काठमाडौं, परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको नतिजा प्रकाशन गर्ने तयारी पूरा भएको जनाएको छ। परीक्षा नियन्त्रण कार्यालय उच्चस्रोतका अनुसार आइतबारभित्र नतिजा प्रकाशन हुनेछ। परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अम्बिका रेग्मीले चार लाख परीक्षार्थीको कम्प्युटरमा इन्ट्री गरिएको नाम, जन्ममिति, नम्बर लगायतका विषयहरु रुजु भइरहेको नागरिकन्युजलाई बताए।
यस पटक आन्दोलन र गत वर्षको भन्दा बढी परिक्षार्थी रहेका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको उनले बताए। सोमबार एक टेलिभिजन च्यानलले एसएलसीको नतिजा प्रकाशित भएको समाचार प्रसारण गरेपछि हल्लाका पछाडि नलाग्न समेत कार्यालयले अनुरोध गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 30/06/2010
आइतबारभित्र एसएलसीको नतिजा आउने, एसएमएसमा पनि नतिजा
Posted in समाचार
प्रधान मन्त्रीद्वारा राजिनामा घोषणा
सम्बोधनको पूर्ण पाठसहित-
काठमाडौं, असार १६- प्रधान मन्त्री माधवकुमार नेपालले स्पष्ट बहुमत हुँदाहुँदै पनि शान्ति स्थापना र संविधान निर्माणका लागि वातावरण बनाउन राजिनामा दिएको घोषणा गरेका छन्। पटकपटक सहमतिका लागि प्रयास गरे पनि सहमति हुन नसक्दा राजिनामा दिएको उनले बताए। राजिनामा दिए पनि शान्ति प्रक्रियामा आफ्नो योगदान कायमै रहने पनि उनले बताए। माओवादीले देशलाई अन्योलपूर्ण स्थितिमा पुर्याएको बताउँदै सत्ता कब्जाको भ्रम फैलाएको तथा अरु राजनीतिक दलको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति देखाएको बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
विमानस्थलबाट सामान चोरियो
काठमाडौ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन युवाको सामान चोरी भयो । चार वर्षपछि अमेरिकाबाट स्वदेश फर्किएका प्रमोद झासहित मन्दिरा श्रेष्ठ र ललितपुरका सुगम श्रेष्ठको सामान चोरी भएको हो । यी सबै बोस्टनबाट मस्को हुँदै सिंगापुरसम्म सिगांपुर एयर र सिंगापुरबाट यहाँसम्म सिल्क एयरको एम आई ४१२ बाट आएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
भारतको नागाल्यान्ड राज्यका गृहमन्त्री काठमाडौँ विमानस्थलमा पक्राउ
काठमाडौँ, असार १६ । भारतको नागाल्यान्ड राज्यका गृहमन्त्री इमकोङ एल इमचेनलाई काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले पक्राउ गरेको छ । उनीसित नेपालमा प्रतिबन्धित पाँच सय र हजार रुपैयाँका नौ लाख बराबर भारु भेटिएको प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
राजनितिक संस्कार , नियती र युवाको भुमिका
राजु पौडेल
दशक देखी यताको नेपाली राजनैतिक घटनाक्रमलाई नियाल्दा आफू स्नातक हुने समयमा पढेको एक ग्रीस दन्तेकथाको याद आउछ जहाँ “सिसिफल ” भन्ने एउटा पात्र हुन्छ जसले श्राप बश खोलाको फेदिबाट पाहाडको टुप्पो सम्म एउटा ग्रहौ ढुङ्गालाई पुर्यौनुपर्ने हुन्छ ,उस्को यो कृयाको अन्त छैन कारण पहाडको टुप्पोमा पुग्दा नपुग्दै ढुङ्गा गर्ल्यम्मै ढलेर फेदिमै आइपुग्छ अत:उस्को जिवनकाल यस प्रतिफल बिहिन प्रयत्नबाट गुजिर्न्छ | पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श
कुवेतमा नेपाली कामदारलाई कडाइ
होम कार्की, काठमाडौ
अषाढ १६, कुवेतले नेपाली दूतावासद्वारा प्रमाणित कागजात नबोकेका कामदारलाई कडाइ गर्न सुरु गरेको छ । वैदेशिक रोजगार व्यवसायी तथा दलालले नक्कली कागजात दिएर कुवेत पठाएको भेटिन थालेपछि दूतावासको अनुरोध कुवेत सरकारले कडाइ सुरु गरेको हो । दूतावासले प्रमाणित कागजात हेरेर मात्रै आवासीय भिसा दिन कुवेत सरकारलाई अनुरोध गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्