आइतबारभित्र एसएलसीको नतिजा आउने, एसएमएसमा पनि नतिजा


काठमाडौं, परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको नतिजा प्रकाशन गर्ने तयारी पूरा भएको जनाएको छ। परीक्षा नियन्त्रण कार्यालय उच्चस्रोतका अनुसार आइतबारभित्र नतिजा प्रकाशन हुनेछ। परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अम्बिका रेग्मीले चार लाख परीक्षार्थीको कम्प्युटरमा इन्ट्री गरिएको नाम, जन्ममिति, नम्बर लगायतका विषयहरु रुजु भइरहेको नागरिकन्युजलाई बताए।
यस पटक आन्दोलन र गत वर्षको भन्दा बढी परिक्षार्थी रहेका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको उनले बताए। सोमबार एक टेलिभिजन च्यानलले एसएलसीको नतिजा प्रकाशित भएको समाचार प्रसारण गरेपछि हल्लाका पछाडि नलाग्न समेत कार्यालयले अनुरोध गरेको छ।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि विभिन्न माध्यमहरुलाई अनुमति दिइरहेको उनले बताए। यस पटकको नतिजा छापा माध्यम , रेडियो, एफएम , टेलिभिजन,  वेबसाइट तथा अनलाइनमार्फत् प्रकाशन गरिने रेग्मीले बताए।

एसएमएसबाट नतिजा-
यस पटकको एसएलसी परीक्षाको नतिजा एसएमएसबाट पनि थाहा पाउन सकिने  छ। लाइभसेललाई परीक्षा नियन्त्रण कार्यालयले यस्तो व्यवस्थाका लागि अनुमति दिएको छ।

एसएलसीको नतिजा थाहा पाउन रिजल्ट हुनु अगाडि नै आफ्नो सिम्बल नम्बर दर्ता गराएर रिजल्ट हुनासाथ परिणाम थाहा पाउन सकिने लाइभसेलले जनाएको छ।

यसका लागि मोबाइलबाट लाइभसेलको ५२२५ नम्बरमा आफ्नो सिम्बल नम्बर एसएमएस गरी दर्ता गराउनुपर्ने हुन्छ।

सिम्बल नम्बर रजिष्ट्रेसनको लागि अंग्रेजीमा SLC टाइप गरी स्पेस दिएर आफनो सिम्बोल नम्बर टाइप गरी ५२२५ मा एसएमएस गर्नुपर्छ। परीक्षा नियन्त्रण कार्यालयबाट परीक्षाफल प्रकाशित हुने बित्तिकै परीक्षार्थीले आफनो नतिजा एसएमएसमार्फत् प्राप्त गर्नसक्ने छन्। लाइभसेलले यो सेवा सुरु भैसकेको छ र २४ घन्टा नै सेवा उपलब्ध रहेको जनाएको छ।

Source: Nagariknews

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.