“दाम कि सम्मान” केली ?


keliपैसाको ताकतले धेरै कुरा गराउनसक्छ, शरीर नै नाङ्गो देखाउन पनि पछि पर्दैनन् । बेलायतकी ३० वर्षीया प्रसिद्ध मोडल केली ब्रुकलाई जब पहिलो पटक पुरुषहरूको विश्वप्रसिद्ध प्लेब्वाय पत्रिकाका लागि नाङ्गो तस्बिरका लागि प्रस्ताव गरियो, खुशीले उनको खुटा भुइँमा थिएन । खुशी हुनुका धेरै कारणमध्ये पैसा सबैभन्दा प्रमुख कारण थियो ।

गत हप्ता प्लेब्वायका लागि लन्डनको एक घरमा पूर्ण नग्न तस्बिर खिचाएर फकंदै थिइन्, उनको मुहार प्रसन्न थियो, जीवनमा केही उपलब्धि चुमे जस्तो देखिन्थ्यो । शायद त्यसैले हुनसक्छ घरबाहिर आफ्नो फोटो लिन आतुर फोटोग्राफरहरूका लागि बत्तीसै दन्त देखाएर विभिन्न पोजमा तस्बिर दिइन् । यसैबाट समेत धेरैले अनुमान लगाए- नग्न फोटोको सुट निकै राम्रो भएछ ।

यस प्रकार केली सन् १९५३ देखि प्लेब्वायको आवरण पृष्ठमा देखिने मर्लिन मुनरो लगायतका सेलिब्रेटीको सूचीमा परेकी छिन् । अनुमान गर्न सक्नुहुन्छ केलीलाई नग्न हुन कति पारिश्रमिकको प्रस्ताव गरिएको थियो । प्लेब्वायमा नग्न तस्बिर दिन आफूलाई पाँच लाख अमेरिकी डलर अर्थात् झण्डै चार करोड रुपियाँको प्रस्ताव आएको स्वयं केलीले नै केहीअघि सार्वजनिक गरेकी थिइन् । केही घण्टामै लाखौँ डलर कमाइ भएपछि केलीहरू किन पछि हट्ने । केलीका यी नाङ्गा तस्बिरहरूलाई प्लेब्वायका सेप्टेम्बर वा अक्टोबर अङ्कका आवरण तथा भित्री पृष्ठहरूका आकर्षण हुनेछन् ।

 केलीका एजेन्ट जोनाथन सालिटले प्लेब्वायको चयनमा परेकोमा उनी निकै खुशी भएको बताएका थिए । उनको भनाइ थियो- पत्रिकाको आवारण पृष्ठमा अहिलेसम्म देखापरेका सेलिब्रेटी आइकनहरू ’boutमा विचार गर्ने हो भने उनका लागि यो एक किसिमको ठूलो सम्मान हो । हेग हेफनरले सिकागोस्थित आफ्नो घरको भान्छामा यस पत्रिकाको स्थापना गरेपछि पहिलो पटक सन् १९५३ मा पत्रिकाको आवरण पृष्ठमा मर्लिन मुनरोलगायतका विभिन्न सयौँ महिला सेलेब्रटीहरूका तस्बिर प्रकाशित भइसकेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.