दर्पणछायाँ चलचित्रबाट नेपाली चलचित्रको दुनियाँमा छाएका नायक दिलिप रायमाझीले पछिल्लो समयमा राम्रो चलचित्रमा अभिनय नगरेको गुनासो आएको छ । तर अहिले भने उनका हातमा राम्रा चलचित्र आएका छन् । यहि बिषयमा आधारित रहेर सुव्रत आचार्यले गरेको यो छोटो कुराकानी –
तपाईंले आफूलाई समयअनुरूप ढाल्न सक्नुभएन, हैन ?
हो, विगतमा केही कुरामा मबाट केही त्रुटि भए होलान् । यद्यपि ती जानाजान भएका होइनन् । अनायसै पाएको सफलतापछि त्यसलाई सम्हाल्न सकिनँ होला अथवा १० वर्षअघिसम्म म दिमागले भन्दा मनले बढी सोच्थेँ कि ? त्यसैले अभिनयको प्रस्ताव गर्ने सबैको मन राख्न भकाभक चलचित्र साइन गरेँ । त्यसमा केही राम्रा चलचित्र भए भने केही नराम्रा । मैले अब चाहिँ आफूलाई सम्हालिसकेको छु । पढ्नेक्रम जारी राख्नुहोस्