काठमाडौ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन युवाको सामान चोरी भयो । चार वर्षपछि अमेरिकाबाट स्वदेश फर्किएका प्रमोद झासहित मन्दिरा श्रेष्ठ र ललितपुरका सुगम श्रेष्ठको सामान चोरी भएको हो । यी सबै बोस्टनबाट मस्को हुँदै सिंगापुरसम्म सिगांपुर एयर र सिंगापुरबाट यहाँसम्म सिल्क एयरको एम आई ४१२ बाट आएका थिए ।
बिहान ११:४५ बजे विमानस्थल उत्रिएका यी यात्रुले १२ बजे आफ्नो सामान ‘क्लेम’ गर्न जादाँ झोला त थियो तर झोलाभित्रको सामान थिएन् । भारतबाट आउने विमान कम्पनीहरू र थाईबाहेक सबैको ग्राउन्ड ह्यान्डलिङको जिम्मा नेपाल वायु सेवा निगमले लिएको छ । सामान चोरी भएपछि विभागले आफ्नो लोड/अनलोड गर्ने कर्मचारीको कार्यसमय सकिएकाले तत्काल खोजतलास गर्न नसक्ने बतायो ।
भारतलगायत केही मुलुकको आफ्नै ह्यान्डलिङ टोली भए पनि अन्य विमान कम्पनीको सम्पूर्ण जिम्मा लिएको नेपाल वायुसेवा निगमका अधिकारी भने सम्पर्कमा आउन चाहेनन् । घटना’bout बुझ्न विमानस्थल पुग्दा निगमका कर्मचारीले यस’bout भोलि आउनु भनेर फर्काए । प्रमोदको साढे २ लाख रुपैयाँ बराबरको एउटा मोबाइल, सोनीको डिजिटल क्यामेरा, क्यानोन क्यामेरा, आइपडलगायत चोरी भएको छ । त्यस्तै मन्दिराको झोलाबाट प्रतिवटा ४ सय अमेरिकी डलर पर्ने पाँच घडी र सुगमका दुई घडी र मोबाइल चोरिएका छन् ।
त्यस्तै घटना हुनासाथ जानकारी पाएको सिल्क एयरले पनि चोरी’bout छानबिन गर्न यो दिन कुनै पहल थालेन । एयरका वित्तीय अधिकृत सरोज खनालले आफ्नो आधिकारिक प्रतिनिधि नभएको भन्दै सोमबार मात्र पुलिस रिपोर्ट बनाउने जानकारी दिए ।
astai ho bhani ta nepali jana pani muskil hun6 ta. nepal maa nai choor, nepal sarkar nai choor, ani airport nai choor. haina yo ke hudai6 nepal ma.. yo world asai chal6 ki kunai prakar ko jimma hun6.. dukha gari kamayara anand sanga ghara pani pugna na pauni.. sawas .
The same case happened also to me. when i went vaccation from kuwait on 07th april 2010. my three mobiles were stolen.i don’t know where it’s removed but its happened due to worst management of airport depart. beware guys………