Daily Archives: 04/07/2010

माइक्रो ल्यापटप बुकिङमा प्रतिस्पर्धा


भृकुटीमण्डपमा जारी आईसीटी एक्स्पोको मुख्य आकर्षणका रुपमा रहेको ६ हजार ५ सय रुपैयाँको माइक्रो ल्यापटप मागअनुसार उपभोक्तालाई डेलिभरी गर्न असफल रहे पनि बुकिङ गराउन भने २ कम्पनीबीच तीव्र प्रतिस्पर्धा चलेको छ । सर्वसाधारणको चर्को माग धान्न मेला प्रवद्र्धक तथा ल्यापटप आयात कम्पनी सागर इन्फोसिस र इंकटेक नेपाल बुकिङमा लागिपरेका छन् । ल्यापटप बिकाउन होडबाजी नभई सबैलाई सूचना, सञ्चार र प्रविधिको पहुँचमा पु¥याउन सेवा दिइएको उनीहरूले बताएका छन् । सस्तो ल्यापटप’bout जिज्ञासा मेटाउन अवलोकनकर्तालाई उनीहरूले सहज तुल्याए बुकिङको प्रतिस्पर्धा भने चर्को छ । पढ्नेक्रम जारी राख्नुहोस्

गर्मी छल्न पानीमा डुबुल्की


Woman

हङकङस्थित तटमा स्किम बोर्डमाथि चढ्ने प्रयासमा युवती । हालै बढेको अत्याधिक गर्मीसँगै तटमा जानेहरुको संख्या बढदो छ । तस्विरः एजेन्सी

लडाकूलाई ४ अर्ब ६९ करोड रुपियाँ निकासा


PLA२० असार, नेपाल सरकार र तत्कालीन नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएपछि शिविरमा राखिएका माओवादीका लडाकूहरूका लागि मासिक भत्ता र भरणपोषण गरी हालसम्म कूल ४ अर्ब ६९ करोड ६७ लाख ८४ हजार ८१ रुपियाँ निकासा भएको छ ।

लडाकूहरूका लागि हाल प्रतिमहिना जनही ५ हजार रुपियाँ र भरणपोषणका लागि सुगममा दैनिक ६० र दुर्गममा ७५ रुपियाँ वितरण हुँदै आएको छ । प्रारम्भमा मासिक भत्ता ३ हजार रुपियाँ मात्र तोकिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

कस्तो अचम्म !!


Goat

इजिप्टको एक गाउँमा केहि दिनअघि जन्मिएको दुइ-टाउके बाछोलाई दूध खुवाउदै किसान । तस्विरः एपी

एसएलसीको नतिजा हेर्न बोलाइ शिक्षकद्वारा बलात्कारको प्रयास


विराटनगर । आफ्नै विद्यालयका एक शिक्षकले एसएलसी परीक्षाको नजिता हेर्न घरमा बोलाएर एक किशोरीमाथि बलात्कारको प्रयास गरेका छन् । मोरङको ववियाविर्ता-५ स्थित जनपि्रय माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्देव राजवंशीले आफ्नै विद्यालयकी १६ वर्षीया ती छात्रालाई घरमा बोलाएर बलात्कारको प्रयास गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

पाराग्वे हराउँदै स्पेन सेमीफाइनल प्रवेश / फाइनल पुग्न जर्मनी तगारो


जीतको खुसीदक्षिण अफ्रीकामा जरी १९ औं विश्वकप फुटबल प्रतियोगिताको स्पेन सेमी फाइनलमा पुगेको छ । दक्षिण अफ्रीकाको जोहनेसवर्गस्थित इलिस पार्क स्टेडियममा भएको खेल १-० ले जित्दै स्पेनले सेमी फाइनलको यात्रा तय गरेको हो ।

सोचेजस्तो प्रदर्शन गर्न नसकेको स्पेन र राम्रो प्रदर्शन गरेको पाराग्वेबीचको खेल स्पेनले सजिलै हराउँछ भन्ने टिप्पणी फुटबल पण्डितहरुले गरेका थिए तर त्यसो भएन पाराग्वेलाई हराउन स्पेनलाई धौ-धौ परेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

अस्ताए प्रजातान्त्रिक आन्दोलनका योद्धा


गणेश राई                     
 काठमाडौं,  नेपालको प्रजातान्त्रिक आन्दोलनको एक योद्धा तथा पूर्वमन्त्री बलबहादुर राई ९० वर्षको उमेरमा निधन भएको छ । ढांड, युरिक एसिड, मृगौलालगायतका रोगबाट पीडित नेता राईको महाराजगञ्जस्थित शिक्षण अस्पतालको सिसियु कक्षमा आइतबार अपरान्ह ४ बजेर १० मिनेटमा निधन भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

अलमुल्ला सेक्युरिटी क्यापको प्रांगणमा भलिवल प्रतियोगिता भव्यताका साथ सम्पन्न


अमर गुरुङ्ग, कुवेत

०३ जुलाई २०१० को दिन, कुवेतको माहाबुल्ला, अलमुल्ला सेक्युरिटी क्यापको प्रांगणमा  भलिवल प्रतियोगिता भव्यताका  साथ  सम्पन्न भएको थियो ।  अलमुल्ला सेक्युरिटी  कम्पनीमा कार्यरत नेपालीहरुले आयोजना गरेको “Division Participant   Tournment” मा अध्यक्षता ईन्द्र बहादुर ले गर्नु भएको थियो । उक्त खेलमा प्रमुख अतिथी Jhon Netro,अमर बहादुर गुरुङ्ग ,स्यानु काजी महर्जन रहनुभएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्