राजनितिक संस्कार , नियती र युवाको भुमिका


राजु पौडेल                                                               

दशक देखी यताको नेपाली  राजनैतिक घटनाक्रमलाई नियाल्दा आफू स्नातक हुने समयमा पढेको एक ग्रीस दन्तेकथाको याद आउछ जहाँ  “सिसिफल ” भन्ने एउटा पात्र हुन्छ जसले  श्राप  बश खोलाको  फेदिबाट पाहाडको टुप्पो सम्म एउटा ग्रहौ ढुङ्गालाई  पुर्यौनुपर्ने हुन्छ ,उस्को यो कृयाको अन्त छैन कारण पहाडको टुप्पोमा पुग्दा नपुग्दै ढुङ्गा गर्ल्यम्मै ढलेर फेदिमै आइपुग्छ अत:उस्को जिवनकाल यस प्रतिफल बिहिन प्रयत्नबाट गुजिर्न्छ |
झट्ट हेर्दा नेपाली राजनितिको  प्रतिफल जनताले प्रत्यक्ष अनुभब गर्ने त्यही “सिसिफल”  पात्रको नियतिनै मान्नुपर्छ यद्यपी  यस बिचमा भएका युगान्तकारी परिवर्तनहरु प्रजातन्त्र प्रतिको आस्था , शैक्षिक जागरण ,स्वतन्त्रता र दलिय राजनैतिक अभ्यास हुदै दश (१०)बर्षे जनयुद्दको शान्तिपुर्ण अवतरण र राज्य सत्ताको केन्द्रमा रहेको राज -संस्थाको रक्तपात बिहिन अन्त बिश्व राजनितिक इतिहासमै स्मरणयोग्य छन |

२०१७ सालको शाही ‘कु’ देखी भर्खरै १४ जेष्ठ्मा सम्पन्न तिन दलिय तिनबुदे सहमतिसम्म आइपुग्दा अनपेक्षित ढङले राज्यशक्तिका स्रोत जनतामाथी  राज्यकै शासाकहरुबाट परिवर्तन र स्थाइत्वको नाममा विभिन्न प्रयत्नहरु भए तर ति सबै शक्तिको प्राप्ती र आ-आफनो बर्चस्वलाई टिकाई राखने अभिप्रायबाट मुक्त छैनन भन्ने हामीलाई बुझ्न गाह्रो  छैन| जहाँ  नागरिकको अमनचयन  र यसमा राज्यको दायित्व गौण मात्र होइन परकारान्तले हामीलाई फेरी त्यही ‘सिसिफल ‘पात्र बनाउने मनसायबाट प्रेरित छन |
आफुहरुले आह्वान  गरेका कैयन आन्दोलनहरुमा नागरिकहरुबाट प्राप्त साथ र समर्थनले केही सिमित ब्यक्तिहरुले आफ्नो  गौरबमय राजनैतिक यात्रा त तय गरे तर जनताको  जीवनस्तर र शान्ती  अमनचयन प्रतिको भरोसालाई स्थाई र दिर्घजिवी बनाउने हिम्मत  अद्यापी कसैले गर्न सकेको छैन| जहाँ  संकृण राजनैतिक चिन्तन ,दलगत स्वार्थ एवंम पार्टिहरुले अङिकार गरेका विभिन्न बाद नै मुख्य बाधक देखिन्छन फलत नितान्त  प्रतिकुल परिस्थितिमा समेत एउटा साझा बादको बिकाश गरी राष्ट्रलाई  अन्योल बाट मुक्ती दिन नसक्ने राजनैतिक दल र तिनको  नेतृत्व प्रती जनताको बितृष्णा बढदो छ, जो आफैमा तिनै दल र नेतृत्वका लागी आगामी दिनमा  प्रत्युत्पादक बन्ने निस्चित छ |

आफुले गर्ने र गराउने कार्यको जिम्मेबारी लिने , गुण र दोषका आधारमा क्रमश :पुरस्कृत र दण्डित हुने संसारमा प्रचलित परम्परा छ तर हाम्रो राजनैतिक अभ्यासमा  यो संस्कारको स्थापना नै हुन सकेको छैन|यसका लागी हाम्रो  राजनैतिक नेतृत्व जती दोषी छ त्यो भन्दा बढी लहडमै आफ्नो   उर्जाशिल समय र श्रम खर्च गरेर भिड बढाउने युवा  कार्यकर्ता पक्ती छ |जसले  सिमित ब्यक्तिहरुको गौरबमय राजनैतिक यात्रा तय गर्न त सहयोग गर्ला तर आफु बारम्बार ‘सिसिफल’ पात्र  बन्ने  नियतिबाट मुक्ती पाउने  छैन|

राजनिती सबैको लागी इच्छाधिन  बिषय हो, किनकी सबै प्रयत्नहरुको दिर्घकालिन निकाश राजनैतिक निर्णयमा नै भर पर्छ अत :यसो भनु सबै नितिहरुको निती राजनिती हो |यो जती पारदर्शी हुनु पर्छ त्यती नै जवाफदेहि तर,बिडम्बना हाम्रा राजनैतिक पार्टिहरु पृथक -पृथक बिचारधाराबाट प्रभावित भए पनि  तिनको राजनैतिक संस्कार ,सस्कृती र सोच पृथक रहन सकेन फलत राष्ट्रिय   आबश्यकतमा केन्द्रीत हुनुपर्ने बहस निश्चित पार्टी एबम ब्यक्तिगत स्वार्थको ओझेलामा परे |स्वनिर्णयको अधिकार कुण्ठित बन्ने क्रम यहिबाट सुरु हुन्छ| भलै हामी सदियौ देखी स्वतन्त्र किन नहौं ,  हाम्रो निर्णय अधिकार अन्तरिक रुपमा बन्चित मात्र भएको छैन अबत सतहमा नै प्रकट हुन थालेको छ|  हामीले हेक्का राख्नु पर्छ ‘लिडो गोरु जतिनै बलवान र स्वतन्त्र  भएपनी  आफ्नो शरीरको माखा धपाउन मुन्टो नै बटार्नुको बिकल्प छैन|
हाम्रो यत्रो जनशक्ती अन्तराष्ट्रिय बजारमा सस्तोमा श्रम बेचिरहेको छ| गएको २० बर्षदेखी मुलुकभित्र रोजगारका अबसरको सकुचनले सिंगो  मुलुकको अर्थतन्त्र अहिले बिप्रेषणमा निर्भर छ, यो जती उदेकलाग्दो छ  त्यतिनै स्वदेशको जुझारु र  बिदेशीएको जनशक्ती घरायासी राजनितिको  द्दोन्द्दबाट दिग्भ्रमितभै पलायनको मनस्थितीमा  छ |उस्को श्रम, शिप,अनुभब र आर्जन गरेको अर्थन्त्रलाई सामुहिक रुपमा सकुशल र स-सम्मान  नेपाल भित्राउने कैयन योजनामा  समेत निर्णायक मानिएको शक्ती मुलुकको राजानितीले यथेष्ट निकाश हुन सकेको छैन्| 
ब्यक्तिको चेतना स्तर बढेकै मन्नु पर्छ, सदियौ देखी  राज्यको सुबिधाबाट बन्चित बिभिन्न बर्ग र सम्प्रदायका    नेपाली समाजहरु अहिले आफ्नो  पहिचानको खोजिमा जुर्मुराएका छन।  यो आफैमा सकरात्मक पक्ष भए पनि यसमा दुबै “राम्रा  र हाम्रा” पक्षहरु प्रभावी छन अफसोच यस्को ब्यावस्थापन  गर्ने राजनैतिक नेतृत्व निरिह  छ फलत: सदियौ देखी पारस्परिक मेल कायम गर्दै आएका नेपाली समाजहरु अहिले क्षयिकरणको बाटोमा उद्यत उधत छन्| 
त्यसैले सारमा नेपाली राजनितिमा खड्किएको  सस्कारको अभाब र त्यसबाट सृजित नियतिलाई ब्यबस्थापन गरी परिणाममुखी र भबिश्यन्मुख राजनितिमा युवाहरुको हस्तक्षेप अनिवार्य भैसकेको छ |जहाँ  ब्यक्तिगत पहुच पार्टी वा बादमा आफ्नो  प्रभाव  प्रभावी बनाउने भन्दा पनि तत्कालिन राष्ट्रीय आवश्यकतालाई मुल अभ्यासको केन्द्र बनाई लक्षित प्रकृयालाई अबिलम्ब टुंग्याउने कृयामा  कृयाशिल  नयाँ  पुस्ता  नेतृत्वदायी नेपाली राजनितिको मैदानमा होमिन तयार हौंन ,  जस्का कारणले गुण र दोषलाई अस्विकार   गर्ने राजनैतिक  संस्कारको अन्त्य  र नेपाली पटक- पटक  “सिसिफल ” पात्र बन्ने नियतिबाट मुक्ती हौंन | 

 लेखक गैर आवासिय नेपाली संघ साउदि-अरबका सचिब हुनुहुन्छ; atripta_61@yahoo.com

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.