Daily Archives: 03/07/2010

भाग्यमानी नेपालीहरु: कोकाकोला विजयीको विश्वकप यात्रा


विश्वकप फुटबलको अवसर पारेर बोटलर्स नेपाल र बोटलर्स नेपाल तराई लिमिटेडले आयोजना गरेको कोकाकोला फुटबल महोत्सवको चारजना भाग्यशाली विजेता दक्षिण अफ्रिका पुगेर फर्किएका छन् । योजनाको उपहारको रूपमा हल्का पेय पदार्थ कोक, फ्यान्टा र स्प्राइटको नेपालस्थित बोटलर कम्पनीले चारजना विजेतालाई दक्षिण अफ्रिकामा भइरहेको सन् २०१० को विश्वकपको एउटा खेल प्रत्यक्ष हर्ने अवसर प्रदान गरेको हो । विजेताहरू निर्मल बोहोरा, कुमार प्रजापति, अनुराग बर्मा र उसनमान श्रेष्ठले जुन २८ मा दक्षिण अफ्रिकी सहर जोहानेसवर्गको सकर सिटी रंगशालामा अर्जेन्टिना र मेक्सिकोबीचको खेल प्रत्यक्ष हेरेका थिए ।

पढ्नेक्रम जारी राख्नुहोस्

अर्जेन्टिनाको सपना जर्मनीद्वारा चकनाचुर / रोए खेलाडी


विश्वकप फुटबलको प्रबल दाबेदार मानिएको दुई शसक्त राष्ट्र अर्जेन्टिना र जर्मनबीच भएको खेल जित्दै जर्मनी सेमी फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रीकाको केप टाउनस्थित ग्रीन पोइन्ट स्टेडियममा सेमी फाइनलको लागि भएको खेल ०-४ ले जित्दै जर्मनी सेमी फाइनलमा प्रवशे गरेको हो । यो जितसँगै विश्वकप उचाल्ने महान सपना बोकेको अर्को प्रबल दाबेदार राष्ट्र मानिएको अर्जेन्टिनाको सपना चकनाचुर पारिदिएको जर्मनीले । पढ्नेक्रम जारी राख्नुहोस्

ब्रुनाईमा नेपाली सास्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न


विश्वदीप तिगेला, ब्रुनाई

गत १ जुलाई २०१० का दिन सेरिया ब्रुनाईमा एक विशाल नेपाली सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपालबाट आएका कलाकारहरु मौषमी गुरुङ, शिला आले, पुरुषोत्तम नेउपाने, सम्झना बुढाथोकि, मदन थापा लगायतका कलाकारहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए झण्डै १५ सय दर्शक रहेको उक्त कार्यक्रममा दर्शकहरुले भरपुर मनोरंजन लिएका थिए ।

वेलायती सेनामा कार्यरत सैनिक र परिवारको ठूलो जमात रहेको ब्रुनाईमा दोस्रो गोर्खा राइफल्सको स्थापना पढ्नेक्रम जारी राख्नुहोस्

सहमतिको सरकार गठन गर्ने विषयमा कांग्रेस-माओवादीबीच सहमति


एकीकृत नेकपा माओवादी र नेपाली काँग्रेसले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयमा सैद्धान्तिक सहमति गरेका छन् । काँग्रेस संसदीय दलको कार्यलय, सिंहदरवारमा आज भएको छलफलमा दुवै दल आ-आफनो पार्टीमा छलफल गरेर छिटोभन्दा छिटो राष्ट्रिय सहमतिको सरकार वनाउन तयार भएका हुन । पढ्नेक्रम जारी राख्नुहोस्

उरुग्वे सेमीफाइनलमा / घानालाई धक्का


Forlanदक्षिण अफ्रीकामा जारी विश्वकप फुटबल २०१० को क्वाटर फाइनल खेलको दोस्रो खेल घाना र उरुग्वेबीच भएको खेल ४-२ ले जित्द उरुग्वे सेमी फाइनलमा पुगेको छ । दक्षिण अफ्रीकाको जोहनेसवर्ग स्थित सकरसिटी स्टेडियममा भएको खेल निर्धारित र एक्स्ट्रा टाइमसम्म १-१ गोलमात्र भएपछि पेनाल्टी भएको थियो ।

पेनाल्टीमा उरुग्वेका जर्सी नं.१३ का सेबास्टियन अब्रेउ, जर्सी नं.१९ का एन्ड्रेस स्कोटी, जर्सी नं.६ का माउरिसिओ भिक्टोरिनो र जर्सी नं.१० का डिएगो फोर्लान रहेका छन् ।  पढ्नेक्रम जारी राख्नुहोस्

विश्वकप जीत्ने ब्राजिलको सपना चकनाचूर / नेदरल्याण्ड्स सेमीफाइनल प्रवेश


Brazilविश्वकप फुटबल २०१० को प्रबल दाबेदार राष्ट्र मानिएको ब्राजिलले क्वारटफाइनल खेल हार्दै विश्वकप यात्रामा पूर्णविराम लगाएको छ । पाँच पटकको विश्वकप विजेता ब्राजिलको २०१० को विश्वकप जित्ने सपना नेदरल्याण्ड्सले सपनामै सिमीत पारिदियो ।

फिफा वरियताको दोस्रो स्थानमा रहेको ब्राजिललाई चौथो स्थानमा रहेको नेदरल्याण्ड्स २-१ ले हराउँदै नेदरल्याण्ड्से सेमीफाइनल यात्रा तय गर्‍यो । पढ्नेक्रम जारी राख्नुहोस्

आमा–छोरा एकै पटक एसएलसी उत्तीर्ण, आमा प्रथम छोरा विशिष्ट श्रेणीमा


भक्तपुर, १९ असार । भक्तपुरको कटुञ्जे गाविस वडा नं. २ सुशीला भैरवस्थानमा बस्ने आमाछोरा यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षामा विशिष्ट श्रेणी र प्रथम श्रेणीमा उत्तीर्ण भएपछि टोलमै खुसियाली मनाएका छन् ।

कटुञ्जेकी ३३ वर्षीया आमा सरस्वती जोशीले ७१.३ प्रतिशत ल्याइ प्रथम श्रेणीमा र १४ वर्षीय छोरा योगेश जोशीले ८५.१ प्रतिशत ल्याई विशिष्ट श्रेणीमा भएपछि आमा छोरालाई बधाइ दिन बिहानैदेखि टोलका मानिस भेला भएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

काँकडभिट्टामा भेटिए निखिल


काँकडभिट्टा, अषाढ १९ – नायिका सञ्चिता लुइँटेलसंगको सम्बन्धका कारण पछिल्लो समय चर्चामा रहेका ‘एक्सन नायक’ निखिल उप्रेती शुक्रबार अचानक झापाको काँकडभिट्टामा देखापरेका छन् ।

सञ्चितासँगको दोस्रो विहे प्रकरणपछि मिडियासँग सक्भर जोखिन खोज्ने निखिललाई शुक्रबार कान्तिपुरले अचानक फेला पारेको थियो  । पढ्नेक्रम जारी राख्नुहोस्