परीक्षा नियन्त्रण कार्यालयले २०६६ सालको एसएलसी परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको छ । नतिजा अनुसार परीक्षाको नियमिततर्फ यसपाली ६४ दशमलव ३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो गत वर्षभन्दा झण्डै चार प्रतिशतले कमी हो । पनिकाका अनुसार विशिष्ट श्रेणीमा १६ हजार ८ सय ५९, प्रथम श्रेणीमा ९३३३९, द्वतिय श्रेणीमा १ लाख २८ हजार ७५ तथा तेस्रो श्रेणीमा ९ हजार ४ सय १६ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस बर्ष नियमिततर्फ ४ लाख १२ हजार ५ सय ९२ परीक्षार्थीले परीक्षा दिएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 02/07/2010
SLC को रिजल्ट कसरी छिटो थाहा पाउने
विद्यार्थीहरुको लागि फलामको गेट मानिने SLC परिक्षा (२०६६) को परिक्षाफल प्रकाशित हुनै लागेको बेला (सम्बवत् आज) सो परिक्षाफल थाहा पाउने सबै भन्दा छिटो र विश्वासनिय अन्लाईन तरिका के होला भनी खोजी रहनु भएको छ भने तलदिएको लिन्कहरु तपाईंको लागि उपयोगी हुनेछन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in थाहा पाईराखे राम्रो
बुद्धले ५ वर्षभित्र जेट किन्ने
निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एअरले आउँदो ५ वर्षभित्र लामो दूरी उडान भर्न सक्ने जेट एअरक्राफ्ट खरिद गर्ने भएको छ । राष्ट्रिय उडानबाट सीमावर्ती सहरहरूमा केही साताभित्रै अन्तर्राष्ट्रिय उडान प्रारम्भ गर्ने तयारीमा रहेको बुद्ध एअरले सन् २०१४÷१५ भित्र मध्यम तथा लामो दूरी उडानका लागि जेट एअर किन्ने तयारी थालेको हो । बुद्ध एयरलाई क्षमता विस्तारका लागि विश्व बैंकअन्तर्गतको आईएफसीले सन् २००८ मा १ करोड अमेरिकी डलर बराबरको दीर्घकालीन ऋण सुविधा दिएको थियो । बुद्ध यस्तो सुविधा पाउने नेपालको पहिलो र एकमात्र वायुसेवा कम्पनी हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार