चार अर्ब ९९ करोडको विकास ऋणपत्र बिक्री


काठमाडौँ, तरलता अभावका कारण माग गरेअनुसार विकास ऋणपत्र बिक्री गर्न राष्ट्र बैंक असफल भएको छ । विकास ऋणपत्रबाट पाँच अर्ब ६० करोड रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा चार अर्ब ९९ करोड नौ लाख रुपैयाँ मात्रै उठाउन केन्द्रीय बैंक सफल भएको हो । सरकारको ‘विकास ऋणपत्र २०७२ ‘ग’ मार्फत पाँच अर्ब ६० करोड रुपैयाँ बोलकबोलबाट निष्कासन आह्वान गरेकामा राष्ट्र बैंक चार अर्ब ९९ करोड नौ लाख रुपैयाँको मात्रै ऋणपत्र बिक्री भएको बंैकले जनाएको छ । पाँचवर्षे सो ऋणपत्रको निर्धारित वाषिर्क ब्याजदर -कुपन रेट) ९ प्रतिशत कायम गरिएको छ भने अंकित मूल्यमा ६/६ महिनामा ब्याज भुक्तानी व्यवस्था गरिएको छ ।

गत जेठमा पनि राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत दुई अर्ब ५५ करोड रकम निष्कासित गरेको थियो । सरकारले चालू आर्थिक वर्षमा ३० अर्ब ९१ करोड आन्तरिक ऋणबाट उठाउने लक्ष्य राखेको थियो । त्यसका लागि विकास ऋणपत्र जारी गरेको हो । सरकारको आन्तरिक ऋणको भार परिपूर्ति वा कुनै पनि आयोजना लगानी पूरा गर्न निश्चित ब्याजदर र समयमा भुक्तानी दिने गरी विकास ऋणपत्र जारी गरिन्छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बंैक तथा वित्तीय संस्थालाई प्रतिस्पर्धी र व्यक्ति, बिमा कम्पनीलगायतलाई अप्रतिस्पर्धी बोलवालामा वर्गीकरण गर्दै राष्ट्र बैंकले ८ असारमा गोप्य प्रस्ताव आह्वान गरेको थियो । त्यसमा प्रतिस्पर्धी बोलवालातर्फ ३७ बैंक तथा वित्तीय संस्थालाई चार अर्ब १५ करोड नौ लाख र अप्रतिस्पर्धा बोलकबोलबाट ८४ करोड ऋणपत्र किन्ने प्रस्ताव परेको हो । सबैभन्दा बढी ‘बैंक अफ एसियाले २२ करोड, कृषि विकास बैंक र अन्नपूर्ण फाइनान्सले २०/२० करोडको विकास ऋणपत्र किनेका छन् ।

दीर्घकालीन प्रकृतिका ऋणपत्र भएकाले यसलाई किन्न बैंक तथा वित्तीय संस्थाहरू आकषिर्त नभएको राष्ट्र बंैकले जनाएको छ । राष्ट्र बंैकका प्रवक्ता गोपाल काफ्लेले लामो अवधिसम्म लगानी गर्नुभएकाले तरलता अभाव समस्या भोगिरहेका बैंक तथा वित्तीय संस्थाहरू ऋणपत्र किन्न बैंक आकषिर्त नभएको हुनसक्ने बताए । ‘तरलताका कारण बंैकहरूले दीर्घकालीन प्रकृतिका विकास ऋणपत्रको माग गर्न नसकेका हुन्, उनले भने । उनले आर्थिक वर्ष अन्त्य भएकाले बंैकहरूले विकास ऋणपत्र किन्न प्रस्ताव नहालेको हुनसक्ने जानकारी दिए

Source: नयाँ पत्रिका

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.