मेरो पुनर्जन्म हुँदैछ -नायक दिलिप रायमाझी


दर्पणछायाँ चलचित्रबाट नेपाली चलचित्रको दुनियाँमा छाएका नायक दिलिप रायमाझीले पछिल्लो समयमा राम्रो चलचित्रमा अभिनय नगरेको गुनासो आएको छ । तर अहिले भने उनका हातमा राम्रा चलचित्र आएका छन् । यहि बिषयमा आधारित रहेर सुव्रत आचार्यले गरेको यो छोटो कुराकानी –

तपाईंले आफूलाई समयअनुरूप ढाल्न सक्नुभएन, हैन ?

हो, विगतमा केही कुरामा मबाट केही त्रुटि भए होलान् । यद्यपि ती जानाजान भएका होइनन् । अनायसै पाएको सफलतापछि त्यसलाई सम्हाल्न सकिनँ होला अथवा १० वर्षअघिसम्म म दिमागले भन्दा मनले बढी सोच्थेँ कि ? त्यसैले अभिनयको प्रस्ताव गर्ने सबैको मन राख्न भकाभक चलचित्र साइन गरेँ । त्यसमा केही राम्रा चलचित्र भए भने केही नराम्रा । मैले अब चाहिँ आफूलाई सम्हालिसकेको छु ।

अब ढिलो भएन र ?

छैन, कसरी भयो र ढिलो ?

तपाईंको मार्केट खस्किएको कुरा गरिन्छ नि ?

मार्केट खस्किएको भए मलाई एक दिन बिराएर एउटा नयाँ चलचित्रको अफर आउँदैनथ्यो होला । मैले विगतमा जस्तो थोकको भाउमा चलचित्र साइन गरेको छैन । अहिले म भूमिका सुनेर बुझेर मात्र चलचित्रमा देखा पर्दैछु ।

यहाँ पैसाका लागि जस्तोसुकै भूमिकामा पनि देखिन तयार हुने कलाकार पनि त छन् नि ?

अरूका ’boutमा म केही जान्दिनँ । म भने आफूलाई सुहाउने भूमिकाका लागि मात्र तयार हुन्छु ।

त्यस्तो भूमिका पाउनुभएको छ त ?

छ नि, ‘पलपलमा’ रिलिज हुँदैछ । हास्यप्रधान ‘नमस्ते’को सुटिङ भर्खरै सकियो । अब केही समयमा ‘मेरो जीवनसाथी’को छायांकन सुरु हुन्छ । अनि अरू पनि चलचित्रको कुरा भैरहेको छ । ढुक्क हुनुहोस्, अब दिलिप रायमाझीको पुनर्जन्म हुँदैछ ।

यही जन्ममा पुनर्जन्म ?

हो, यही जन्ममा । शारीरिक अभ्यासका लागि रेगुलर क्लब धाइरहेको छु । ड्रेस अप र हेयर स्टाइलमा ध्यान दिएको छु । काम नपरी राति धेरै बेर बाहिर बस्दिनँ । खानपिनमा सजक भएको त धेरै भयो । त्यसैले दिलीप रायमाझी फेरि नयाँ रूपमा आउँदैछ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.