भारतको नागाल्यान्ड राज्यका गृहमन्त्री काठमाडौँ विमानस्थलमा पक्राउ


काठमाडौँ, असार १६ । भारतको नागाल्यान्ड राज्यका गृहमन्त्री इमकोङ एल इमचेनलाई काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले पक्राउ गरेको छ । उनीसित नेपालमा प्रतिबन्धित पाँच सय र हजार रुपैयाँका नौ लाख बराबर भारु भेटिएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान साढे १० बजेतिर विमानस्थल उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । भारतीय सञ्चारमाध्यमहरुले विदेश मन्त्रालयलाई उद्‍धृत गर्दै यस’bout समाचार दिइरहेका भए पनि नेपालका प्रहरी अधिकारीहरु यस विषयमा खुल्न चाहेका छैनन् । अनौपचारिक रुपमा भने प्रहरी स्रोतले  उनी पक्राउ परेको पुष्टि गरेका छन् । भारतीय टेलिभिजन च्यानल आइबीएनले निजी भ्रमणमा नेपाल आएका गृहमन्त्री इमचेन भारत फर्कने क्रममा पक्राउ परेको जनाएको छ । आइबीएनले ‘नेपाल सरकार भारतीय मन्त्रीलाई छाड्न तयार भएको’ समाचार दिएको छ ।

भारतीय समाचार एजेन्सी आइएनएसका अनुसार उनी जेट एअरबाट दिल्ली जाँदै गर्दा पक्राउ परेका हुन् । उनी असार १३ गते परिवारका साथ नेपाल घुम्न आएका थिए । नागाल्यण्डका गृहमन्त्री इककोङले भने नेपालमा पाँच सय र हजारको भारुमाथि प्रतिबन्ध लगाइएको आफूलाई थाहा नभएको बताएको जनाइएको छ । भारतको केन्द्रीय बैँकले समेत भारतबाहिर पाँच सय र हजारको नोट प्रयोग गर्न एक दशकअघिदेखि प्रतिबन्ध लगाएको छ । नक्कली नोटको कारोबार बन्द गर्न भारतीय सरकारले नै नेपाल सरकारलाई पाँच सय र हजार दरको भारतीय नोटमाथि प्रतिबन्ध लगाउन आग्रह गरेको हो ।

मुख्य सचिव लालथराले विदा मनाउन परिवारका साथ उनी नेपाल गएको बताएका छन् । उनले गृहमन्त्रीले अज्ञानता मै भए पनि गल्ती गरेको स्वीकार गर्दै नगद राखेर उनलाई चाहिँ रिहा गर्नका लागि भारतीय गृह मन्त्रालयसित आग्रह गरिरहेको बताइएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.