पोर्चुगललाई हराउँदै स्पेन क्वाटर फाइनलमा


villaदक्षिण अफ्रीकामा जारी विश्वकप फुटबल २०१० को क्वाटर फाइनलमा स्पेनले आफ्नो स्थान सुरक्षित राखेको छ । दक्षिण अफ्रीकाको केप टाउनस्थित ग्रीन पोइन्ट स्टेडियममा स्पेन र पोर्चुगलबीच भएको खेल १-० ले जित्दै स्पेनले क्वाटर फाइनल यात्रा तय गरेको हो ।

उत्कृष्ट प्रदर्शन गरेका जर्सी नं.७ का स्पेनका फरवार्ड डेभिड भिलाले खेलको ६३ औं मिनेटमा गोल गरेर स्पेनलाई अग्रता दिलाएका हुन् । उनले धेरै पटक गोल पोष्टमा प्रहार गरे पनि गोल हुन सकेको थिएन । उनी खेलका ८८ औं मिनेटमा मैदान बाहिरिएका थिए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन ।

पहिलो हाल्फमा स्पेनले पोर्चुगललाई केही दबाबमा राख्यो । स्पेनका जर्सी नं.९ का फरवार्ड फर्नान्डो टोरेसले केही गोल गर्ने मौका पाएका थिए तर गोल गर्न सकेनन्। उनी खेलको ५९ औं मिनेटमा मैदान बाहिरिएका थिए । स्पेनको सामु कमजोर देखिएको पोर्चुगलका जर्सी नं.२१ का डिफेन्डर रिकार्डो कोस्टाले रातो कार्ड पाएका थिए । म्यान अफ दी म्याच स्पेनका ८ नं.जर्सीका मिडफिल्डर जाबी भए ।

विश्वकप फुटबल २०१० को प्रबल दाबेदार राष्ट्र स्पेन र एकै खेलमा उत्तर कोरियालाई ७ गोल हान्ने पोर्चुगलबीच भएको खेल निकै रोमाञ्चक थियो। फिफा वरियतामा स्पेन दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छ । पहिलो चरणको खेलमा स्पेन स्वीट्जरल्याण्डसँग १-० ले हारेको थियो भने होन्डुरसलाई २-० र चिलीलाई १-२ ले हराएको थियो । यस्तै चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो रहेको पोर्चुगलले पहिलो चरणको खेलमा आइभरिकोष्ट र ब्राजिलसँग बराबर खेलेको थियो भने उत्तर कोरियालाई ७ गोल गरेको थियो । अब स्पेनले सेमी फाइनल पुग्नको लागि पाराग्वेको सामना गर्दैछ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.