन्थे ।

खेलको पहिलो हाफमा नेदरल्याण्ड्सको लागि टिम क्याप्टेन भि ब्रोण्क्खोर्स्टले खेलको १८ औं मिनटमा पहिलो गोल गर्दै खाता खोले भनें उरुग्येको लागि पनि टिम क्याप्टेन फोर्लनले ४१ औं मिनटमा जवाफी १ गोल गर्दै खेल १-१ को बराबरी गरे । खेलको दोश्रो हाफमा नेदरल्याण्ड्स अझ शसक्त हुँदै खेलमा उत्रियो भनें उरुग्वेको प्रदर्शन अली फितलो रह्यो । पढ्नेक्रम जारी राख्नुहोस्

बेलायतमा शाही खर्च प्रतिव्यक्ति एक डलरभन्दा कम


बेलायतकी महारानी एलिजावेथ द्वितीया मुलुकको बजेट संकटका कारण दरबारको वित्तीय स्थितिमा संकुचन आएपछि खर्च कटौतीको काममा व्यस्त रहन थालेकी छन् ।
बकिङ्घम प्यालेसले सोमबार प्रकाशित गरेको लेखाअनुसार दरबारलाई सहयोग हुने जम्मा सरकारी खर्च यो वर्ष ३ करोड ८२ लाख पाउन्ड रहेको छ । सन् २००८÷०९ को भन्दा खर्च विनियोजनभन्दा यो रकम ३० लाख पाउन्डले कम हो । यो खर्च प्रत्येक व्यक्तिका भागमा ६२ पेन्स अर्थात ९४ सेन्ट पर्न आउँछ । सरकारको ऐतिहासिक घाटा घटाउने प्रयासस्वरूप बेलायतको सरकारी क्षेत्रले कटौतीको सामना गरिरहेको छ । प्राइभी पर्सका अलान रिडले दरबारिया प्रत्येक घरधुरी मुलुकको वास्तविक आर्थिक कठिनाइप्रति सचेत र खर्च कटौतीप्रति जानकार भएको बताए । ८४ वर्षीया रानीले सरकारी खर्चबाट प्रत्येक वर्ष कर्मचारी र अन्य खर्चका लागि ७९ लाख पाउन्ड पाउने गरेकी छन् । पढ्नेक्रम जारी राख्नुहोस्

एमआरपी टेन्डर फ्रान्सेली कम्पनीलाई


सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छाप्ने जिम्मा फ्रान्सेली कम्पनी ओवरथरलाई दिएको छ । परराष्ट्रमन्त्रालयले दोस्रो पटक टेन्डर आह्वान गरी एमआरपीको जिम्मा फ्रान्सेली कम्पनीलाई दिएको हो ।
भारतीय कम्पनीलाई एमआरपी छाप्न दिने निर्णय मन्त्रिपरिषद्ले गत चैत २९ मा फिर्ता लिएपछि भारतसँग भएको सम्झौता रद्द गरी दोस्रो टेन्डर आह्वान गरिएको थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को बाध्यकारी नियमअनुसार सरकारले गत चैत १९ (अप्रिल १) देखि नै एमआरपी लागू गर्नुपर्ने थियो । पढ्नेक्रम जारी राख्नुहोस्