Daily Archives: 06/07/2010

महिनावारीका बेला हुने टक्सिक शक सिन्ड्रोम


डा. राजेन्द्र भद्रा

एउटा कार्यालयमा अधिकृतको रुपमा कार्यरत ३० वषीया रुबी एक आधुनिक युवती हुन् । उनी आफ्नो स्वास्थ्य र सरसफाइमा निकै ध्यान दिन्छिन् । कामकाजी महिला भएकोले नियमित रुपमा हुने  महिनावारीको बेलामा  रक्तश्रावको व्यवस्थापनको लागि उनले टेम्पोनको प्रयोगगर्ने गर्छिन् । गत महिना महिनावारी भएकै बेला उनलाई रात्रिभोजमा सरिक हुनुपर्ने थियो । कार्यालयबाटै उनी त्यता लागिन् । त्यसपछि  पनि केहीबेर कामगर्नुपर्ने भएकोले काममा व्यस्त बनिन् । पढ्नेक्रम जारी राख्नुहोस्

हटाइए ब्राजिलीयन कोच डुंगा


imageरियो दि जेनेरियो/ डुंगालाई ब्राजिलको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकबाट हटाइएको छ । चालू विश्वकपको क्वाटरफाइनलमा नेदरल्यान्डसँग हारेको दुई दिनपछि डुंगा र उनका सहयोगीलाई बर्खास्त गरिएको ब्राजिली फुटबल महासंघ (सिबिएफ) ले घोषणा गरेको हो । डच टोलीसँग २-१ ले हारेलगत्तै सिबिएफले सो निर्णय गर्ने अनुमान गरिएको थियो ।

‘अगस्ट २००६ देखि राष्ट्रिय टोली सम्हालेका डुंगा र उनको प्राविधिक टोलीलाई विश्वकपको हारपछि बिदा दिने निर्णय गरिएको हो,’ सिबिएफले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बर्सेनि डेढ लाख आई–लेन्स निर्यात


आँखाको कमजोरी हटाउन चस्मा लगाउनैपर्ने बाध्यताको विकल्पमा प्रयोग हुँदै आएको आई–लेन्स उत्पादनमा नेपाल आत्मनिर्भर भएको छ । आँखामा अस्थायी र स्थायीरुपमा राख्न सकिने आई–लेन्स निकासीको प्रचुर सम्भावना रहे पनि नेपालले त्यसबाट फाइदा उठाउन भने सकेको छैन । आई–लेन्स उत्पादनको १५ वर्षमा पुगिसक्दा नेपालबाट बर्सेनि डेढ लाखको संख्यामा लेन्स निकासी हुने गरेको छ । नेपालमै उत्पादन हुने लेन्सको माग विदेशमा उच्च छ । विगत डेढ दशकदेखि तिलगंगा आँखा अस्पतालले लेन्स उत्पादन गर्दै आएको छ । विदेशमा समेत उच्च माग रहेको लेन्सको निकासी तिलगंगाले गर्छ । पढ्नेक्रम जारी राख्नुहोस्

भारतीय क्रिकेटका क्याप्टेन धोनीले सुटुक्क बिहे गरे


एजेन्सी । देहरादुन, असार २१, भारतीय क्रिकेटका क्याप्टेन महेन्द्रसिंह धोनीले साक्षी रावतसँग सुटुक्क विवाह गरेका छन् । आइतबार राति ८:३० बजे उनीहरुको विवाह भएको थियो भने शनिबार नै इन्गेजमेन्ट भएको थियो ।

तर यो समारोह’bout कमैमात्र जानकार रहे। कुमाउ परम्परा अनुसार सम्पन्न विवाह समारोहमा दुई परिवारका आफन्तहरुमात्र सहभागी थिए । विवाहमा ६० जनाजति सहभागी रहेको बताइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अभिनेत्री पेरिस हिल्टन विश्वकप मैदानबाटै पक्राउ


मोडल, अभिनेत्री, गायिका र रियालिटी टिभीका स्टारका रुपमा चर्चामा छाउन सफल पेरिस हिल्टनलाई शुक्रबार ब्राजिल र नेदरल्यान्डस बीचको खेलपछि प्रहरीले नियन्त्रणमा लियो । दक्षिण अफ्रिकाको पोर्ट एलिजाबेथ मैदानमा भएको खेलपछि प्रहरीले लागू पदार्थ राखेको आरोपमा उनी र उनका मोडल साथीलाई नियन्त्रणमा लिएको थियो ।

२९ वर्षीया पेरिसलाई प्रहरी र वकीलहरुको छलफलपछि मध्यरातमा हिरासतमुक्त गरिएको थियो । उनकी मोडल साथी ३१ वर्षीया जेनिफर रोभेरोले गाँजा राखेको स्वीकार गरेपछि पेरिसविरुद्धको अभियोग प्रहरीले फिर्ता लिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

बालबालिका ढिलो विद्यालय जानु राम्रो


studentsएउटा महत्वपूर्ण सवाल हो कि बालबालिकालाई एउटा आदर्श विद्यार्थी बनाउनका लागि के गर्नु आवश्यक छ? तर अब शोधकर्ताहरुले यसको एउटा सजिलो उत्तर पत्ता लगाएका छन् ।

शोधकर्ताहरुका अनुसार बालबालिकालाई आधा घण्टा बढी सुत्न दिनु पर्दछ र यसका लागि उनीहरुलाई विद्यालय जानुभन्दा अधा घण्टा अघि ब्युँझाउनु आवश्यक छ । अमेरिकामा गरिएको एक अध्ययनका अनुसार यदि विद्यालय आधा घण्टापछि खुल्दैछ भने उनीहरुलाई ठिक त्यही समयअनुसार उठाउनाले किशोरवस्था पढ्नेक्रम जारी राख्नुहोस्

कुखुरा व्यवसायीको १६ अर्व लगानी


२१ असार, कन्चनपुर । कुखुरा व्यवसायीहरुले नेपालमा करिब १६ अर्बभन्दा बढी रकम लगानी गरेको एक एक तथ्य सार्वजनीक भएको छ । एभियन इन्फ्लुन्जा रोग सम्बन्धी जानकारी दिनकालागि कन्चनपुरमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले यस्तो जानकारी दिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

चैत मसान्त भित्र संविधान निर्माण गर्ने सहमति


२२ असार, काठमाडौं । आउँदो चैत मसान्त भित्र संविधान निर्माण गर्न प्रमुख तीन दल सहमत भएका छन् । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पहलमा मंगलबार विहान बसेको बैठकमा एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच चैत मसान्तभित्र नयाँ संविधान जारी गर्ने सहमति भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्